तस्विर समाचार

विश्वको सार्वधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल 

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ । दक्षिण एसियाली मुलुकमा नेपाल ८५औँ स्थानमा रहेको छ भने भारत १३६औँ स्थानमा पुगेको छ । गत वर्ष भारत १३९औँ स्थानमा थियो । दक्षिण एसियाका खुसी देशको सूचीमा बङ्गलादेश ९९औँ र पाकिस्तान १०३औँ नम्बरमा पुगेको छ । सूचीअनुसार चीन नेपालभन्दा तीन… पुरा पढौ

सातदिनमा करोड क्लबमा प्रवेश गरेको प्रकाश सपुतको ‘पिर’ मा रहेको विवादास्पद दृश्य हटाएर पुन: अपलोड

माओवादीले संचालन गरेको जनयुद्दलाई मुख्य विषयवस्तु बनाएर तयार पारिएको गीति एल्बम ‘पिर’ विवादमा आएपछि गायक प्रकाश सपुतले सो भिडियोमा समावेश भएको केही दृश्य सम्पादन गरी पुनः अपलोड गरेका छन् । माओवादी जनमुक्ति सेनाका महिला लडाकुहरू वैकल्पिक पेशाको रूपमा देहव्यापारमा लागेको दृश्यबारे विभिन्न कोणबाट प्रश्न उठाईएपछि त्यसलाई हटाएर नयाँ भिडियो अपलोड गरिएको सपुतले जनाएका छन् । पिरमा प्रतीकात्मक रूपमा राखिएको एउटा दृश्यले र पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नुका साथै नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा… पुरा पढौ

नत्र चन्द्र शमशेरले सती प्रथा हटाउने थिएनन् !

आजभन्दा झण्डै २० वर्षअघि म पाकिस्तान जाँदा एक मुस्लिम महिलाले मलाई सोधेकी थिइन्, 'तिमीहरूकहाँ हिन्दु धर्मअनुसार त श्रीमान् मरेपछि स्वास्नीलाई जिउँदै जलाइन्छ रे नि, हो ?'मलाई कस्तो लाज लागेजस्तो भयो । मैले सानो स्वरले भनेकी थिएँ, 'हो, पहिलेपहिले त्यस्तो थियो रे । तर, १०० वर्षअघि यो प्रथाबाट कानुनी रूपबाट मुक्त भइयो ।''होइन नि भारतमा त ३०–४० वर्षअघि पनि रूप कुँवर नामकी सती गएकी थिइन् रे । उनको नाममा मन्दिर पनि बनाएको थियो रे ।'मरिनाको कुरा सत्य नै थियो, मैले बोल्ने… पुरा पढौ

किन जापानमा पेन्सनमा बाँच्ने वृद्धवृद्धा जेल जान चाहन्छन् 

जापानमा वृद्धवृद्धाले गर्ने अपराधको लहर आए झैँ भएको छ - ६५ वर्ष माथिका मानिसले गर्ने अपराधको मात्रा बीस वर्षयता बढेको बढ्यै छ।  किन? भन्ने प्रश्नको जवाफ खोजेका छन्।  हिरोशिमास्थित घरमा पुनर्स्थापित गर्नु अघि राखिने एउटा केन्द्रमा रहेका टोशियो टकाटाले गरिबीका कारण आफूले कानून तोडेको बताए। उनी नि:शुल्क बस्ने ठाउँको खोजीमा थिए, जेल भएपनि उनलाई त्यो मान्य थियो। "म पेन्सन पाउने उमेरमा पुग्दा मसँग भएको सबै पैसा सकियो। त्यसपछि मैले सोचेँ जेल जान पाए त म सित्तैँमा बस्न पाउनेछु।""त्यसैले मैले एउटा… पुरा पढौ

दलित बस्तीमा रहेको विद्यालय भत्केपछि खुला चौरमा पठनपाठन

म्याग्दीको धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएको र जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराइएको हो । विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले दुईकोठे भवन भत्किएको र चारकोठे अर्काे भवन जीर्ण बनेकाले पठनपाठनमा समस्या भएको गुनासो गरे । “गत असोजमा कक्षा ६ र ७ को भवनको पर्खाल भत्किएको थियो”, उनले भने, “कार्यालय र दुई कक्षाकोठा भएको अर्को भवनको पर्खाल पनि… पुरा पढौ

