अभिवादन, अनुशासन र जापानको शिक्षा

-


     –ऋतुकुमार दुरा    
     फागुन २१ गते २०७८


शायद तपाईले टेलिफोनमा कुराकानी गरिराखेको जापानीहरु देख्नुभएको हुनुपर्छ । टेलिफोनमा कुराकानी भईराखेको दुई व्यक्तिबीच एकआपसमा देखादेख हुँदैनन् तर पनि शिर निहुराएर अभिवादन गर्दै कुराकानी गर्ने गर्दछन् । भनिन्छ अभिवादन वार्तालापको शुरुवाती हो । जापानीहरु कसैसँग प्रत्यक्ष भेट हुँदा नचिनेको व्यक्ति भए पनि ‘ओहायो गोजाइमास’, ‘कोन्निचिवा’ भनेर अभिवादन गर्ने गर्दछन् । त्यसो त जापानीहरु चिनजानकै साथीसँग भेट भएको अवस्थामा पनि अभिवादन गरेर ‘आज त राम्रो मौसम छ है’ भन्ने खालको कुराकानीबाट अन्य कुराकानी शुरु गर्ने गर्दछन् । अभिवादनबाट नै अन्य कुराकानी गर्ने वातावरणको सिर्जना हुन्छ । जापानीहरु विदेशी नागरिकहरुसँग अलि सजग र सचेत हुन्छन् नै तर नचिनेकै व्यक्ति भए पनि तपाईले कोही जापानी नागरिक भेट भएको खण्डमा अभिवादन गर्नुभयो भने त्यसले केही निकटताको सिर्जना गर्दछ

ठूलो पदमा रहेको व्यक्तिले धेरै तलव र सुविधा पाउने अनि त्यही अनुसार साधारण कर्मचारीले भन्दा बढी नै काम गर्नुपर्छ भन्ने धारणा सबैमा हुन्छ । टाई, सुट, कोट पहिरिएको हाकिमले अफिस सफा गरेको हामीले देखेकै छौं । जस्तोसुकै होस् कामलाई बढि महत्व दिने जापानको समाजबाट हरेक बिदेशीले सिक्नुपर्ने कुराहरु धेरै छन् ।

अभिवादन, क्षमा, गल्ती स्वीकार लगायतका कुराहरु भावभंगी र शारीरिक हाउभाउबाट व्यक्त गर्ने जापानमा हामीहरु गल्ती गरेको खण्डमा सजिलै क्षमा माग्न खोज्दैनौं पनि । कतिपय अवस्थामा काम विगारेर पनि हाँसेर क्षमा माग्ने गरेको पनि पाईन्छ । तर जापानीहरुको क्षमा मागमा हाँस्य रस अलिकति पनि समावेश हुनुहुँदैन । आफूले केही गल्ती गरेको खण्डमा मनभित्रैदेखि अति नै गल्तीको महसुस गरे पनि अनुहारको भावभंगीमा केही हाँस्य रस मिसाउने बानी हामीहरुको हुन्छ तर त्यो जापानीहरुको लागि एकदमै नराम्रो हो । आफूूभन्दा सिनियर व्यक्तिसँग अहिले पनि नम्र भएर कुराकानी गर्नु, आफूभन्दा ठूलाबडाको सँधै उत्तिकै सम्मान गर्नु अनुशासनको पहिलो पाईला हो । त्यसो त सिनियरहरु पनि आफूभन्दा साना र कार्यालयप्रति उत्तिकै बफादार रहेर काम गर्ने गर्दछन् । म ठूलो हुँ मैले काम गर्नुपर्दैन भन्ने खालको भावना हुँदैन । जति ठूलो पदमा पुग्छन उत्तिकै बढी काम पनि गर्ने गर्दछन् । ठूलो पदमा रहेको व्यक्तिले धेरै तलव र सुविधा पाउने अनि त्यही अनुसार साधारण कर्मचारीले भन्दा बढी नै काम गर्नुपर्छ भन्ने धारणा सबैमा हुन्छ । टाई, सुट, कोट पहिरिएको हाकिमले अफिस सफा गरेको हामीले देखेकै छौं । जस्तोसुकै होस् कामलाई बढि महत्व दिने जापानको समाजबाट हरेक बिदेशीले सिक्नुपर्ने कुराहरु धेरै छन् ।

