तस्विर समाचार

एकतामा कहाँ गल्ती भयो भनेर समीक्षा गरौंः प्रचण्ड, एमसीसी राष्ट्रघाती रे? प्रश्न गर्दै देउवाले भने, ‘पढ्नुस्, राम्रोसँग अध्ययन गर्नुस्’

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आफ्नै कारण कमजोर भएको बताएका छन् । आइतबार पार्टीको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमा सबैभन्दा बढी आफ्नै आत्मसमीक्षा गरेको बताएका हुन् । उनले भने,‘पछिल्लो समयमा माओवादी केही कमजोर भएको महसुस भएको छ । अरुलाई आलोचना गरेर हुँदैन । मैले राजनीतिक प्रतिवदेनमा आफैंलाई चिरफार गरेको छु ।’ उनले एमाले–माओवादी बीचको एकता टुट्नुको कारणबारे समीक्षा गर्नुपर्ने बताए । उनले एकतामा कहाँ गल्ती भयो भनेर समीक्षा गर्नुपर्ने बताएका हुन् ।… पुरा पढौ

गैर आवासीय नेपाली संघ तोचिगी क्षेत्रीय समितिले तोचिगी केनको उचुनोमिया शहरमा गर्यो सरसफाई

गैर आवासीय नेपाली संघ तोचिगी क्षेत्रीय समितिको समन्वय र व्यवस्थापनमा जापानको तोचिगी केनको उचुनोमियामा आइतबार शहर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।जापानिज समुदायमा नेपाली राष्ट्रियता झलक़ाउनुका साथै नेपालीको सहयोगीपनालाई चिनाउने र भावनात्मक रूपमा आत्मीयता बढाउन सहयोग पुर्याउने उद्देश्यले एनआरएनए तोचिगी क्षेत्रीय समितिको सामाजिक र रचनात्मक कार्यक्रम अन्तरगत सरसफ़ाइ कार्यक्रम सम्पन्न भएको संयोजक मन्दिप क्षेत्रीले जानकारी गराए ।बिहान ९ बजे देखी ११ बजेसम्म करिब २ घण्टासम्म संचालन भएको सो सरसफ़ाइ कार्यक्रममा एनआरएनए जापानका पूर्व क्षेत्रीय सचिव तथा समितिका संरक्षक बिकास बस्नेत,… पुरा पढौ

माओवादीको राष्ट्रिय महाधिवेशनः नेतृत्व भन्दा नीतिमा केन्द्रित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को प्रथम सम्मेलनका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ । सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानर तथा राजधानी प्रवेश गर्ने नाकामा फ्लेक्स राखिएको छ । माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबारको स्थायी समितिको बैठकले गरिसकेको छ । महाधिवेशनमा परिणत गर्ने निर्णयलाई केही बेरपछि बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न बाँकी छ । जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको शनिबार साँझ बसेको स्थायी समितिको… पुरा पढौ

नेपाली जनप्रगतिशील मंच जापानले ज़िम्मेवारी बाँडफाड़ गर्यो, अबका केन्द्रीय समितिका बैठकहरू घुम्ती रूपमा संचालन गर्ने

नेपाली जनप्रगतिशील मंच जापानको २०२१-२०२३ कार्यकालको लागि निर्वाचित कार्यसमितिको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले ज़िम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ ।राष्ट्रिय कार्यसमितिका अध्यक्ष भवानी पन्तको अध्यक्षतामा सम्पन्न सो बैठकले सात वटा क्षेत्रीय समितिको इंचार्ज, नौ वटा विभागको विभागीय ज़िम्मेवारी र थप १८ जना लाई सल्लाहकार समितिको सदस्यमा चयन गर्दै ज़िम्मेवारी बाँडफांड तथा कार्यविभाजन गरेको महासचिव बाबुराम पौडेलले जानकारी दिए ।ज़िम्मेवारी बाँडफांड अनुसार क्षेत्रीय समिति अन्तर्गतका तोचिगी गुन्मामा रामकृष्ण भण्डारी, टोकियोमा अर्जुन अमगाइ, नागोयामा आर एच गौतम, क्यूस्युमा नवराज गौतम, कान्साइ… पुरा पढौ

यसकारण सजाइन्छ ‘क्रिसमस ट्री’

डिसेम्बर २५ विश्वभर सद्भाव र प्रेमका साथ प्रभु येशुको जन्मदिनको उत्साहको रूपमा क्रिसमस मनाइन्छ । क्रिसमसमा, चर्च जाने, प्रार्थना गर्ने, घर सजाउने र केक काट्ने चलन छ, जुन संसारभरका मानिसहरू गर्छन् । तर, यससँगै क्रिसमसको अवसरमा मानिसहरू घरमा ‘क्रिसमस ट्री’ ल्याएर सजाउने गर्छन् । घरमा हुने वास्तु दोषलाई रोक्न क्रिसमस ट्रीले महत्वपूर्ण भूमिका खेल्छ भन्ने मान्यता छ । यसकारण क्रिसमस ट्रीचिनियाँ वास्तुशास्त्रअनुसार घरको नकारात्मक ऊर्जालाई हटाउन क्रिसमस ट्री विशेष मानिन्छ । जुन परिवारमा नकारात्मक ऊर्जाको छायाँ हुन्छ, त्यस परिवारमा क्रिसमस… पुरा पढौ

कस्तो बन्ला राष्ट्रिय सम्मेलनपछि माओवादी ?