५ लाख ३० हजार “एबेनोमास्क” हराएको पाइएपछि जापानका स्वास्थ्यमन्त्रीले मागे माफी  

जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको प्रशासनले कोरोनाभाइरस महामारीको सुरुमा खरिद गरेको ठूलो संख्यामा प्रयोग नगरिएका "एबेनोमास्क" मध्य करिब ५ लाख ३० हजार कपडाको मास्क हराइएको स्वास्थ्य मन्त्रीले हाउस अफ काउन्सिलर बजेट समितिको बिहिबारको बैठकमा बताएका छन । स्वास्थ्य मन्त्री शिगेयुकी गोटोले ती माक्सको रेकर्ड पनि नभएको र भण्डारण पनि गरेको नपाईएको स्वीकार गर्दै माथिल्लो सदनको प्यानल बैठकमा माफी माग्दै भने "यद्यपि त्यसबेलाको परिस्थिति, आवश्यक, द्रुतता, सूचीको तथ्याङ्कमा विसंगति अत्यन्तै खेदजनक छ।" जापानको प्रमुख विपक्षी संवैधानिक लोकतान्त्रिक पार्टीका माथिल्लो सदन सदस्य… पुरा पढौ

एनआरएनए एसिया प्यासिफ़िकको सह-संयोजक(डिआरसी)का प्रत्यासी ददिवल खड्का विजयी नजिक

सामुहिक लगानी, सुरक्षित वैदेशिक रोजगार पारदर्शिता र संस्थागत विकासको आधार भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको उप-संयोजक (डिआरसी) पदका प्रत्यासी ददिवल खड्काको जीत नजिक पुगेको बताईएको छ ।अनुभवी, परिपक्क र मिजासिलो स्वभावका खड्काले जापानमा रहेर समाजका हरेक गतिविधिमा सक्रियतापूर्वक आर्थिक लगायतका सहयोग गरिरहेकोले सो कार्यलाई निरन्तरता दिनका लागि एनआरएनएको ज़िम्मेवार पदमा रहनुपर्ने भएकोलेपनि डिआरसीमा सकारात्मक माहोल बनी विजयीको संघारमा रहेको एनआरएनएका अभियन्ताहरु बताउछन ।गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका खड्काले व्यक्तिगत र संस्थागत… पुरा पढौ

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिएका छन् । उनकाअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि छुट्याइएको छ । जसका आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । त्यसैगरी वैशाख १२ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको नामको सूची प्रकाशित गर्ने आयोगले जनाएको छ । वैशाख १३ मा उम्मेदवारविरुद्ध उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन… पुरा पढौ

कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट गर्ने निर्णय (तालिकासहित) 

काठमाडौँ– कक्षा १२ को वार्षिक परीक्षा जेठ १६ गतेबाट हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।बोर्डले परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले यो वर्षदेखि कक्षा १२ को परीक्षा होम सेन्टरमा नभई तोकिएका केन्द्रहरूबाट सञ्चालन गरिने जनाएका छन् । विगत दुई वर्ष होम सेन्टरमै परीक्षा गरिएको थियो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ । कोभिड १९ को… पुरा पढौ

जापानको सीपले जन्माएको ‘बर्गर हब’

छोरी निक्कीको भविष्यका लागि नवराज सिलवाल निकै चिन्तित थिए- हुर्किंदै जाँदा जापानकै रहनसहनमा घुलेर नेपाल फर्किन नमान्ने पो हो कि ? उनलाई यो चिन्ताले सधैँजसो पिरोलिरहन्थ्यो । १० वर्षकाे जापान बसाइका क्रममा उनले त्यस्ता घटना देखेका पनि थिए ।  एक दिन नवराजले श्रीमती कल्पनालाई नेपाल फर्किने योजना सुनाए । उनले पनि त्यो निर्णय सहजै स्वीकारिन् । उनीहरू २०१९ मा नेपाल फर्किए ।  जापानमा उनले दाम मात्रै कमाउँथे । त्यो दिनको निर्णयले उनलाई दाम, नाम र त्योभन्दा धेरै सन्तुष्टि दिएको छ । अहिले उनले काठमाडाैंकाे पुतलीसडक चोकमा… पुरा पढौ