तस्विर समाचार

सुदूरपश्चिममा अन्योल, एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन गृहकार्य !

धनगढी । सुदूरपश्चिममा नयाँ सरकार निर्माण बारे अन्योलता बढेको छ । आइतबार प्रदेश प्रमुख नाजिर मियाँले दिएको समयभित्र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबि पेश गरेपनि अहिलेसम्म प्रदेश प्रमुखले निर्णय लिएका छैनन् ।यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालको मंगलबार बिहान बालुवाटरमा भएको छलफल पछि नयाँ विकल्पमा जाने सम्भावना पनि बढेको छ ।सोहि अनुसार सुदूरपश्चिमका एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाका केहि सांसदहरुले छलफल गरेको बुझिएको छ । स्रोतका… पुरा पढौ

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला झन्डै १ लाख ४० हजार

काठमाडौं, ४ बैशाख । सुनको भाउले १७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि चैत ३० गते सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १… पुरा पढौ

चर्चित उपन्यासकार सुबिन भट्टराईसंग टोकियोमा लेखक पाठक संवाद हुने

नेपाली उपन्यास लेखनमा चर्चा कमाएका युवा लेखक सुबिन भट्टराईले शनिबार टोकियोमा पाठकहरूसंग प्रत्यक्ष संवाद गर्ने भएका छन। नेपाली रिडर्स क्वल जापानको आयोजनामा टोकियो आउन लागेका लेखक भट्टराईले सोलमारी मुरा हलमा अप्रिल २० तारिक शनिवार प्रत्यक्ष संवाद गर्न लागेका हुन। नेपाली युवा पिढीमा सर्वाधिक किताव बिक्रीको कृतिमानी कमाएका लेखक भट्टराईले जापानका किताव प्रेमी पाठकहरूसंग उपन्यास लेखन अनुभव तथा पाठकहरूको जिज्ञासा सहित साक्षात्कार गर्ने आयोजक समितिका पशुपति भण्डारीले जानकारी दिए। मध्यान्ह १ बजेबाट हुने कार्यक्रममा उनले समसामायिक विषयमा युवाहरूलाई उप्रेरणा मुलक जानकारी… पुरा पढौ

नेपाली नयाँ वर्षमा चितवन समाज जापानको आयोजनामा सांगीतिक साँझ सम्पन्न

नेपाली नयाँ वर्षमा चितवन समाज जापानले आयोजनामा संगीतिक साँझ सम्पन्न भएको छ। कार्यक्रम नेपाली नयाँ वर्ष बैसाख २ गते अर्थात अप्रिल १४ तारिक आईतवार टोकियोमा सम्पन्न भएको थियो। कार्यक्रम टोकियोको 2 Chome-17-11 Hyakunincho, Shinjuku City 169-0073 स्थित रोयल गार्डेनमा सांगितिक माहोलमा सहभागीहरु झुमि रहेका थिए। चितवन समाज जापानका उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रदिप खरेलले नेपाली नयाँ वर्षमा यस प्रकारको कार्यक्रम गर्न पाउँदा खुःशी लागेको बताए। अपैचारिक कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष नविन निउरे,चितवन समाज जापानका सल्लाहकार ओम गुरुङ्ग ,चितवन समाज जापानका… पुरा पढौ

भलिबलका उत्कृष्ट खेलाडी घोषित भएका रवि जापानमा

पोखरा – नेपाल भलिबल सङ्घद्वारा गत चैत पहिलो साता काठमाडौँमा आयोजित आठौँ ‘एनभिए भलिबल च्याम्पिएनसिप’का तीन स्पर्धामा रवि केसी उत्कृष्ट खेलाडी घोषित भएका थिए । गण्डकी प्रदेश टिमबाट खेलेका रविका लागि सम्भवतः उक्त प्रतियोगिता नै उनको भलिबल करिअरको अन्तिम प्रतियोगिता हुनेछ ।भलिबलका उदीयमान प्रतिभा रवि टिम र देशका लागि उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बनेका छन् । देशभित्रका कैयन प्रतियोगितादेखि गत वर्ष बङ्गलादेशमा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा राष्ट्रिय टिमबाट खेलेका उनी केही… पुरा पढौ

२०८१ सालको १२ वटै राशिको राशिफल, कस्तो छ तपाईँको नयाँ वर्ष?

