एनआरएन निर्वाचन: एसिया क्षेत्रीय समितिको उप-संयोजकमा जापानबाट ददिवल खड्काले दिए उम्मेदवारी

-


     जनहित न्युज    
     फागुन २५ गते २०७८


गैरआवासीय नेपाली संघको एसिया क्षेत्रको उप संयोजकमा जापानका ददिवल खड्काले उम्मेदवारी दिएका छन् ।
गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन आगामी २४ र २५ मार्चमा हुने दसौं महाधिवेशन निर्वाचनका लागि उम्मेदवारी दर्ताको क्रम तीब्र भएसंगै एनआरएनए एसिया क्षेत्रको उपसंयोजकका लागि जापानका खड्काले उम्मेदवारी दर्ता गराएका छन् । म्याग्दी जिल्लामा जन्मिएका खड्का तीन दशकभन्दा लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका छन।
उनी एनआरएनए आइसीसी सदस्य समेत रहेका छन । सफल व्यावसायी तथा बौद्धिक व्यक्तित्व खड्का एनआरएनए अभियानमा सहयोगी व्यक्तित्वको अभियानकर्ताका रूपमा समेत चिनिन्छन ।

उप संयोजकका प्रत्यासी ददिवल खड्का जिताऔ टिमद्वारा जारी गरिएको खड्काको संक्षिप्त चिनारी

प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाको मनोरम गाउ शिख घारमा सन् १९६६ को हिउँदमा जन्मिनु भएका ददिवल खड्का हाल सफल व्यवसायीको रुपमा जापानमा कार्यरत हुनुहुन्छ । खड्काको बाल्यकाल गाउँकै सुन्दर भिरपाखा, खेतबारीमा लडिबुडि गर्दै बित्यो । माध्यमिक तह सम्मको शिक्षा गाउँकै विद्यालयमा पूरा गर्नुभएका ददिवलले उच्च शिक्षा भने पोखराको पृथ्वी नारायण क्याम्पसबाट स्नातक तह सम्मकाे पढाई पूरा गर्नु भएको छ ।
सन् १९८९ मा विद्यार्थी भिसामा जापान आउनु भएको थियो । जापानमा उहाँले जापानी भाषा स्कुल पूरा गरे पश्चात भोकेसनल स्कुल (सेनमाेन गाक्काे)सम्मको शिक्षा आर्जन गर्नुभएको छ । विद्यार्थी भिसामा जापान आउनु अगाडी पनि उहाँ सन् १९८१ देखि नै पटक पटक जापान आउने जाने गरिरहनुभएको थियो । तर जापानको उहाँको स्थायी बसाई भने सन् १९८९ पछि नै शुरु भएको हो । ईमान्दार र मेहनती चरित्रका धनी ददिवल खड्काले जापानको प्रिन्स होटलमा १० वर्ष तथा फुडगेट कम्पनीमा ८ वर्ष कार्य अनुभव बटुलेर सन् २००८ देखि साेबा रेष्टुरेन्ट व्यवसायबाट आफ्नो सफल व्यवसायिक यात्रा शुरु गर्नुभएको हो ।
सफल व्यवसायी ददिवल हाल रेष्टुरेन्ट र रियल स्टेट व्यवसायमा संलग्न हुनुहुन्छ । सानै उमेरदेखी मेहनती र दयालु स्वभावका ददिवल हाल नेपालका विकास निमार्ण, प्राकृतिक प्रकोपमा परेकाहरुलाई उद्धार तथा पुर्नस्थापना जस्ता सामाजिक कार्यहरुमा प्रत्यक्ष सहभागी हुँदै आउनुभएको छ । जापानको सफल ब्यवसायी खड्काले एनआरएनए भित्रको अपारदर्शी र आर्थिक अनियमिततालाई न्यूनिकरण गर्न सक्ने योजनासहित गैर आवासीय नेपाली संघ केन्द्रिय कार्यसमितिको २०२१-२०२३ कार्यकालका लागि एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय उप-संयोजक पदमा उम्मेदवारी दिनुभएको छ । जापानमा करिब तीन दशक लामो बसाई गरी सामाजिक कार्यमा आफुलाई परिचित बनाईसक्नु भएका खड्काले यसअघि एनआरएनए जापानको अध्यक्षमा दाबी गर्नु भई सहमतिको लागि उम्मेदवार फिर्ता गर्नु भएको थियो ।
NRNA ICC Member, MONA IEC का वरिष्ठ उपाध्यक्ष तथा NBA जापानका वरिष्ठ उपाध्यक्ष रहनुभएका ददिवल खड्काले सामूहिक लगानी, सुरक्षित वैदेशिक रोजगार पारदर्शिता र संस्थागत विकासको आधार भन्ने मूल नारा सहित आसन्न एनआरएनए ग्लोबल सम्मेलनको चुनाबमा सहयोग गर्नको लागी सबैमा अनुरोध गर्नु भएकोछ ।
एनआरएनएमा जालझेल, छलकपट गर्नेलाई होइन, अब उहाँ जस्तो ईमानदार, निष्ठावाण, अग्रज, सहयोगी मनका खानी, सफल व्यवसायी, संस्थालाई समय दिन सक्ने व्यत्तिलाई मत नदिएर कसलाई दिने? अब सोच्न‌ै पर्ने बेला आयो कि?

एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय उप-संयोजक पदमा उम्मेदवारी दिनुभएका श्री ददिवल खड्काका प्रतिवद्वताहरु:
१. नेपालबाट वैदेशिक रोजगारको लागी विदेश जाने युवाहरुको सरल र विना लगानी जाने वातावरण निमार्णको लागी पहल ।
२. विदेशमा काम गर्ने नेपाली कामदार दाजुभाई तथा दिदिबहिनीहरुको पारिश्रमिक, सुरक्षा तथा इन्सुरेन्सको सुनिश्चितताका लागी पहल ।
३. वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवाहरुको लागी नेपालमै स्वावलम्बि बन्नको लागी आवश्यक आर्थिक लगानी तथा तालिमको व्यवस्था गर्नको सम्बन्धित सरोकारवालाहरु संग समन्वय गरी सुनिश्चितताको ग्यारेन्टी ।
४. गैर आवासीय नेपाली लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्नको लागी सहज वातावरण बनाउन पहल ।
५. गैरआवासीय नेपाली संघ (एनआरएनए)मा आर्थिक पारदर्शिताको लागी विषेश पहल।
६. गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाबलाइ निष्पक्ष तथा धाँदली रहित बनाउनको लागी Face Detection र Biometric (Finger Print) डिभाईसहरु जस्ता प्रविधीको प्रयोगको लागी पहल ।
७. एसियाका NRNA NCC बिचमा निरन्तर छलफल, संवाद तथा चुष्ट दुरुस्ट सम्बन्धका लागी पहल ।
८. गैरआवासीय नेपाली संघ (एनआरएनए) मा सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाई तथा दिदिबहिनीहरुकाे लागी आवद्ध बनाउन आवश्यक कार्यक्रमहरु तयार गर्नको लागी पहल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?