बिहान उठ्नासाथ बच्चाहरुलाई आमाबाबुले ‘ओहायो’ भनेर अभिवादन गर्दछन् । त्यसैगरी आफ्नै साना छोराछोरीलाई भएपनि केही कष्टहुने काम गरेको खण्डमा ‘गोमेन ने’ भनेर क्षमा माग्ने गर्दछन् । बिहान उठेदेखि हरेक कुरामा व्यवहारिक ज्ञानहरु व्यवहारिक रुपमै सिकाउने गर्दछन् ।

परिवार पहिलो पाठशाला हो सोही अनुरुप हरेक ठाउँमा अभिवादन के कसरी गर्ने भन्ने कुराको ज्ञान साना साना नानीहरुले परिवारबाट नै सिक्ने गर्दछन् । सिकाउने मात्र नभई आमाबाबुले प्रत्यक्ष व्यवहारिक रुपमै सिकाउँछन् । परिवारको हरेक कुरा साना नानीहरुलाई पनि जानकारी दिने गरिन्छ । कहिलेकाहीं साना नानीहरुसँग पनि आमाबाबाहरु विभिन्न पारिवारिक कुराकानी गर्दै हिडेको हामीले देख्ने गरेका छौं । हामीलाई लाग्छ, यी साना नानीलाई घरव्यवहारका यस्ता कुराहरु भनेर के अर्थ होला ? हामी नेपालमा सानाले ठूलाका कुरामा चासो दियो भने केटाकेटीलाई किन चाहियो भनेर गाली गर्ने गर्दछौं तर त्यसो होइन । जापानी समाजमा घर परिवार र घरव्यवहारको हरेक कुरा उनीहरुलाई पनि थाहा दिंदै जानुपर्दछ र उत्तिकै उत्तरदायी बनाउँदै लैजानुपर्दछ भन्ने धारणा राखेका हुन्छन् । बिहान उठ्नासाथ बच्चाहरुलाई आमाबाबुले ‘ओहायो’ भनेर अभिवादन गर्दछन् । त्यसैगरी आफ्नै साना छोराछोरीलाई भएपनि केही कष्टहुने काम गरेको खण्डमा ‘गोमेन ने’ भनेर क्षमा माग्ने गर्दछन् । बिहान उठेदेखि हरेक कुरामा व्यवहारिक ज्ञानहरु व्यवहारिक रुपमै सिकाउने गर्दछन् ।

त्यसैगरी स्कुलमा पनि अभिवादनबाट नै शुरु हुन्छ हरेक दिनको दिनचर्या । आफ्नो सामानको संभार गर्ने, झोला बोक्ने अनि आफू बस्ने कक्षा कोठा लगायत सबै सफा गर्न उनीहरुले नै पर्दछ । त्यसैले साना साना नानीहरुलाई केही दुःख त अवश्य हुन्छ नै तर त्यो भन्दा बढी कुरा उनीहरुले स्वावलम्वी हुन सिक्छन् । हाम्रो नेपालमा साना वालवच्चाहरुलाई स्कुल पुराउन–लिन जाँदा सकेसम्म बच्चालाई नै बोकेर नभए झोलासम्म आमावावाले बोकेर लाने लैजाने गरेको पाईन्छ तर जापानमा साना नानीले आफ्नो झोला, टिफिन, रुमाल, अन्य शैक्षिक सामग्रीहरु, छाता, पानीखाने तुम्लेट सबै आफैले बोक्नुपर्ने हुन्छ । अभिभावकले नबोकिदिने माया नभएर होइन, स्वाबलम्भी बन्न सिकाईएको हो । कक्षा कोठामा पनि खाना बाँड्ने पालो लगाउने, खाना खाएपछिको सरसफाई समूह समूह मिलेर गर्न लगाइन्छ । त्यो भनेको सरसफाई गर्ने बानीको विकास एकातिर छ भने अर्कोतिर सामुहिक रुपमा काम गर्ने वानीको विकास पनि हो । जापानको कतिपय व्यवहारिक शिक्षा विदेशीहरुका लागि अति नै आकर्षक हुन जान्छ । धान रोप्ने समयमा जापानमा वालवालिकाहरुलाई स्कुलमा नै धान रोप्न लगाउँछन् ।