विचारको नयाँ संश्लेषण गर्दै समाजवादको नयाँ आधार बनाउने लक्ष्यका साथ नेकपा(माओवादी केन्द्र)ले यही पुस ११ देखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । राष्ट्रिय सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि जनवर्गीय सङ्गठनले आवश्यक तयारी गरिरहेका छन् । माओवादीको सहायक सङ्गठन वाइसिएल नेपालले प्रचारात्मक काम शुरु गरिसकेको छ । सात वटा भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशले सम्मेलनमा सहभागी हुने प्रतिनिधि तथा पर्यवेक्षक चयन गरिसकेका छन् । यस्तै पार्टी केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत प्रतिनिधि… पुरा पढौ

जापान सरकारको स्वास्थ्य मन्त्रालयको प्यानलले पहिलो पटक मुखबाट खाने कोभिड-१९ विरुद्दको चक्कीलाई स्वीकृति प्रदान

जापान सरकार स्वास्थ्य मन्त्रालयको अन्तर्गतको प्यानलले अमेरिकी फार्मास्युटिकल फर्म मर्क एण्ड कम्पनीद्वारा उत्पादित कोभिड-१९ बिरुद्दको मुखबाट खाने चक्की औषधीलाई शुक्रबारबाट पहिलो पटक स्वीकृत प्रदान गरेको छ ।मर्कको जापानी शाखा MSD K.K ले जापानमा औषधि उत्पादन र बिक्री गर्न डिसेम्बरको सुरुमा आवेदन गरेपछि नोवेल कोरोनाभाइरसलाई शरीरमा वृद्धि हुनबाट रोक्ने मोल्नुपिरावीरको प्रयोग र वितरणलाई द्रुत-ट्र्याक प्रक्रिया अन्तर्गत जापानमा स्वीकृति दिने बारेमा ग्रीन सिग्नल दिइए अनुसार शुक्रवारबाट स्वीकृति प्रदान गरिएको सरकारी अधिकारीहरूले बताएका छन ।जापानी सहायक कम्पनीले मोल्नुपिराभिरले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट विरुद्ध… पुरा पढौ

एनआरएनए जापान विवाद: निवर्तमान कार्यसमितिले अर्कों निष्पक्ष निर्वाचन नभएसम्म आफूहरूले नै संस्थाका कामकारबाही संचालन गर्ने जानकारी

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अधिवेशन र निर्वाचन अनिश्चित भैरहेको सन्दर्भमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले गत जुलाई ३० मा सम्पन्न निर्वाचनमा एमआइएस सिस्टमको दरुपयोग गर्दै कम्यटुर सेटिङमार्फ़त मतदाताको अधिकार हनन गरेर धाँधलीपूर्ण रूपमा मत परिणाम घोषणा गरिएको आरोप लगाऊदै आएको निवर्तमान बहुमत कार्यसमितिका पदाधिकारीहरूले निष्पक्ष र धाँधलीरहित पुन निर्वाचन नहुन्जलेसम्मको लागि आफूहरूको कार्यसमितिलाई नै निरन्तरता दिइ संस्थागत कामकारवाही जारी राख्ने घोषणा गरेको छ ।शुक्रवार निवर्तमान कार्यसमितिका १२ जना पदाधिकारीसहित सदस्यहरूद्वार जारी गरिएको वक्तव्यमा एनआरएनए… पुरा पढौ

जापान सरकारले समुदायमा ओमिक्रोन फैलिए पनि तत्काल दैनिक जनजीवनका गतिविधिलाई कडा नबनाउने

ओमिक्रोन कोरोनाभाइरस संस्करणको संक्रमण समुदायस्तरमा पहिलो घटना देखिएसंगै जापानले तत्कालका लागि जनताको सामान्य गतिविधिमा प्रतिबन्धित गर्दै कडा कदम नचाल्ने मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले बताएका छन।बुधवार ओसाका प्रान्तमा विदेश यात्राको रेकर्ड नभएका तीन जनामा कोरोनाभाइरसको ओमिक्रोन संस्करणको संक्रमण भएसंगै जापानमा समुदायस्तरमा पनि ओमिक्रोन फैलिन पुगेको पुष्टि भएपछि ओसामा प्रान्तले संक्रमण फैलावटलाई रोक्ने उद्देश्यले जनवरीको अन्त्यसम्म एक महिनासम्मको लागि होटेल र रेष्टुरान्टमा प्रति टेबलमा सिमित चार जनामात्र बस्नुपर्ने र रेष्टुरेण्टमा बसेर दुई घण्टा भन्दा बढी लामो खान र जमघट गर्न नपाईने… पुरा पढौ

नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा प्रवासबाट ३५ जना प्रतिनिधिको सहभागीता रहने, पूर्वी एसियाबाट ५ जना

नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५०० प्रतिनिधिको सहभागिता जनाउदा प्रवासबाट ३५ प्रतिनिधिले सहभागिता जनाउने भएका छन ।प्रवास समन्वय समितिको आयोजनामा नेपाली जन प्रगतिशील मञ्चको प्रथम अन्तरराष्ट्रिय भेलाबाट लगाईएको प्रतिनिधिको टुंगोमा पूर्वी एसिया क्षेत्रको जापानबाट मंचका राष्ट्रिय अध्यक्ष भवानी पन्त, मलेसियाबाट रमेश तिवारी, चिनबाट मुक्ति मरासिनीका साथै चूडामणि अधिकारी, र प्रेम पाण्डे प्रतिनिधि चयन भएका छन् भने युरोप क्षेत्रबाट सुरेन्द्र भुसाल, जानुका धमला, तुलप्रसाद छन्त्याल, लोकबहादुर नेपाली, चित्र सुवेदी, वीरमान घर्ती चयन भएका छन ।यसैगरी दक्षिण एसियाबाट… पुरा पढौ