तस्विर समाचार

जापानीजले देखेको केवलकार सपना ! 

पोखराको सेदीदेखि सराङकोट केवलकार पहिलो पटक जापानीजले कल्पेका थिए । नेपाल राष्ट्रिय विकास पार्टी खोलेर पहिलो संविधान सभा चुनावमा होमिएका ताकासी मियाहाराले चुनावी घोषणा पत्रमा सेदी–सराङकोट केवलकार योजना राखेका थिए । उनले चुनाव जितेनन् । उनको चुनावी योजना शुक्रबारदेखि सार्थक भएको छ । फेवातालको मुहानतर्फ पामे जाने बाटोमा पर्छ, सेदी । अब खपौंदीदेखि नै सेदीबाट सराङकोट केवलकार आउजाउ गरेको देख्न सकिन्छ । अन्नपूर्ण केवलकार कम्पनीका निर्देशक रहेका त्रिपाठीले भने, ‘केवलकार आजदेखि संचालनमा ल्याइयो, तर दुखको कुरा, यसको परिकल्पनाकार ताकासी २… पुरा पढौ

गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिको व्यवस्थापनमा ओसाकामा वृहत रक्तदान कार्यक्रम सम्पन्न, ४४ जना रक्तदानमा सहभागी

गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका विभिन्न शहरमा वृहत रक्तदान गर्ने कार्यक्रम अन्तर्गत बिहिबार ओसाकामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गलकोट समाज कान्साइ क्षेत्रीय समितिको व्यवस्थापनमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म संचालन भएको वृहत रक्तदान कार्यक्रम ओसाकाको ओसाका सी जोतो कु मोरिनोमिया २-४-४३ (Osaka shi Joto ku Morinomiya 2-4-43) मा ४४ जना भन्दा बढिले रक्तदान गरेका छन ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम,अभियान र सहयोग गरेर जापानमा क्रियाशील संस्थाहरू छुट्टै पहिचान बनाएको समाजले… पुरा पढौ

किन यति धेरै जापानी बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन्?

जापानमा हजारौँ बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन्। यस्तो गर्नुलाई जापानी भाषामा 'फुटुको' भनिन्छ। विद्यालय जान नचाहने बालबालिकाको सङ्ख्या बढ्दै जाँदा यस्तो समस्या विद्यार्थीको भन्दा पनि विद्यालय प्रणालीको प्रतिविम्ब हो कि भन्ने प्रश्न गर्न थालिएको छ। दश वर्षीय युटा इटोले गत वर्ष आफ्ना बाबुआमालाई आफ्नो समस्या बताउन वार्षिक गोल्डेन वीक होलिडे कुरिरहे र परिवारसँग बाहिर घुम्न गएका बेला आफूलाई स्कुल जान मन नलागेको कुरा बताए। महिनौँदेखि उनी प्राथमिक विद्यालय जान मन नलागि-नलागि गएका थिए वा कहिलेकाहीँ स्कुल नगइ घर बसेका थिए।… पुरा पढौ

अमेरिकाले नेपालसँग धम्की कुटनीति सुरू गरेको छ, हामी प्रतिरोध गर्छौं : चीन

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नेपालमा अमेरिकाले ‘दबाबपूर्ण कूटनीति’ सञ्चालन गरिरहेकाले चीनले त्यसको प्रतिरोध गर्ने बताएका छन्। आज विदेश मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रवक्ता वनपिनले २८ फेब्रुअरीसम्म ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) पारित गर्ने समयसीमा तोकेर ‘दबाबपूर्ण कूटनीति’ सञ्चालन गरेको आरोप लगाए। 'नेपालको आर्थिक विकास र जनजीवनको सुधारका लागि अन्तरराष्ट्रिय समुदायले गर्ने सहकार्यलाई चीन स्वागत गर्छ', उनले भने, 'तर यो शर्तरहित  नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ।' हाल नेपालका विभिन्न राजनैतिक दलहरूबीच एमसीसी कार्यक्रमबारे मतैक्यता हुन नसकेका कारण… पुरा पढौ

गठबन्धनमा एमसीसीमा सहमति जुटेन, फागुन ८ गते आइतबार फेरि बैठक बस्ने 

सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेन ।  गठबन्न्धन आवद्ध दलमा एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।  गठबन्धनको बैठकमा कुनै सहमति नजुटेपछि शुक्रबार बस्ने प्रतिनिधिसभामा एमसीसी टेबुल नहुने भएको छ । बालुवाटारमा गठबन्धनको बैठकमा भाग लिन जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच अलग्गै बैठक… पुरा पढौ

