तस्विर समाचार

उज्बेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन : दोस्रो पटक सेन्ट्रल जोन पोल्टामा

एभीसी सेन्ट्रल जोन महिला भलिबलको आज सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपाली च्याम्पियन बनेको छ। बंगलादेशसमा सम्पन्न प्रतियोगितामा उज्बेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो। आज सम्पन्न खेलमा पहिलो सेट नेपालले पहिलो २६–२४ ले जितेको थियो भने दोस्रो सेटमा २४–२६ ले पराजय भोगेको थियो। त्यस्तै तेस्रो सेटमा नेपालले २५–१५ ले जित निकाल्दा चौथो सेट उज्बेकिस्तानले २५-२२ ले खेल आफ्नो पक्षमा पार्‍यो। त्यस्तै प्रतिस्पर्धात्मक पाँचौ सेटमा नेपालले १५– १० ले जित निकाल्दै उपाधि जितेको हो। यो सँगै नेपाली महिला… पुरा पढौ

निलुवा समाज चमुवा जापानको चौथो अधिवेशन डिसेम्बर ३१ मा हुने

बागलुङ जिल्लाको गलकोट क्षेत्रमा रहेको रमणीय तथा पर्यटकीय स्थल निलुवाको प्रचार प्रसार, प्रवर्द्धन र पर्यटकीय गन्तव्य बनाउने र गलकोट नगरपालिका वार्ड नम्बर ४ को विकास र मानवीय सेवामा सहयोग पुर्याउने उद्देश्यले गठित निलुवा समाज चमुवा जापानको चौथो अधिवेशन यही डिसेम्बर ३१ हुने भएको छ ।“बागलुङ जिल्ला गल्कोटको सुन्दर निलुवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान” भन्ने मान्यताका साथ गठित समाजले निलुवा क्षेत्रको पर्यटकीय विकास र गलकोट नगर पालिका वार्ड नम्बर ४ को विशेष गरेर चमुवाबाट जापानमा रहेकाहरू… पुरा पढौ

एकतामा कहाँ गल्ती भयो भनेर समीक्षा गरौंः प्रचण्ड, एमसीसी राष्ट्रघाती रे? प्रश्न गर्दै देउवाले भने, ‘पढ्नुस्, राम्रोसँग अध्ययन गर्नुस्’

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आफ्नै कारण कमजोर भएको बताएका छन् । आइतबार पार्टीको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमा सबैभन्दा बढी आफ्नै आत्मसमीक्षा गरेको बताएका हुन् । उनले भने,‘पछिल्लो समयमा माओवादी केही कमजोर भएको महसुस भएको छ । अरुलाई आलोचना गरेर हुँदैन । मैले राजनीतिक प्रतिवदेनमा आफैंलाई चिरफार गरेको छु ।’ उनले एमाले–माओवादी बीचको एकता टुट्नुको कारणबारे समीक्षा गर्नुपर्ने बताए । उनले एकतामा कहाँ गल्ती भयो भनेर समीक्षा गर्नुपर्ने बताएका हुन् ।… पुरा पढौ

गैर आवासीय नेपाली संघ तोचिगी क्षेत्रीय समितिले तोचिगी केनको उचुनोमिया शहरमा गर्यो सरसफाई

गैर आवासीय नेपाली संघ तोचिगी क्षेत्रीय समितिको समन्वय र व्यवस्थापनमा जापानको तोचिगी केनको उचुनोमियामा आइतबार शहर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।जापानिज समुदायमा नेपाली राष्ट्रियता झलक़ाउनुका साथै नेपालीको सहयोगीपनालाई चिनाउने र भावनात्मक रूपमा आत्मीयता बढाउन सहयोग पुर्याउने उद्देश्यले एनआरएनए तोचिगी क्षेत्रीय समितिको सामाजिक र रचनात्मक कार्यक्रम अन्तरगत सरसफ़ाइ कार्यक्रम सम्पन्न भएको संयोजक मन्दिप क्षेत्रीले जानकारी गराए ।बिहान ९ बजे देखी ११ बजेसम्म करिब २ घण्टासम्म संचालन भएको सो सरसफ़ाइ कार्यक्रममा एनआरएनए जापानका पूर्व क्षेत्रीय सचिव तथा समितिका संरक्षक बिकास बस्नेत,… पुरा पढौ

माओवादीको राष्ट्रिय महाधिवेशनः नेतृत्व भन्दा नीतिमा केन्द्रित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को प्रथम सम्मेलनका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ । सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानर तथा राजधानी प्रवेश गर्ने नाकामा फ्लेक्स राखिएको छ । माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबारको स्थायी समितिको बैठकले गरिसकेको छ । महाधिवेशनमा परिणत गर्ने निर्णयलाई केही बेरपछि बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न बाँकी छ । जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको शनिबार साँझ बसेको स्थायी समितिको… पुरा पढौ

नेपाली जनप्रगतिशील मंच जापानले ज़िम्मेवारी बाँडफाड़ गर्यो, अबका केन्द्रीय समितिका बैठकहरू घुम्ती रूपमा संचालन गर्ने

