तस्विर समाचार

जापानमा फुकुसिमा र मियागी  केन्द्र रहेको ७.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुश, सुनामीको चेतावनी जारी

जापानमा बुधबार राति ११ बजेर ३४ मिनेटमा भूकम्प गएको थियो ।जापानको मौसम विज्ञान एजेन्सीका अनुसार फुकुसिमा र मियागी दुवै प्रान्तमा ७.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुश गरिएको थियो। जापान मौसम विज्ञान एजेन्सीले दुबै प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरेको छ।भूकम्पको केन्द्र फुकुसिमा प्रिफेक्चरको तटबाट टाढा रहेको, केन्द्रविन्दुको गहिराई ६० किलोमिटर रहेको र भूकम्पको म्याग्निच्युड ७.३ रहेको अनुमान गरिएको छ । मौसम एजेन्सीले दुई प्रिफेक्चरहरूको लागि १ मिटर सुनामी सल्लाह जारी गरिएको छ स्थानीय बासिन्दाहरूलाई समुद्री तटबाट टाढा रहन आह्वान गरिएको छ।… पुरा पढौ

जापान प्रवेशमा झन सहजता, दैनिक १० हजार आगन्तुकलाई प्रवेश अनुमति दिने

जापानले कोभिड-१९ को रोकथामका लागि गरेको सीमा नियन्त्रणहरूलाई थप सहज पार्दै अप्रिलको सुरुदेखि हालको ७००० विदेशी आगमनको दैनिक सिमालाई १०,००० मा पुर्‍याउने विचार गरिरहेको सरकारी स्रोतहरूले बताएका छन ।हाल जापानले गरेको सीमा नियन्त्रणका उपायहरु अत्यन्त कडा भएको आलोचना भएपछि प्रधानमन्त्री फुमियो किशिदाले स्वदेश तथा विदेशमा संक्रमणको अवस्था र अन्य राष्ट्रले लागू गरेको सीमा नियन्त्रणका कदमलाई मध्यनजर गर्दै चरणबद्ध रुपमा खुकुलो बनाउने सोच अन्तर्गत अप्रिल १ देखि दैनिक १० हजार आगन्तुकलाई प्रवेश अनुमति दिने बताएका छन ।ओमिक्रोनको फैलावट स्पष्ट रूपमा देशका… पुरा पढौ

जापान सरकारले १८ प्रान्तमा लगाइदै आएको अर्ध-आपतकाल मार्च २१ पछि निरन्तरता नदिने

कोभिड-१९ को संक्रमणलाई नियन्त्रण र रोकथाम गरि सामाजिक सामाजिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले जापानले १८ प्रान्तमा लगाउदै आएको अर्ध आपतकालिन उपायलाई निरन्तरता नदिने भएको छ ।अर्ध आपतकालिन उपाय लगाइएका क्षेत्रहरूमा कोरोना संक्रमणको संख्या दैनिक घट्दै गएकाले आगामी हप्ता अर्थात् मार्च २१ सम्म क़ायम सो व्यवस्थालाई निरन्तरता नदिइले सरकारले विचार गरिरहेको सरकारी स्रोतलाई उदृत गर्दै जापानी समाचार माध्यमले जनाएका छन । । प्रधानमन्त्री फुमियो किशिदाको सरकारले मार्च २१ सम्म रहेकोअर्ध आपतकालिन उपायको अवधि बुधवारसम्म अन्तिम निर्णय गर्ने योजना बनाएको स्रोतले बताएको… पुरा पढौ

कम्रेड दिलमायाको संघर्ष ! जस्ले प्रचण्ड र बाबुरामहरुलाई रुवाएकी थिइन

२०६२ असोज ५ गते रुकुमको चुन्वाङमा आयोजित तत्कालीन नेकपा माओबादीको केन्द्रिय समितिको पूर्ण बैठक संगै माओबादीको केन्द्रिय साँस्कृतिक विभागले पनि साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । कार्यक्रममा युद्ध मैदानबाट फर्किँदा भन्ने ओपेरा प्रस्तुति भित्रको एउटा भागमा साँच्चैको आफ्नै दुधेबालक (छोरी) बोकेर लडाईमा शहिद भएका आफ्नो श्रीमानको खबर लिएर आउँने लालसेनाहरुलाई उल्टै गीत र अभिनय मार्फत जीत्नै पर्छ यो अन्तिम लडाईँ तिमीले लडेर ! फाटेका आङहरु रोएका मनहरु बसेका छन् नयाँ दिन पर्खेर !! भन्दै सुझाव दिए पछी त्यहाँ लाईभ दृश्य हेरीरहेका… पुरा पढौ

