२०५३ साल पौष १९ भन्दा अघिका केहि दृश्य स्मरण

-


     आर एच गौतम हाल जापान    
     पौष २० गते २०७८


उमेरले म सानो थिए, देशमा चलेको व्याप्त अन्तर्विरोध,असमानता,विभेदको निर्मुल अन्त्यका लागि ग्रामिण वस्तिहरुबाट विद्रोहको तयारी भैरहेको थियो।घरगांउ वरपर नियमित रुपमा रातको समयमा तत्कालिन विद्रोही नेता कार्यकर्ताको बाक्लो उपस्थिति र गतिविधिहरु हुन्थ्यो भने दिउसोको समय लमा तत्कालिन शाही सेना, प्रहरीको निगरानीको केन्द्रविन्दु थियो हाम्रो गाउ घर।
विद्रोही पक्ष र सरकारी दमनकारी पक्षको एउटै भुगोलमा राती र दिउंसोको यस्ता गतिविधिले अनौंठो संकेत गरिरहेको थियो।यस्ता अनौठा र त्रासदीपूर्ण गतिविधि भै राखे पनि रातीको समयमा हाम्रो घरगांउमा तत्कालिन शाहिसेना प्रहरीले छिर्ने आंट गर्दैनथ्यो। किनकी हाम्रो गांउघरमा त्यति खेरवाटै एकघर एक लाल छापामारको रुपमा विकसित भैसकेको थियो।ती दिनहरुका अनुभुतिहरु अहिले स्मरण गर्दा दिउसो भन्दा रात असाध्यै रोमान्चक र आन्नद लाग्ने गर्थ्यो किनकि रातमा भएका ती तयारीहरु विद्रोहका सांगेतिक धुनहरु त्यसमा पनि हामी लाई वाल कलाकारको अभिनय गर्न लगाउंदाका रमाईला क्षण,विद्रोहीहरुको बाक्लो उपस्थिति,विद्रोही नेताहरु घरका माथिल्ला तलामा नियमित वैठक छलफलमा व्यस्त,घरको मुनिको तलामा लाठ्ठि,खुकुरी,विष्फोट पदार्थको तयारी,सामुहिक भोजनशैली, यो सवै दृश्यले दिन भन्दा रात रमाईलो लाग्थ्यो।

२०५३ पौष १९ गते राती गांउ चक्मन्न सुनसान थियो, अघिल्ला रातहरुहरु भन्दा त्यो रातले गांउघरमा छुट्टै सुस्केर लागेको थियो, त्यहां कुनैपनि विद्रोही नेता कार्यकर्ता थिएनन,थिए त स्थानीय विद्रोही गांउले थिएं।पछि मैले बुबाका कुरा सुन्दा भन्नुहुन्थ्यो,त्यो दिन त्यो रात रामेछापको वेथान चौकी माथी हाम्रा प्यारा विद्रोहीहरुले प्रहरी चौकी कव्जा गर्दैछन, त्यो कुरा गांउले र बुबाले पहिल्यै थाहा पाईसकेको बताउनु हुन्थ्यो।त्यो दिन राति ९ वजेतिर पारी रामेछाप वेथानमा खोलिएको फाईरिङ र विष्फोटक आवाज सुनेपछि आज हाम्रो विद्रोहीतिर क्षति भयो कि भएन होला? सफल भएकी भएनन? यसको कमाण्डर गर्ने नयांघरको माईलो (तिर्थ),पुच्छाघर जेठो यान प्रसाद(आलोक) नेता ,कान्छो (नविन) हुन यिनीहरूले कसरी काम गरे होलान यि र यस्ता कुराले रातभरि मन तरङ्गित भएको बताउनुहुन्थ्यो।
यसै प्रसंगमा जोड्दै बुबाले बताउनु भए अनुसार रामेछापको बेथान आक्रमण पूर्व काभ्रेकै चौरी नजिक कात्तिके देउराली ईलाका प्रहरी चौकी माथि आक्रमण गर्ने तयारी र सर्भे अध्यन भएको थियो,यो ईलाका प्रहरी चौकीमा पारी वेथान चौकी भन्दा फोर्स ठुलो संख्या र आक्रमण गर्न भुगोल पनि प्रतिकुल भएकोले यो ईलाका प्रहरी चौकी आक्रमन असफलता को खतरा रहन्छ भन्दै थुप्रै छलफल निर्णय पछि रामेछापको वेथानमा आक्रमण गर्ने निर्णयमा पुगेको बताउनु हुन्थ्यो।

पौष १९ को त्यो रातको विष्फोटलाई हाम्रो गाउघरले रातभर नियाली रहेको थियो किनभने त्यहांको सफलता असफला जे भएपनि त्यसको हिस्सेदार हामी पनि हुनेछौं किनकि त्यसको सम्पुर्ण तयारी त्यो मोर्चा(आक्रमण)मा ठुलो संख्यामा हाम्रो गांउघरको सहभागिता छ भन्ने अनुभूति पछिसम्म थुप्रै काकाबाहरुले भन्नुहुन्थ्यो।
२०५३ साल पौष २० गते बिहान पारी वेथानमा भएको घटना गाउंघरमा आईपुग्न कत्तिपनि बेर लागेन गांउपुरै शोकमग्न भयो । माईलो(तिर्थ)को मृत्यु भएको भनेर कसैले विश्वास गर्ने ठांउ थिएन। गांउ एकतिर पुरै शोकमा डुव्यो भने अर्को तिर शाही सेनाले गांउलाई घेरा हाल्ने डरसंग पुरै गांउ वेथान जाने तयारीमा लाग्यो,फेरि वेथानमा तत्कालिन शाही सत्ताले ठुलो संख्यामा शाहिसेना प्रहरी हेलिकप्टरवाट झारी सकेको र हामी त्यहांसम्म पुग्न असाध्यै कठिन बिच बाटो मैं हामी माथी आक्रमण हुने डरका बिचबाट चौरीबाट वेथानतर्फ लागेका चौरीका विद्रोही क्रान्तिकारीहरु माथी आफ्ना महान शहिद तिर्थ लाई भेट्न नपाउंदै,दमन सुरु भयो,त्यो दमनको प्रवाह नगरी क्रान्तिकारी चौरेली अघि बढ़े तर सयौंको संख्यामा शाही राज्यसत्ताले झारेको शाहिसेना प्रहरीले संम्भवत सबैलाई नियन्त्रणमा लिएर निर्मम यातना दिदै नुनचुक लगाएर चिसोछिंडीमा राखिदियो।आफ्नो महान मान्छेको राम्रोसंग अनुहार हेर्न समेत पाएनन चौरीवासीले उल्टै जेल कष्टडीमा शरिर चिरेर नुनचुक लगायो तत्कालिन शाहिसत्ताका सेनाप्रहरीले यसरी आजको नेपाल निर्माण गर्न काभ्रे जिल्लाको चौरी देउरालीले अग्रमोर्चावाट विजय झण्डा उठाउने हिम्मत गर्यो।

यसरी २०५३ साल पौष१९ गते माओवादी आन्दोलन र यसको पृष्ठभुमिमा पूर्वको बेथानबाट वीरताको झण्डा फहराउंदै वेथान मोर्चाका कमाण्डर महान शहिद क.तिर्थ गौतम क.फत्त वहादुर स्माली मगर क.दिल मायां वोम्जनले आफुलाई उच्च बलिदानि गर्न तयार हुनुभयो।
उहांहरुकै सपना को वाटो मा समाहित हुंदै आफुलाई बलिदानी गर्नुहुने तपाई महान शहिदहरुप्रति हार्दिक श्रद्धा सुमन!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?