प्रकाश सपुतको ‘पिर’ र यसले बिर्सिएको पाटो

-


     सज्जनकुमार सिंह    
     चैत्र ३ गते २०७८


प्रकाश सपुतको ‘पिर’ गितमा कोठा भित्रको देहव्यापारको बारेमा देखिने दृश्यमा रक्तिममा नचरी गर्ने बागलुङ बरेङकी केशकुमारी केशरी बैनि रहिछन् । उनले ( बिबिसी )र रवि लामिछानेलाई समेत आफू माओवादीको कलाकार रहेको झुट बोली उल्लु बनाइन् ।
गीत,चलचित्र र रचना केहि काल्पनिक र यथार्थ नजिक पनि हुन्छन् ।सिर्जना सबै सत्य कुरामा आधारित हुनै पर्छ भन्ने मान्यता पनि स्थापित छैन । सिर्जना कुनै घटना,परिस्थिति र अवस्था देखाउने एक संकेत हो ,एउटा अभिव्यक्ति हो । पिरमा देखिएकी कमरेडले माओवादीको कलाकारका रुपका झुट स्वरुप नदेखाउनु पर्थ्यो । यस्ता धेरै पात्रका कारण पनि माओवादीलाई बदनाम गराउन योजनावद्द बनाउने कुरामा टेवा पुग्दै गएको छ र उसले स्थापित गरेका मुद्दाहरु ओझेलमा पारिएको परेका छन् ।
सत्तामा पुगेपछि केही नेताहरु जनयुद्दको मर्म भुलेको कुरा स्वीकार्न सक्नुपर्छ । अवसर टाठाबाठाले पाए । नत्र माअेावादी भन्दा डराउनेहरु र नाम मात्र सुन्दा सातो पुत्लो उड्नेहरु कसरी उहि पुरानै शैलीमा हैकम जमाउन सफल भए ? त्यो माअेावादि नेतृत्वको असफलता हो नै ।सत्ता पक्ष सिर्जना ,सर्जकलाई आफ़्नो पक्षमा वकालत गरिदिए हुन्थ्यो भन्ने इच्छा राख्छन् नै ।पशुपति शर्माको गीत हटाउन १२ हात उफ्रिने हटाउनेहरु अहिले शुभलाभको खुसी मनाइरहेको देख्दा उदेक लागेर आउछ ।
“गणतन्त्र विरोधी,राज्यमा आफू बाहेक अन्य जात,समुदायको उपस्थिती देख्न नरुचाउने ,तिनै पुरातनवादी, नश्लिय सोच भएकाहरुको हरेक ठाउँमा नेतृत्व र उनीहरू कै हैकम चल्ने वातावरण फेरि बन्नु नै पिर मार्फत कलमको तिर हान्ने वातावरण बनेको हो। “
बरु सबै नेता,कार्यकर्ता जनयुद्दका मर्म र बाँकी कार्यभार पुरा गर्न ,आफुलाई पुन बदल्नतिर लागौ । गीत र सिर्जना माथि बन्देज लगाउने होईन । बरु समस्या देखाइदिएको सर्जकलाई बधाई र सम्मान गरौ ।
अझै नसच्चिने हो भने ठूलो त्याग, बलिदान गरेको गोली खाएकाहरुलाई नै खलपात्र बनाएर जाली फटाह,ठगहरु नायक बन्ने स्थिति बन्छ । बनेका छन् ।यस्तै थिममा धेरै सिर्जना,साहित्य,पर्चा,चिर्केटा अनवरत आइरहन्छन् ।
(अब कुरा गीतको) : हरेक व्यक्तिको विचार पक्षधरता हुन्छ । पक्षधरता लिने कुरामा हरेक व्यक्ति स्वतन्त्र हुन्छ । कुनै घटनाका सकरात्मक पक्षलाई स्थापित गर्ने कि त्यसका उपलब्धिलाई छायाँमा पार्ने कुरा उसको विचार, बृहत् दृष्टिकोण र पक्षधरताले निर्धारण गर्छ ? जस्तो कि : आधा गिलास पानीलाई कोहि आधा खाली देख्छन्, कोहि आधा भरि ।
प्रकाश सपुतको सिर्जनशिल आँखाले जनयुद्धलाई आधा गिलास खाली देख्यो(पक्षधरता) यसर्थ यो सिर्जना असफल,निराश र आक्रोसतिर बढि केन्द्रित रह्ये नकि यसको उपलब्धि तिर भन्दा ।
सिर्जना कुनै राजनैतिक प्रभावबाट प्रेरित छैन भन्ने उनको स्पष्टोक्ति आइसक्यो । अन्य सिर्जना जस्तै उहीँ प्रकृयामा यसलाई बजारमा ल्याए तर यसले अन्य दललाई आफू ठिक माओवादी बेठिक भनेर प्रचार गर्ने कुनै न कुनै चर भेटाए झै भयो । निर्वाचनको मुखमा अफवाह फैलाउन सजिलो भयो ।
त्यहि समर्थन र विरोधको बिचमा माअेावादी पार्टी,जनयुद्द गलत थियो भन्ने अर्थमा जबरजस्त प्रचार भैरहेको प्रति सच्चा नेता,कार्यकर्ता चिन्तित हुनु अन्यथा होइन । हिजो विश्वयुद्दमा श्रीमान लडाईमा पठाएर वर्षौ नफर्किदा पनि हाम्रा हजुर आमाहरु,चेलीहरुले उनीहरूकै कै बाटो हेरेर जीवन फाले । त्यो गौरवपूर्ण इतिहास नेपाली महिलाको इतिहास हो । उनीहरूमा चरम अभावमा भए ,गरिब भए तर आफ़्नो इज्जत डगमगाउन दिएनन् । वर्गसंघर्ष र मुक्तिको लडाइँमा हिडेका योद्धाहरुको आत्मसम्मानमा ठेस पुग्ने गरी नारी जति केही गर्न सक्दैनन्,अन्तत: देह ब्यापार गर्न विवश हुन्छ्न् भन्ने कुरा सत्य नै भएको भएपनि आँखैले देखेकाे भएपनि संलग्न नगरेकाे भए सबैको मन जित्थ्यो । त्यो सिन देखाउनै पर्नेमा चाहिँ हामी पुरुषहरुको परम्परावादी र विभेदित चिन्तनको उपज हो ।