जापानमा टीभी स्क्रिन ‘चाटेर’ खानेकुराको स्वाद लिन मिल्ने अनौठो प्रविधि  

जापानी प्रोफेसरले चाट्न मिल्ने ‘लिकेबल’ टिभी स्क्रिनको प्रोटोटाइप सार्वजानिक गरेका छन् । यसलाई ‘टेस्ट द टीभी’ भन्ने नाम दिइएको छ जसका दशवटा ‘क्यानिस्टर’ ले स्वादहरु स्क्रिनमा स्प्रे गरिदिन्छ र दर्शकलाई चाट्नका लागि भनेर ‘हाइजिनिक’ अर्थात सफा फिल्म रोल गरिदिनेछ । यसको परीक्षण गर्न पुगेकी एक विद्यार्थीले स्क्रिनमा गएर आफूले गुलियो चकलेट खान चाहेको बताएकी थिइन् । त्यस लगत्तै उनको अर्डर स्क्रिनमा स्प्रे गरियो र चाटेर स्वाद लिइसकेपछि उनले दूधको चकलेट जस्तो स्वाद महसुस भएको बताएकी हुन् । निर्माता प्रोफेसर होमेइ मियाशिताले यसलाई… पुरा पढौ

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । सत्ता गठबन्धनको बैठक सकिए लगत्तै प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् । गठबन्धनको बैठकमा प्रधानमन्त्रीले एमसीसी टेबल गरेर संसद्मै छलफल गर्न प्रस्ताव गरेका थिए । तर अन्य दलका नेताहरूले त्यसलाई अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीलाई भेट्न गएका हुन् । यसअघि आज बिहान कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । गठबन्धनमा सहमति नभएपछि कांग्रेस एमालेसँग… पुरा पढौ

जापानका १७ प्रान्तहरूमा अर्ध-आपतकालिन विस्तार गरिने ५ वटामा नलम्बिने

जापानको केन्द्रीय सरकारले ओकिनावा, यामागुची, शिमाने, ओइटा र यामागाटा प्रान्तहरूमा फेब्रुअरी २० मा कोभिड-१९ अर्ध-आपतकालीन उपायहरू हटाउने तर कोरोना संक्रमणको दर स्थिर रहेका १७ प्रान्तहरूमा अर्ध आपतकाललाई निरन्तरता दिइने स्रोतहरूले बताएका छन ।जापानले कोरोनाभाइरस संक्रमणलाई रोक्न ओसाका, क्योटो र फुकुओका लगायत १७ अन्य प्रान्तहरूमा मार्च ६ सम्म कोभिड-१९ अर्ध-आपतकालीन उपायहरू विस्तार गर्ने प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन।जापानको सरकारले १७ प्रान्तहरूमा कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका उपायलाई प्रभावकारी बनाउन अर्ध-आपतकालिन अवस्थालाई अर्को महिनाको सुरुसम्म विस्तार गर्ने योजना बनाएको छ ।कोरोनाभाइरस नियन्त्रण तथा… पुरा पढौ

गठबन्धनको ‘निर्णायक’ बैठक निष्कर्षविहीन 

अमेरिकी सहयोग परियोजना (एमसीसी) मा सहमति जुटाउन बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । शुक्रबार बिहान पुनः बैठक बस्ने गरी आजको बैठक सकिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । बैठकमा एमसीसी अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवालगायतका कांग्रेस नेताहरुले आग्रह गरेका थिए । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुटाई एमसीसी अघि बढाउन नहुने बतताएका थिए ।यसमा नेताहरु सहमत हुन नसकेपछि शुक्रबार बिहान ९ बजेका लागि बैठक… पुरा पढौ

जापानमा नेपाली उत्पादन विस्तार गर्दै ‘आन्भी मार्केटप्लेस’ 

इन्टरनेटको व्यापकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारीकरण खोजिरहेका छन्।अस्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान जस्ता देशहरुमा अहिले प्रशस्तै नेपाली उत्पादनहरु विस्तार गर्ने उद्यमीहरु भेट्न सकिन्छ।  यसै क्रममा लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका आईटी तथा साइबर सेक्युरिटी क्षेत्रमा क्रियाशील युवा पवन थापा र सामाजिक अभियानमा सक्रिय रहेका कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाको एउटा प्रयासले सयौ नेपाली कृषि उद्यमीहरुलाई जोड्नेछ। नेपाली समुदायको लागि केही नयाँ गर्ने हुटहुटीले जन्माएको इ–कमर्स प्लाटफर्म हो,आन्भी मार्केटप्लेस। आन्भी मार्केटप्लेस यहि १७ फेब्रअरीमा सार्वजनिक भएको छ । जापानमा… पुरा पढौ