तस्विर समाचार

यून सुक–येओल दक्षिण कोरियाको राष्ट्रपति निर्वाचित 

दक्षिण कोरियाको नयाँ राष्ट्रपतिमा विपक्षी नेता यून सुक–येओल विजयी भएका छन् । कडा प्रतिस्पर्धा देखिएको चुनावमा कन्जरभेटिभ पार्टीका यूनले डेमोक्र्याटिक पार्टीका ली जाए–मिउङलाई पराजित गरेका हुन् । यूनले वर्गीय असमानताविरुद्ध लड्ने बताउँदै आएका छन् । दक्षिण कोरियाको इतिहासमा यो चुनाव निकै प्रतिस्पर्धात्मक देखिएको हो। अन्तिम परिणाम आउँदा यून र लीबीचको मतान्तर एक प्रतिशतभन्दा कम देखिएको छ । राष्ट्रपतिमा विजयी भएका यूनले आफ्नो प्राथमिकता जनताको जनजीविका र सामाजिक सुरक्षामा हुने आफ्ना समर्थकलाई सम्बोधन गर्दै बताएका छन्। बुधबार भएको मतदानमा ७७ प्रतिशतले… पुरा पढौ

एमसिसी, विकास र राष्ट्रवादको बहस 

नेपालमा हालसम्मकै सर्वाधिक महत्वपूर्ण तर विवादित विषय हुन् एमसिसी, विकास र राष्ट्रवाद । यी तीनवटै विषयले आमजनतासँग प्रत्यक्ष सरोकार राख्छन् । विवादको केन्द्रमा हुनुको मूल कारण यी विषयसँग जोडिएको राजनीति हो । विवादमा संलग्न व्यक्ति वा संस्था जन्मिएको सामाजिक धरातल, वैचारिक आस्था÷अडान, सांस्कृतिक पृष्ठभूमि तथा समकालीन नाफा–घाटाका हिसाबले विभिन्न पक्षधरता पैदा हुँदै आएका छन् । यी आन्तरिक विवादको आगोमा भूराजनीतिले गरेको घिउ थप्ने कामलाई अवश्य नजरअन्दाज गर्न सकिँदैन । दुईधारे तरबारजस्तो अत्यन्तै संवेदशील भएकाले ‘विद्वान्’हरू पनि बिरलै यी विषयमाथि बहस गर्न रुचाउँछन् । तथापि आमजनजीवनसँग जोडिने… पुरा पढौ

संखुवासभा दुर्घटनाका मृतक १४ मध्ये १० को सनाखत नामावलीसहित

संखुवासभामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १४ जना मध्ये १० जनाको सनाखत भएको छ ।  दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान साढे ७ बजे संखुवासभाको मादी नगरपालिका- ६ सातघुम्तीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियाे ।  दुर्घटनामा अहिलेसम्म १४ जनाकाे मृत्यु भइसकेको छ। तीमध्ये १० जनाको मात्र नाम र ठेगाना खुलेको छ, बाँकी २ महिला, एक पुरुष र एक बालकको भने पहिचान खुल्न बाँकी रहेको १ नम्बर प्रदेश ट्राफिक कार्यलय इटहरीले जनाएको छ। मृतकमा… पुरा पढौ

घुम्टेको काख मल्ममा परम्परागत होली मेला

खेलकूद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ स्थापित सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको बैठक सम्पन्न भएको छ । बैठकले संस्थाको ३७ औं वार्षिकोत्सव तथा परम्परागत होली पूर्णिमा मेला २०७८ फागुन ३० गतेदेखि चैत ३ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित आयोजना गर्ने निर्णय गरेको छ । होली पूर्णिमा मेलामा खुल्ला कृषि मेला प्रदर्शनी, वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको… पुरा पढौ

“खोप कार्ड”

नेपालाआ बसेर क्यार्नु, सधै यस्तै ताल भए सी , सँगइका केइ न कामका तोरी हरुले त बिदेश गै कत्ती प्रगती अरिसके । जे पर्ला पर्ला, लौ हजुर म नि अब बिदेश जाने भए । मलाई जस्सरी भए नि मिलाईदिनु पर्‍यो ।" शहर स्थित म्यानपावर कम्पनीमा पुगेर बिन्ती गर्दै सन्तरामले भन्यो । "ठिकै छ , डेढ लाख रुपैयाँ , पासपोर्ट साइजको फोटो , पि.सि.आर. टेस्टको नेगेटिभ रिपोर्ट अनि खोप कार्ड लगायतको डकुमेण्ट्सहरु लिएर आउनुस भोली दश बजे ।” कम्पनी सञ्चालकले भन्यो… पुरा पढौ

