
नेपालाआ बसेर क्यार्नु, सधै यस्तै ताल भए सी , सँगइका केइ न कामका तोरी हरुले त बिदेश गै कत्ती प्रगती अरिसके । जे पर्ला पर्ला, लौ हजुर म नि अब बिदेश जाने भए । मलाई जस्सरी भए नि मिलाईदिनु पर्यो ।” शहर स्थित म्यानपावर कम्पनीमा पुगेर बिन्ती गर्दै सन्तरामले भन्यो ।
“ठिकै छ , डेढ लाख रुपैयाँ , पासपोर्ट साइजको फोटो , पि.सि.आर. टेस्टको नेगेटिभ रिपोर्ट अनि खोप कार्ड लगायतको डकुमेण्ट्सहरु लिएर आउनुस भोली दश बजे ।” कम्पनी सञ्चालकले भन्यो । “हस सर्, जसरि भए पनि झट्टै मिलाईदिनुस है” भनेर उ बिदा भयो । शहर मै भएको फुपुको घर पुगेर अब पैसाको जोहोको लागी उता गाउमा बा लाई कल गर्यो । उत बाट “ओके” खबर सुने पछी कागजात तयारी गर्न पट्टी लाज्ञो । अरू सबै त छ । तर खोप कार्ड छैन ।
सबै कागजात तयार भए पनि उसले खोप कार्ड जोहो गर्न नसके पछी मेनपावर वालालाई फोन लगायो । “सर सबै कागजात र पैसाको जोहो गरियो तर खोप कार्ड चाही बनाउन सकिएन।गाउमा कोरोनाको खोप लगाउने शिबिरै आउँदा पनी “त्यस्तो हावा कोरोना-सोरोना बित्थामा केहि होईन । यो सब अमृका र चाइनाको डिजाइन हो । सब जनतालाई बेबकुफ बनाउने मेलो मात्र हो । त्यस्तो नाथे खोप ऊ जस्तो सन्सार बुझेको मान्छे थोडी लाउछ “ भनेर वास्ता नै गरेको थिएन सन्तरामले । उसको मनमा जड्खडिएर रहेको खोपको बारेमा रहीरहेको गलत धारणा अनि “खोपले त नम्पसुक बनाउछ रे” भन्ने गलत धारणाले गर्दा उसले खोप बहिस्कार गर्ने निर्णय लिएको थियो । क्यार्ने होला ? ओहो ! बर्बाद भो । सोचमग्न हुँदै चिन्तित भएर फ्लास ब्याकमा गयो ।
म्यानपावर वाला पनि केहि सत्य नै रहेछ । उसले शहरको धेरै अस्पतालहरुमा अहिले पनि खोप अभियान सन्चालन भईरहेको हुँदा त्यहाँ गएर खोप लगाएर कार्ड बनाउन सुझायो तर उसले त्यो उपायलाई एक कानले सुनेर अर्कोले उडाइदियो । बरु डुप्लिकेट कार्ड नै भए पनि बनाउन पाए हुन्थ्यो भन्ने चक्करमा सारा चिनेजानेको लाई फोन घुमाउन थाल्यो । त्यस्तै पहुच वाला हरुकोमा धाउन पट्टी लाज्ञो ।
२ दिन जती त्यसै काममा खटेर लाग्दा पनि सम्भव नभए पछी उसले पुन म्यानपावर वाला लाई नै गुहार्न पुज्ञो र भन्यो । खोप लगाएकै छैन । कार्ड नभए जानै मिल्दैन ? केही उपाय गरेर भए पनि पठाउनु पर्यो ।”
“हजुर ! कार्ड नभएर त मिल्दैन । उपाय त छ, तर …..।
“तर के ? भन्नु न । मैले के गर्नु पर्यो ? म जे गर्न पनि तयार छु।”
कार्ड बनाएको १५ हजार अनि पि. सि. आर. को नक्कली रिपोर्ट बनाइदिएको २० हजार गरी जम्मा ३५ हजार मात्र अगाडी काउण्टरमा जम्मा गरिदिनुस अनि घर जादा हुन्छ ढुक्क भएर । अब एकै चोटी अर्को हप्ता उड्ने १ दिन अगाडी आउँदा हुन्छ भनेर सुझायो ।
“हस सर, बरु ३५ को सट्टा ४० हजार नै लिनुस तर काम चाही चाडै मिलाईदिनु पर्यो ।” भन्दै सन्तराम अत्यन्तै हर्सित हुँदै गाउ फर्कियो र साहुजीले भने बमोजिम अर्को साता घरबाट बिदाबारी भएर काठमाण्डौ आयो ।
निर्धारित मिती र समय मै बिदेश उड्यो । मनमा अनगिन्ती सपना, रहर अनि चाहना बोकेर ऊ बिमानस्थल मा ओर्लने बित्तिकै इमिग्रेशनका कर्मचारीहरुले कोरोना परिक्षण गर्नको लागी स्वाब सङ्कलन गर्न निर्देशन दिए । केहि बेरमा परिक्षणको रेपोर्ट निस्कियो – कोरोना-पोजिटिभ !
उसको खोप कार्ड र नेपालमा गरेको पि सि आर टेस्ट गरेको क्यु . आर. कोड स्क्यान गरेर पुन चेक गर्दा त्यहाँ पनि बदमासी गरेको पत्ता लाज्ञो र फ्लाईटको सबै नेपाली यात्रुलाई अरु देशकोलाई भन्दा फरक ब्यबहार गर्न थालियो । अन्य देशका नागरिक हरुलाई भन्दा बढी नै इन्क्वाइरी, चेक जाच्, निगरानी गर्न थालियो । सबैलाई नै ३ दिन मात्र बस्न पर्ने होटल क्वारेण्टाइनको अवधी दोब्बर बनाइ दियो ।
खोप नलगाएकोमा ऊ अहिले पश्चाताप गर्दैछ । तर उसको पस्चातापले अब “खै के गरे पछी दैलो देख्या” जस्तो भो । ज्यादा जान्ने हुँदा उसले त दुख पायो पायो । सारा मानिसहरु जो सो उडान मार्फत आएका थिए , उनिहरु सबैले दुख झेल्नु पर्यो ।
सो देशमा रहेका नेपालका कुटनिती क्षेत्रमा काम गर्ने सबैले लज्जास्पद ब्यबहार सहनु पर्यो । देश कै बेइज्जत भयो ।