नेपाली जनप्रगतिशील मंच जापानको २०२१-२०२३ कार्यकालको लागि निर्वाचित कार्यसमितिको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले ज़िम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ ।राष्ट्रिय कार्यसमितिका अध्यक्ष भवानी पन्तको अध्यक्षतामा सम्पन्न सो बैठकले सात वटा क्षेत्रीय समितिको इंचार्ज, नौ वटा विभागको विभागीय ज़िम्मेवारी र थप १८ जना लाई सल्लाहकार समितिको सदस्यमा चयन गर्दै ज़िम्मेवारी बाँडफांड तथा कार्यविभाजन गरेको महासचिव बाबुराम पौडेलले जानकारी दिए ।ज़िम्मेवारी बाँडफांड अनुसार क्षेत्रीय समिति अन्तर्गतका तोचिगी गुन्मामा रामकृष्ण भण्डारी, टोकियोमा अर्जुन अमगाइ, नागोयामा आर एच गौतम, क्यूस्युमा नवराज गौतम, कान्साइ… पुरा पढौ

यसकारण सजाइन्छ ‘क्रिसमस ट्री’

डिसेम्बर २५ विश्वभर सद्भाव र प्रेमका साथ प्रभु येशुको जन्मदिनको उत्साहको रूपमा क्रिसमस मनाइन्छ । क्रिसमसमा, चर्च जाने, प्रार्थना गर्ने, घर सजाउने र केक काट्ने चलन छ, जुन संसारभरका मानिसहरू गर्छन् । तर, यससँगै क्रिसमसको अवसरमा मानिसहरू घरमा ‘क्रिसमस ट्री’ ल्याएर सजाउने गर्छन् । घरमा हुने वास्तु दोषलाई रोक्न क्रिसमस ट्रीले महत्वपूर्ण भूमिका खेल्छ भन्ने मान्यता छ । यसकारण क्रिसमस ट्रीचिनियाँ वास्तुशास्त्रअनुसार घरको नकारात्मक ऊर्जालाई हटाउन क्रिसमस ट्री विशेष मानिन्छ । जुन परिवारमा नकारात्मक ऊर्जाको छायाँ हुन्छ, त्यस परिवारमा क्रिसमस… पुरा पढौ

कस्तो बन्ला राष्ट्रिय सम्मेलनपछि माओवादी ?

विचारको नयाँ संश्लेषण गर्दै समाजवादको नयाँ आधार बनाउने लक्ष्यका साथ नेकपा(माओवादी केन्द्र)ले यही पुस ११ देखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । राष्ट्रिय सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि जनवर्गीय सङ्गठनले आवश्यक तयारी गरिरहेका छन् । माओवादीको सहायक सङ्गठन वाइसिएल नेपालले प्रचारात्मक काम शुरु गरिसकेको छ । सात वटा भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशले सम्मेलनमा सहभागी हुने प्रतिनिधि तथा पर्यवेक्षक चयन गरिसकेका छन् । यस्तै पार्टी केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत प्रतिनिधि… पुरा पढौ

जापान सरकारको स्वास्थ्य मन्त्रालयको प्यानलले पहिलो पटक मुखबाट खाने कोभिड-१९ विरुद्दको चक्कीलाई स्वीकृति प्रदान

जापान सरकार स्वास्थ्य मन्त्रालयको अन्तर्गतको प्यानलले अमेरिकी फार्मास्युटिकल फर्म मर्क एण्ड कम्पनीद्वारा उत्पादित कोभिड-१९ बिरुद्दको मुखबाट खाने चक्की औषधीलाई शुक्रबारबाट पहिलो पटक स्वीकृत प्रदान गरेको छ ।मर्कको जापानी शाखा MSD K.K ले जापानमा औषधि उत्पादन र बिक्री गर्न डिसेम्बरको सुरुमा आवेदन गरेपछि नोवेल कोरोनाभाइरसलाई शरीरमा वृद्धि हुनबाट रोक्ने मोल्नुपिरावीरको प्रयोग र वितरणलाई द्रुत-ट्र्याक प्रक्रिया अन्तर्गत जापानमा स्वीकृति दिने बारेमा ग्रीन सिग्नल दिइए अनुसार शुक्रवारबाट स्वीकृति प्रदान गरिएको सरकारी अधिकारीहरूले बताएका छन ।जापानी सहायक कम्पनीले मोल्नुपिराभिरले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट विरुद्ध… पुरा पढौ

एनआरएनए जापान विवाद: निवर्तमान कार्यसमितिले अर्कों निष्पक्ष निर्वाचन नभएसम्म आफूहरूले नै संस्थाका कामकारबाही संचालन गर्ने जानकारी

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अधिवेशन र निर्वाचन अनिश्चित भैरहेको सन्दर्भमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले गत जुलाई ३० मा सम्पन्न निर्वाचनमा एमआइएस सिस्टमको दरुपयोग गर्दै कम्यटुर सेटिङमार्फ़त मतदाताको अधिकार हनन गरेर धाँधलीपूर्ण रूपमा मत परिणाम घोषणा गरिएको आरोप लगाऊदै आएको निवर्तमान बहुमत कार्यसमितिका पदाधिकारीहरूले निष्पक्ष र धाँधलीरहित पुन निर्वाचन नहुन्जलेसम्मको लागि आफूहरूको कार्यसमितिलाई नै निरन्तरता दिइ संस्थागत कामकारवाही जारी राख्ने घोषणा गरेको छ ।शुक्रवार निवर्तमान कार्यसमितिका १२ जना पदाधिकारीसहित सदस्यहरूद्वार जारी गरिएको वक्तव्यमा एनआरएनए… पुरा पढौ