जाडो तथा गर्मी बिदामा स्कुलमा पालिएका कछुवा, माछा लगायतलाई दाना दिने, धानमा पानी हाल्ने कामहरु विद्यार्थीहरुले नै बाँडेर गर्ने गर्दछन् । स्कुल विदा भए पनि आफ्नो पालो परेको दिन स्कुल गएर तोकिएको काम गर्नैपर्ने हुन्छ । धान रोपेर पाकेपछि त्यही धान टिपेर सुकाउने, कुटेर चामल बनाउने काम पनि विद्यार्थीहरुले नै गर्ने गर्दछन् । उक्त चामलको भात पकाउने, हरेकबाट १०, १० येन उठाएर बजारबाट मुला, गाजर लगायतका तरकारी किनेर तरकारी पकाउने अनि सामुहिक रुपमा खाने गरिन्छ । जुन कार्यले विद्यार्थीहरुलाई धान रोप्नेदेखि खानेसम्मको पुरा चक्र बारे ब्यवहारिकरुपमै अभ्यस्त बनाईन्छ । त्यसैगरी पौडी खेल्न हरेक स्कुलमा सिकाईन्छ । सिकाइकै क्रममा एकदिन हरेक विद्यार्थीले पौडी खेल्ने पोशाक नभई साधारण लुगा लगाएरै पौडी पोखरीमा हामफालेर उत्रनुपर्ने हुन्छ । त्यो भनेको सुनामी, बाढी लगायतका प्राकृतिक प्रकोप परेको खण्डमा कसरी सुरक्षित रहने भन्ने कुरा सिक्नको लागि त्यसो गरिएको हो । बाढी, सुनामी भनेको तयारी अवस्थामा आउँदैनन् । बाढी आउने थाहा पाएर स्वीमिङ कस्टम लगाएर बस्ने भन्ने पनि हुँदैन । आकस्मिक रुपमा आएको त्यस्ता बाढी तथा सुनामीबाट बच्नका लागि के–कसो गर्ने भनेर अनुभव गर्नका लागि यसो गर्न आवश्यक रहेको एक जापानी शिक्षिकाले बताइन् ।

जापानमा २० वर्ष नपुगेसम्म न त अभिभावकले चुरोट रक्सी किन्न जान नै अह्राउँछन् न त पसलेले उनीहरु किन्न गएको खण्डमा बिक्री नै । बियर तथा चुरोट किन्न पाईने भेण्डीङ मेसिनमा समेत उमेर पुगेको व्यक्ति हो–होइन भनेर थाहा पाउने प्रविधि जडान गरिएको हुन्छ ।

त्यसैगरी खाने कुरा र पैसाको महत्व के हो ? भन्ने कुरा प्रायगरी प्राथमिक विद्यालयमा नै राम्ररी सिकाइने गरिन्छ । कुनै चिजको आवश्यक परेमा अभिभावकले पैसा दिनुको सट्टा सामान खरिद गरेर दिन्छन्, बालकले पैसा नचाहिंदो कुरामा खर्च नगरोस् भनेर त्यसो गरिएको हो । नेपालको ग्रामीण परिवेशमा साना नानीहरुलाई चुरोट, कंकड सल्काउन लगाउने गरेकोले त्यसैबाट धुम्रपान गर्ने बानी परेको पाईन्छ तर जापानमा २० वर्ष नपुगेसम्म न त अभिभावकले चुरोट रक्सी किन्न जान नै अह्राउँछन् न त पसलेले उनीहरु किन्न गएको खण्डमा बिक्री नै । बियर तथा चुरोट किन्न पाईने भेण्डीङ मेसिनमा समेत उमेर पुगेको व्यक्ति हो–होइन भनेर थाहा पाउने प्रविधि जडान गरिएको हुन्छ ।
यी माथिका उदाहरणहरु बाहेक पनि जापानको शिक्षा पद्दतिबाट, जापान बसाई र भोगाईबाट सिक्नुपर्ने धेरै कुराहरु छन् । सबै कुराहरु एकैचोटी सिक्ने र जान्ने भन्ने कुरा नभई हरेक कुरामा बानी पर्दै लैजानुपर्ने आवश्यकता रहन्छ । सुगा रटाइ प्रवृत्तिमा सिक्ने र सिकाइने कतिपय शिक्षाहरु केवल परीक्षा पास गर्नका लागि मात्रै जोड दिइएको हुन्छ । यस्ता शिक्षा जसले वास्तविक जीवनमा नै धेरै महत्वपूर्ण भूमिका खेलेको हुन्छ तसर्थ भन्न सकिन्छ शिक्षा र सिकाई भनेको बानीहरुको निर्माण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?