नेपाली एकता समाज जापानको अध्यक्षमा सालिकराम सापकोटा चयन 

नेपाली एकता समाज जापानको अध्यक्षमा सालिकराम सापकोटा चयन भएका छन् । मार्च ८ का दिन टोकियोमा सम्पन्न समाजको दोस्रो राष्ट्रिय सम्मेलनले समाजको अध्यक्षमा सापकोटा सहित २७ सदस्यीय कार्यसमितिको चयन गरेको हो । समाजको उपाध्यक्षमा गोपाल सापकोटा र डण्ड के सी, महासचिवमा तेजेन्द्र क्षेत्री, सचिवमा प्रदिप बि क र कोषाध्यक्षमा छन्द सापकोटा चयन भएका छन् । त्यसैगरी समाजको सदस्यहरुमा केशव सापकोटा, तेजु के सी, राजु रेग्मी, बासु शर्मा, धनराज गौतम, लक्ष्मण कार्की, बिष्णु पोखरेल,निश्चल क्षेत्री,कमल कार्की,गोपाल खत्री,उमेश निउरे, हेमलाल गौतम, नविन… पुरा पढौ

एनआरएन निर्वाचन: एसिया क्षेत्रीय समितिको उप-संयोजकमा जापानबाट ददिवल खड्काले दिए उम्मेदवारी

गैरआवासीय नेपाली संघको एसिया क्षेत्रको उप संयोजकमा जापानका ददिवल खड्काले उम्मेदवारी दिएका छन् ।गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन आगामी २४ र २५ मार्चमा हुने दसौं महाधिवेशन निर्वाचनका लागि उम्मेदवारी दर्ताको क्रम तीब्र भएसंगै एनआरएनए एसिया क्षेत्रको उपसंयोजकका लागि जापानका खड्काले उम्मेदवारी दर्ता गराएका छन् । म्याग्दी जिल्लामा जन्मिएका खड्का तीन दशकभन्दा लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका छन।उनी एनआरएनए आइसीसी सदस्य समेत रहेका छन । सफल व्यावसायी तथा बौद्धिक व्यक्तित्व खड्का एनआरएनए अभियानमा सहयोगी व्यक्तित्वको अभियानकर्ताका रूपमा समेत चिनिन्छन… पुरा पढौ

जापानका बारेमा रोचक जानकारी

१. जापानमा जनवरी १ को स्वागतका लागि मन्दिरमा १०८ पटक घण्टा बजाउने गरिन्छ ।२. जापानमा कूल पुस्तक प्रकाशनको २० प्रतिशत हसाउने कुरा भएको (कमिक) पुस्तक प्रकाशन हुने गर्दछ ।३. जापानमा घरपालुवा जनावरको संख्या कूल जापानी बच्चाको संख्या भन्दा बढि रहेको छ । ४. जापानमा बन्दुकबाट प्रत्येक वर्ष २ जनाको मात्र हत्या हुने गरेको छ ।५. जापानमा खाना साथ उठेर हिड्नु अशिष्टताको प्रतीक मानिन्छ ।६. जापानमा सबैभन्दा बढि आत्महत्या हुनु दुखद् पक्षका रुपमा लिइन्छ ।७. अधिकांश जापानीहरुले पसिना पुछ्नका लागि साथमा… पुरा पढौ

अभिवादन, अनुशासन र जापानको शिक्षा

शायद तपाईले टेलिफोनमा कुराकानी गरिराखेको जापानीहरु देख्नुभएको हुनुपर्छ । टेलिफोनमा कुराकानी भईराखेको दुई व्यक्तिबीच एकआपसमा देखादेख हुँदैनन् तर पनि शिर निहुराएर अभिवादन गर्दै कुराकानी गर्ने गर्दछन् । भनिन्छ अभिवादन वार्तालापको शुरुवाती हो । जापानीहरु कसैसँग प्रत्यक्ष भेट हुँदा नचिनेको व्यक्ति भए पनि ‘ओहायो गोजाइमास’, ‘कोन्निचिवा’ भनेर अभिवादन गर्ने गर्दछन् । त्यसो त जापानीहरु चिनजानकै साथीसँग भेट भएको अवस्थामा पनि अभिवादन गरेर ‘आज त राम्रो मौसम छ है’ भन्ने खालको कुराकानीबाट अन्य कुराकानी शुरु गर्ने गर्दछन् । अभिवादनबाट नै अन्य कुराकानी… पुरा पढौ

एनआरएनएका पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनद्वारा एनसीसी भेलाको आयोजना

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनले गैरआवासीय नेपाली संघको पछिल्लो समय भएको गंभिर संकटलाइ मध्ये नजर गर्दै राष्ट्रिय समन्वय परिषद (एनसीसी) अध्यक्षहरुको (जुममा) भेला बोलाएका छन्। मार्च ६, २०२२ आइतबार बोलाइएको उक्त भेला नेपालको समय अनुसार साँझ ५ बजे हो। संघमा आएको संकटको अवस्थामा आयोजना गरिएको यस भेलाले संघलाइ अगाडी बढाउन ठोस निकास दिने अपेक्षा समेत पूर्व अध्यक्षहरुको रहेको छ। भेलामा सबै एनसीसीहरुलाइ आमन्त्रण गरिएको छ। पूर्व अध्यक्षहरुको आब्हान पत्र जस्ताको तस्तै गैरआवासीय नेपाली… पुरा पढौ