तस्विर समाचार

स्थानीय निर्वाचनमा विदेश बसेका नेपालीले बन्न पाउछन त उम्मेदवार ?

स्थानीय निर्वाचनको परिणामले आफ्नो गाउँ ठाँउको विकासमा प्रत्यक्ष सरोकार राख्ने हुँदा यति बेला जापान मात्र होईन, विश्वभर बसेका नेपालीहरुको चासो स्थानीय निर्वाचनमा छ। कोही नेपाल गएर निर्वाचनमा उम्मेदवार रहेको अवस्थामा विदेश बसेका नेपालीहरुले चुनावमा उम्मेदवार बन्न पाउँछन त भन्ने प्रश्न समेत उठेको छ। सो विषयमा जापानमा रहेका अन्तराष्ट्रिय अधिवक्ता एवं जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष डा बलराम श्रेष्ठसंग प्रतिक्रिया लिदाँ नेपालको संविधान को धारा २९१ मा यसबारेमा व्याख्या गरेको बताउँछन । नेपालको संविधान २०७२ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए… पुरा पढौ

मौन अवधि आज राति १२ बजेबाट सुरु हुने, यस्ता छन् पालना गर्नुपर्ने आचरणहरू 

स्थानीय तह निर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेदेखि लागू हुँदै छ। यो अवधिमा चुनावको प्रचार गर्न निषेध गरिएकोे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। मौन अवधिमा कुनै प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न रोक लगाइएको छ’, प्रवक्ता पौडेलले भने, ‘मौन अवधिअघि नै मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसार सामग्री हटाइन्छ।’ कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न नपाइने आचारसंहितामा उल्लेख छ। सामाजिक सञ्जाल, अनलाइन, छापालगायत माध्यमबाट दल र उम्मेदवारको पक्ष तथा… पुरा पढौ

वैशाख ३० गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् । पुरा पढौ

आफ्नै नाम जस्तै सुन्दर बनाउन चाहन्छन चितवनको रत्ननगर -१२ लाई सुवेदी

यतिबेला स्थानिय निर्वाचनको मिति नजिकिदैं जादाँ कस्ता उमेदवार छन् र कस्को जित्ने सम्भवना वढि छ , त्यस्को लेखा जोखा पनि शुरु हुन थालेको छ। त्यसै मध्येका बलिया दाबेदार रत्ननगर नगरपालिका वर्डा नम्बर १२ का वर्डा अध्यक्षका उमेदवार सुन्दरमणि सुवेदी हुन्। उनको समाजमा सामाजिक कार्यमा कृयाशिलताका कारण धेरै संग परिचित छन्। उनी नेकपा (माओवादी केन्द्र )बाट उम्मेदवार बनेका हुन्। सानैदेखि सामाजिक कार्यमा रुचि रहेको बताउने सुन्दरमणि सुबेदी सामाजिक कार्यमा लाग्दा तलब भत्ताको आश गर्न नहुने बताउँछन् । त्यसैले आफुलाई वार्ड अध्यक्षमा… पुरा पढौ

हामीलाई यथास्थितिमै रुमल्लीन रहर र छुट दुबै छैन: प्रचण्ड

काठमाडौं, २६ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्नुपर्ने बताउनुभएको छ । स्थानिय निर्वाचनको पुर्वसन्ध्यामा अध्यक्ष प्रचण्डले आम मतदातालाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । प्रचण्डले संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षीत जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलव्धी विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका बताउँदै त्यसलार्य परास्त गरि परिवर्तनका एजेण्डा स्थापित गराउन हँसिया हतौडा चिन्हमा… पुरा पढौ

ऊर्जामन्त्री भुसालसँग बेलायतका राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।भेटका अवसरमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताउनुभयो । उहाँले कोभिड–१९ बाट सुरक्षति रहनका लागि बेलायत सरकारले नेपालाई पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलासययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख… पुरा पढौ

