जापान एसडीएफ हेलिकोप्टर अभ्यासका क्रममा दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ बेपत्ता

-


     जनहित न्युज    
     वैशाख ९ गते २०८१


दुई जापानी सामुद्रिक सेल्फ-डिफेन्स फोर्स हेलिकप्टर शनिबार राति प्रशान्त महासागरमा एक अभ्यासको क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तिमा आठ चालक दलका सदस्यहरू मध्ये एकको मृत्यु भएको छ र अन्य सात अझै बेपत्ता छन् ।
इजु टापु शृङ्खलाको टोरिशिमा टापुबाट करिब २७० किलोमिटर पूर्वमा पानीमा ठोक्किएका दुई विमानहरू रातको समयमा पनडुब्बी विरोधी अभ्यासको क्रममा एक अर्कासँग ठोक्किएको विश्वास गरिएको जापानका रक्षामन्त्री मिनोरु किहाराले आइतबार पत्रकारहरूलाई जानकारी दिए । इजु टापु चेन टोकियोको दक्षिणमा अवस्थित छ।
SH-60K हेलिकप्टरका चार चालक दलका सदस्यहरूसंग राती १०:३८ बजे सम्पर्क विच्छेद भएको र MSDF ले १०:३९ मा आपतकालीन संकेत प्राप्त गरेको MSDF ले जनाएको छ ।
दुईवटा उडान रेकर्डरहरू “अत्यन्तै नजिकका स्थानहरूमा” फेला परेका थिए । दुईवटा हेलिकप्टरको रोटर ब्लेड र अन्य विमानका भग्नावशेषहरू पनि दुर्घटनापछिको खोजीमा फेला परेको थियो” रक्षामन्त्री किहाराले भने।

घटना पछि MSDF ले SH-60K हेलिकप्टरहरू समावेश गर्ने सबै प्रशिक्षणलाई स्थगित गरिएको र घटनाको अनुसन्धान गर्न एक समिति समेत गठन गरि सकिएको MSDF का कर्मचारी प्रमुख एडम र्यो सकाइले बताए।
एउटा हेलिकप्टर टोकुशिमा प्रान्तको कोमात्सुशिमा एयर बेसको थियो भने अर्को नागासाकी प्रिफेक्चरको ओमुरा एयर बेसमा रहेको थियो।
घटनाको कारण खुल्न नसकेको तर बेपत्ता भएकाहरुको खोजी र उद्धारका लागि मन्त्रालयले सक्दो प्रयास गर्ने किहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?