मेष: यो वर्ष ग्रहगोचर राम्रो छ । आँटेको काममा सफलता मिल्नेछ । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जोस र जाँगर बढ्ने तथा पुराना समस्या सुल्झाउने अवसर पनि मिल्नेछ । नयाँ कामहरू पनि पाउने योग छ । गुरूको अनुकूलताले बोलीको प्रभाव बढ्नेछ । भाग्य बलियो छ । धार्मिक कार्यहरूमा धेरै प्रगति देखिन्छ । शैक्षिक व्यवसाय गर्नेहरूको लागि समय वर्षभरि नै अनुकूल रहनेछ । व्यापारमा सोचेजस्तै लाभ मिल्ने र वैदेशिक कार्यहरू सुचारु भएर अघि बढनेछन् । विदेश… पुरा पढौ

भलिबल खेलाडीलाई जापानमा स्वागत गर्यो गलकोट स्पोर्टस् क्लब टोकियो जापानले

नेपालको राष्ट्रिय खेल भलिबलका कुशल खेलाडी रवि केसीसहितका खेलाडीहरुलाई गलकोट स्पोर्टस् क्लब टोकियो जापानले जापानको नारिता अन्तराष्ट्रिय विमास्थलमा स्वागत गरेको छ।वैदेशिक रोजगारीको शिलशिलामा बुधबार जापान आइपुगेका भलिबल खेलाडी रवि सहित घनश्याम चौधरी र प्रेम पुनलाई पुष्पगुच्छासहित क्लबका अध्यक्ष दुर्गा खत्री, कोषाध्यक्ष सुरज केसी, सल्लाहकार अम्मर भण्डारी, हर्क थापा, रक्षा थापा लगायत शुभचिन्तकको बाक्लो उपस्थिति रहेको सचिव केसीले बताए।लगायत शुभेच्छुकको टिमले स्वागत गरेको अध्यक्ष खत्रीले जानकारी दिए। नेपालको भलिबल प्रतियोगितामा पछिल्लो समयमा उकृष्ट खेल प्रदर्शन गरेर चर्चामा रहेका भलिबल खेलाडी रविले… पुरा पढौ

फुकुओका शहरमा आयोजित एक दिने नेपाल फेस्टिवल सफल रुपमा सम्पन्न

फुकुओका शहरमा आयोजित एक दिने नेपाल फेस्टिवल सफल रुपमा सम्पन्न भएको छ ।गैरआवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमितीको आयोजनामा भएको फेस्टिवल भव्य रुपमा सफलताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ । संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाइटी, नेपाल जापान फेन्डसीप लायन्स क्लब, हाम्रो नेपाल हामी नेपाली अभियान जापानको आयोजना लगायत फुकुओकामा अवस्थीत विभीन्न संघ संस्थाहरुको सहआयोजना, नेपाली राजदुतावास टोकियो र अवैतनिक वाणिज्य दुतावास फुकुओकाको सहयोगमा सम्पन्न उक्त फेस्टीबल नेपाली र जापानीज नागरीक गरी करीब ३,००० जनाले अवलोकन… पुरा पढौ

घुम्टे युवा परिवार जापानद्वारा कुशल भलिवल खेलाडी रवि केसीलाई जापानमा स्वागत

नारिता विमानस्थलमा पुगेर संस्थाको निमन्त्रणमा आएका नेपालका ख्याती प्राप्त भलिबल खेलाडी तथा गण्डकी प्रदेशका मुख्य खेलाडी रबि केसीलाई घुम्टे युवा परिवार जापानका सचिव प्रकाश केसी र कोषाध्यक्ष प्रकाश थापाले स्वागत गरेका छन। निजी कामको शिलशिलामा बुधबार जापान आएका रविलाई घुम्टे युवा परिवार जापान पदाधिकारीसहित गलकोटका जापानम क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले पुष्गुच्छासहित खादाद्वारा नारिता अन्तराष्ट्रिय विमानस्थलमा न्यानो स्वागत गरिएको थियो। सामाजिक सत्भाव, आपसी एकता, खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित हाम्रो गौरवशाली संस्था घुम्टे युवा परिवार जापानको निकै लामो… पुरा पढौ

नेपालसहित म्याग्दीलाई जापानमा चिनाउन कस्सिए म्याग्देली

नेपालसहित म्याग्दीलाई जापानमा चिनाउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा हुन लागेको प्रथम म्याग्दी (मोना) ईताबासी फेस्टिवलको रौनकता बढेको छ ।अप्रिल २७ र २८ तारिखमा हुने फेस्टिवलमा म्याग्दी, गण्डकी प्रदेश एवम् नेपालका धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक तथा पर्यटकीय गन्तव्यहरुको जापानी समुदायमा प्रचार प्रसार र पर्यटन प्रवर्धन गर्ने गरी प्रचारप्रसार सहित आर्थिक संकलन अभियानमा म्याग्देली जुटेका छन् ।जापानका विभिन्न क्षेत्रमा पुगेर फेस्टिवलका बारेमा प्रचारप्रसार तथा आर्थिक सहयोग र नेपाली समुदायलाई स्वागत गर्ने गरी कार्यक्रमहरु भइरहेको मुल संयोजक ज्ञानेन्द्र कार्कीले बताए… पुरा पढौ