२१ वर्षे निसु विश्वकर्मा तमानखोला गाउपालिकाको नेतृत्व गर्न उपाध्यक्षमा भिड्दै, भन्छिन-“विजयी निश्चित छ”

उमेर भर्खर २० काटेर २१ मा टेक्दै गरेकी सामान्य गरिब र दलित परिवारकी युवती निसु विश्वकर्मा । बागलुङ जिल्ला तमानखोला गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी छन् ।सम्भवत उनी नै देश भरिमा रहेका पालिका मध्यकी कान्छी उम्मेदवार हुन सक्ने सम्भावना रहेको छ ।तमानखोला-२ बोंगखानीकी निसुलाई यति सानै उमेरमा गाउंपालिकाको उपाध्यक्षको लागि उम्मेदवार माओवादी केन्द्रले बनाएको हो ।६० प्रतिशत भन्दा बढि दलित समुदायको जनसंख्या रहेको यो पालिकामा शासन भने दलित समुदायले कहिल्यै गर्न पाएन ।“अहिलेसम्म राजनीतिक चेतना,शिक्षा र अन्य विभिन्न कारण राजनीतिको… पुरा पढौ

विज्ञापनको भर शिशु आहार ?

‘बच्चालाई घरको भोजनले मात्र पोषण तत्व नपुग्ने भएकाले बजारका विभिन्न तयारी खाना खुवाउनुपर्छ’ भनेर भ्रमपूर्ण विज्ञापन प्रचार गरिन्छ । त्यसको आधारमा अभिभावकहरुले घरमै बनाउन सकिने स्वस्थ र सस्तो खाना छोडेर बजारका महँगो र अस्वस्थकर खाना किनेर खुवाउने चलन बढेको छ ।केही महिनाअघि मैले भेट्दा हातमा पोट्याटो चिप्स बोकिरहेको चार वर्षीय एक बालकको तौल ३० केजी भएछ । १६–१७ केजी हुनु त सामान्य नै हो, ३० किलो त निकै बढी भयो । यसरी तौल बढ्यो भने १६–१७ वर्ष पुग्दा सय केजीभन्दा… पुरा पढौ

उत्तर कोरियाद्वारा जापानको सागरमा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले आफ्नो पनडुब्बीबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । जापानी समाचार स्रोतलाई उद्धृत गर्दै किम जोङ उनले यो क्षेप्यास्त्र जापानको सागरमा प्रहार गरेको बताएको छ। दक्षिण कोरिया र जापानले यसबारे औपचारिक पुष्टि गरेका छन्। दक्षिण कोरियाको ज्वाइन्ट चीफ्स अफ स्टाफले यो परीक्षण सिन्पो शहरको पूर्वी बन्दरगाह नजिकै समुद्रबाट गरिएको बताएका छन्। जहाँ उत्तर कोरियाको प्रमुख सिपयार्ड निर्माण पनडुब्बीहरू छन्। यद्यपी, उनले मिसाइल कति टाढा खसेको भन्ने खुलाएनन्।जापानको रक्षा मन्त्रालयले परीक्षणको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन।  जापानी प्रधानमन्त्री… पुरा पढौ

गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाको निम्ति गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउन जापानबाट आह्वान

जापानमा क्रियाशील चारवटा संगठनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली जनताले बलिदानी पूर्ण संघर्षबाट प्राप्त गरेको गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाको निम्ति पाँच दलीय गठबन्धनका साझा उमेदवारहरूलाई निर्वाचित गराउनका लागि आह्वान गरेका छन ।आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपाली राजनीतिक इतिहासमा बलिदानी र गौरवपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रूपमा रहेको लोकतन्त्र र गणतन्त्रको मुख्य आधारस्तम्भको रूपमा स्थापित स्थानीय तहको निर्वाचनमा लोकतन्त्र र गणतन्त्रका हिमायती दलहरूको गठबन्धन रहेको उम्मेदवारहरूलाई आफ़नो मत प्रदान गरि रूपमा प्रगतिशील र सारमा प्रतिगमनको मुख्य… पुरा पढौ