
१. जापानमा जनवरी १ को स्वागतका लागि मन्दिरमा १०८ पटक घण्टा बजाउने गरिन्छ ।
२. जापानमा कूल पुस्तक प्रकाशनको २० प्रतिशत हसाउने कुरा भएको (कमिक) पुस्तक प्रकाशन हुने गर्दछ ।
३. जापानमा घरपालुवा जनावरको संख्या कूल जापानी बच्चाको संख्या भन्दा बढि रहेको छ । ४. जापानमा बन्दुकबाट प्रत्येक वर्ष २ जनाको मात्र हत्या हुने गरेको छ ।
५. जापानमा खाना साथ उठेर हिड्नु अशिष्टताको प्रतीक मानिन्छ ।
६. जापानमा सबैभन्दा बढि आत्महत्या हुनु दुखद् पक्षका रुपमा लिइन्छ ।
७. अधिकांश जापानीहरुले पसिना पुछ्नका लागि साथमा टावेल लिएर हिड्ने गर्दछन् ।
८. कभर च्यातिएको उपहार दिनु असभ्यताको रुपमा लिने गरिन्छ ।
९. जापानमा एकदम कम आप्रवासी रहेका छन्, जहाँ कूल जनसंख्याको ९८ प्रतिशत जापानी नागरिक रहेका छन् ।
१०. जापानमा ६८०० द्वीपहरु काला रहेका छन् ।
११. जापानमा कक्षाकोठा शिक्षक र विद्यार्थी सँगसँगै मिलेर सफाई गर्ने गरिन्छ ।