अप्रिल १ देखि जापानको नारितामा काठमाडौंबाट साताको दुई उडान हुने

काठमाडौँबाट जापानको नारितामा अब साताको दुई उडान हुने भएको छ ।नेपाल एयरलाइन्सले आगामी १ अप्रिलबाट नारितामा साताको मङ्गलवार र शुक्रबार उडान गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।अहिले नारितामा शुक्रबार मात्र उडान भइरहेको छ । पछिल्लो समय निगमले कोभिड(१९ को महामारीपछि गुमेका आफ्ना गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।सोही क्रममा अब जापानमा साताको दुई उडान हुने भएको हो । यसले जापान जाने–आउने नेपाली नागरिकका साथै पर्यटकको आवागमन समेत सहज बनाउने छ । https://twitter.com/nepalairlinesra/status/1502524042145849345?s=21 पुरा पढौ

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको सचिवका प्रत्यासी ओम गुरुङको पक्षमा माहौल, जित सुनिश्चित रहेको दाबी

पटक पटक स्थगित हुदै पुन मार्च २४ र २५ मा हुने गरि तय गरिएको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालको निर्वाचनमा “समृद्धि,समावेशिता,समुहिकता र संस्थागत सुदृढिकरणका लागि मेरो उम्मेदवारीको मान्यताका साथ सचिव पदमा उम्मेवदारी दिएका ओम गुरुङको पक्षमा माहोल सृजना भएको छ । जापानमा रहेर सन २००८ देखि एनआरएनएको अभियानमा लागेका गुरूङले पटक पटक एनआरएनए जापानको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका र आफ्नो अनुभवलाई आइसीसीमा उपयोग गर्ने दृढ़ताका साथ लागेकोले सचिव पदमा आफूले दिएको उम्मेदवारीको पक्षमा राम्रो माहोल सृजना… पुरा पढौ

घुम्टेको काख मल्ममा ऐतिहासिक होली पूर्णिमा मेला सुरु

घुम्टे युवा परिवारको ३७ औं वार्षिकोत्सव तथा परम्परागत होली पुर्णिमा सोमबारबाट देखि सुरु भएको छ । मेलाको पहिलो दिन बृहत खुल्ला कृषि प्रर्दशनी मेला सकिएको छ गलकोट क्षेत्रका कृषकहरुको प्रदर्शनीमा उल्लेख्य सहभागिता रहेको थियो ७ वटा विधामा मुल्याङकन गरिएको थियो । कृषि मेला प्रदर्शनीको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले उदघाटन गरे । मेलामा आयोजित पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजक सेभेन स्टार ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका प्रतिनिधी मान बहादुर भण्डारीले रेफ्रीलाई भलिबल हस्तान्तरण… पुरा पढौ

१४ सांसदविरुद्धको रिट अन्तिम सुनुवाइका लागि पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले माधव नेपालसहित १४ सांसदहरू विरुद्धको मुद्दाको पूर्ण सुनुवाइ चैत २० गतेदेखि गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले पूर्ण सुनुवाइका लागि २०७८ चैत २० गते आइतवारको पेशी तोक्न आदेश दिएको हो। इजलासले रिट निवेदकबाट उठाइएका संवैधानिक तथा कानुनी प्रश्नहरूको निरुपण छिटो छरितो निरुपण गर्नुपर्ने भएकाले रिटलाई पूर्ण सुनुवाइका निम्ति पेश गर्ने आदेश गरेको हो । संयुक्त इजलासले मुद्दाको पक्ष र विपक्ष दुवैको… पुरा पढौ

दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला

सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको मन्त्रीका प्रेस संयोजक तेजप्रसाद वाग्लेले जानकारी दिए।  मलेसियाबाट प्राप्त हुने रोजगारी गुम्न नदिन तत्काल श्रमस्वीकृति दिन थाल्नेनिर्णय गरेको मन्त्री श्रेष्ठले बताएका छन्।  वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी दूतावासबाट प्रमाणिकरण भएर आएका मागपत्र अनुसार श्रम स्वीकृति दिने निर्णय भएको छ। कोरोना महामारीका कारण सन्… पुरा पढौ

नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा 

सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए । त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए । आठ जना नेपाली विद्यार्थीलाई पढाइमा कुनै दुःख नहोस् भनेर उनीहरुको साथमा १७ जना सुसारे पनि जापान पठाइएको थियो । उनीहरुको गाइडका रुपमा… पुरा पढौ