जापानका १७ प्रान्तहरूमा अर्ध-आपतकालिन विस्तार गरिने ५ वटामा नलम्बिने

-


     जनहित न्युज    
     फागुन ५ गते २०७८


जापानको केन्द्रीय सरकारले ओकिनावा, यामागुची, शिमाने, ओइटा र यामागाटा प्रान्तहरूमा फेब्रुअरी २० मा कोभिड-१९ अर्ध-आपतकालीन उपायहरू हटाउने तर कोरोना संक्रमणको दर स्थिर रहेका १७ प्रान्तहरूमा अर्ध आपतकाललाई निरन्तरता दिइने स्रोतहरूले बताएका छन ।
जापानले कोरोनाभाइरस संक्रमणलाई रोक्न ओसाका, क्योटो र फुकुओका लगायत १७ अन्य प्रान्तहरूमा मार्च ६ सम्म कोभिड-१९ अर्ध-आपतकालीन उपायहरू विस्तार गर्ने प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन।
जापानको सरकारले १७ प्रान्तहरूमा कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका उपायलाई प्रभावकारी बनाउन अर्ध-आपतकालिन अवस्थालाई अर्को महिनाको सुरुसम्म विस्तार गर्ने योजना बनाएको छ ।
कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका उपायलाई प्रभावकारी बनाउन जापानको सरकारद्वारा लगाइएको अर्ध-आपतकालिन घोषणालाई १७ वटा प्रान्तमा मार्च महिनाको ६ तारिकसम्म विस्तार गर्ने निर्णय भएको छ ।

अर्ध-आपतकालीन उपायहरू लागु गरिएका ३६ प्रान्तहरूमा मध्ये २१ प्रान्तमा आइतवारदेखि अन्त्यमा हुन लागेको अर्ध-आपतकालिन घोषणालाई ओसाका, क्योटो, ह्योगो, होक्काइडो फुकुओकासहित १७ वटामा विस्तार गर्न प्रधानमन्त्री किशिदा फुमियोले बिहीबार दिउँसो सरोकारवाला मन्त्रीहरूसँग म्याद थप गर्ने विषयमा छलफल गरेपछि जानकारी गराइएको हो ।
अर्ध-आपतकालीन उपायहरूमा नोवेल कोरोनाभाइरस संक्रमणको हालको लहरसँग लड्न रेस्टुरेन्टहरू र बारहरूको लागि व्यावसायिक समयावधि कम गर्न भनिएको छ ।
वाकायामा प्रान्तको लागि फेब्रुअरी २७मा अर्ध आपतकाल जारी रहेकोमा पनि मार्च ६ सम्म विस्तार गरिने छ ।केन्द्र सरकारले विज्ञहरुबाट सल्लाह र सहमति लिएर शुक्रबार औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ ।

जापानमा ओमिक्रोन भेरियन्टको फैलावटपछि जनवरी ९ मा ओकिनावा, यामागुची र हिरोशिमा प्रान्तहरूमा पूर्व-आपतकालीन उपायहरू लागू गरिएको थियो।

फेब्रुअरी २० मा अर्ध आपातकालको समयावधि सकिने १६ वटा प्रान्तहरू होक्काइडो, आओमोरी, फुकुशिमा, इबाराकी, तोचिगी, इशिकावा, नागानो, शिजुओका, क्योटो, ओसाका, ह्योगो, ओकायामा, हिरोशिमा, फुकुओका, सागा र कागोशिमामा दुईदेखि तीन हप्तासम्म विस्तार गर्ने विचार गरिरहेका स्रोतले बताएका छन ।
जापानले पनि मार्चमा आफ्नो सीमा नियन्त्रणलाई सहज बनाउने तयारी गरिरहेको छ र एक दिनमा करिब ५,००० मानिसहरूलाई जापान प्रवेश गर्न अनुमति दिने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?