
कोभिड-१९ को संक्रमणलाई नियन्त्रण र रोकथाम गरि सामाजिक सामाजिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले जापानले १८ प्रान्तमा लगाउदै आएको अर्ध आपतकालिन उपायलाई निरन्तरता नदिने भएको छ ।
अर्ध आपतकालिन उपाय लगाइएका क्षेत्रहरूमा कोरोना संक्रमणको संख्या दैनिक घट्दै गएकाले आगामी हप्ता अर्थात् मार्च २१ सम्म क़ायम सो व्यवस्थालाई निरन्तरता नदिइले सरकारले विचार गरिरहेको सरकारी स्रोतलाई उदृत गर्दै जापानी समाचार माध्यमले जनाएका छन । ।
प्रधानमन्त्री फुमियो किशिदाको सरकारले मार्च २१ सम्म रहेकोअर्ध आपतकालिन उपायको अवधि बुधवारसम्म अन्तिम निर्णय गर्ने योजना बनाएको स्रोतले बताएको छ।
टोकियो, ओसाका र अन्य १६ प्रान्तहरूको दैनिक कोरोनाभाइरस संक्रमणको संख्या घट्ने प्रवृत्ति र अन्य आपतकाल हटाउनको लागि सरकारको तय गरेका मापदण्ड पूरा हुदै गएकोले अर्ध आपतकाललाई निरन्तरता दिइ राख्नु नपर्ने सरकारी अधिकारीहरूले बताएका छन ।
खोप लगाइएका व्यक्तिको सङ्ख्यामा भएको बृद्धि, गम्भीर रोग निम्त्याउने ओमिक्रोन भेरियन्टले निम्त्याउने कम जोखिम र अर्थतन्त्रलाई प्रवद्र्धन गर्न आर्थिक गतिविधिहरू पूर्ण रूपमा सुचारु गर्नुपर्ने आवश्यकतालाई औंल्याउँदै किशिदा सरकारले गत हप्तादेखि मापदण्डलाई थप सहज बनाउदै आएको छ ।
नयाँ मापदण्डले उच्च स्तरमा नयाँ संक्रमण बाँकी रहे पनि स्वास्थ्य सेवामा भार कम हुन लागेको खण्डमा सरकारलाई आपतकालीन अवस्था हटाउन अनुमति दिनेछ।
किशिदाले सोमबार सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीको बैठकमा १८ प्रान्तहरूमा संक्रमित व्यक्तिहरूको संख्या “उल्लेखनीय रूपमा घटेको” र सरकार “अर्थव्यवस्था र समाजलाई सकेसम्म अगाडि बढाउन चाहन्छ” भनेसंगै अर्ध आपतकालिन उपायको अन्त्य गरिन लागिएको हो ।
अर्ध-आपतकालिन उपाय जापानको ४७ प्रान्तहरू मध्ये १८ प्रान्तमा रेस्टुरेन्ट र बारहरूको व्यावसायिक अवधि कम गर्ने र नागरिकहरूलाई प्रान्तहरूबिच अनावश्यक यात्राबाट टाढा रहन अनुरोध गर्दै आएको थियो।
टोकियो र ओसाका बाहेक, होक्काइडो, कानागावा, आइची, क्योटो, कागावा र कुमामोटो १८ मुख्य प्रभावित क्षेत्रहरु रहेका छन ।