सिर्जनामा मसला थप्न १६ मिनेटको गीति कथामा चट्ट एउटा सिन हाल्दिदा गज्जबै हुने कुरा सर्जक / निर्देशकले सोच्नु गलत त थिएन् किनकि बिक्ने पनि बनाउनु पर्छ । तर यसले कहि कतै महिला छापामारको आस्थामाथी बुट बजारिदियो कि ? यहि नेर आएर केही विरोध र समर्थनका बिचमा प्रकाशलाई विवादित बनायो कि। यसो हुनुमा सर्जकलाइ त्यो विषय सामान्य लाग्नु र तर नेपाली समाजले अझै यस्तो विषयवस्तु लाई सहज रूपमा लिन सक्दैन र सक्ने बनाइनु पनि हुदैन जस्तो लाग्यो ।

उचाई : प्रकाश सपुतका सिर्जनालाई हरेक नेतादेखि सामान्य नागरिकले पनि यति धेरै महत्वले हेर्ने ,एउटा विचार बनाउने,समाज मै हलचल ल्याउने भएको छ। यो निकै सकरात्मक छ ।यसले सिर्जनाको उचाई बढेको छ । सम्बन्धित पक्षका आँखाका पर्दा खुलेका छन् । अझै बढि जिम्मेवार बनेर समाजका धेरै बिषयवस्तुको गहिराइमा पुन्नुपर्ने अभिभारा थपिएको रुपमा बुझ्नपर्छ । सधै असफल र विरह मात्र नपोखी जागारण र आशा लाग्ने सिर्जना पनि समाजले अपेक्षा गरेको हुन्छ । गीतमा सबै कुरा समेट्न सकिदैन तर अपुष्ट कुरा हटाउन चाहिँ सकिन्छ है ।
अन्त्यमा : मलाई त “एउटा फेरिएको नेता र संघर्ष गर्दा गर्दै सफलतातिर उक्लिएकाे कलाकार पनि दुवै उस्तै उस्तै लाग्छ । किनकि व्यस्तता बढ्छ ,आर्थिक हैसियत बढ्छ अनि नेताले कार्यकर्ता,जनयुद्दका सिपाई विर्सन्छ । कलाकारले पनि आफ्नाे धरातल र आफन्तहरु विर्सन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?