
यतिबेला स्थानिय निर्वाचनको मिति नजिकिदैं जादाँ कस्ता उमेदवार छन् र कस्को जित्ने सम्भवना वढि छ , त्यस्को लेखा जोखा पनि शुरु हुन थालेको छ। त्यसै मध्येका बलिया दाबेदार रत्ननगर नगरपालिका वर्डा नम्बर १२ का वर्डा अध्यक्षका उमेदवार सुन्दरमणि सुवेदी हुन्। उनको समाजमा सामाजिक कार्यमा कृयाशिलताका कारण धेरै संग परिचित छन्। उनी नेकपा (माओवादी केन्द्र )बाट उम्मेदवार बनेका हुन्। सानैदेखि सामाजिक कार्यमा रुचि रहेको बताउने सुन्दरमणि सुबेदी सामाजिक कार्यमा लाग्दा तलब भत्ताको आश गर्न नहुने बताउँछन् ।

त्यसैले आफुलाई वार्ड अध्यक्षमा जनताले निर्वाचित गरेमा कुनै तलब भत्ता नलिई काम गर्ने उनी बताउँछन् । आफ्नो वार्डलाई रत्ननगरकै उत्कृष्ट वर्डा बनाउन लागि पर्ने र जस्को लागि वार्डका सबै विचार भएका अग्रजहरुसंग परामर्श गरेर अघि बढ्ने उनको भनाई छ। वार्डमा रहेको सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता समेत उनले जनाए। आफुले वर्डामा रहेका वृद्धा, युवा , महिला, जनजाति एवं दलितको समस्या नजिकबाट बुझेकाले काम गर्न सहज हुने सुवेदीको तर्क छ।
कोभिड-१९ को महामारीमा वार्डको सालघारी लगाएत ठाँउहरुमा राहत बाड्ने नेतृत्व गरेको र वडावासीलाई समस्या पर्दा सुवेदीको सक्रिय उपस्थिति हुने गरेकोले उहाँको पक्षमा चुनाब प्रचार – प्रसारमा लागेका प्रदिप तमाङ्गको भनाई छ।

बिगतमा सुन्दरमणि सुवेदीले धेरै संघ-संस्थामा रहेर काम गरि सकेका छन् । सोही वार्डको पञ्चदिप राप्राविमा विध्यालय व्यवस्थापन समितिको अध्यक्ष, पञ्चकन्या सामुदायिक बन र रत्ननगर उद्योग बाणिज्य संघमा कार्यसमिति, पञ्चदिप युवा क्लवका अध्यक्ष लगाएत ठाउँहरुमा उनले नेतृत्व गरि सकेका छन्। धार्मिक संस्था श्रीकृष्ण प्रणामी मन्दिरमा पनि उनको आबद्धता रहेको छ। यतिबेला सुबेदी लगाएत उनका टिम आफ्ना एजेण्डा सहित वार्डबासीको घर – घरमा पुगेका छन्। सुबेदीको टिममा महिला सदस्य चन्द्रकला पनेरु, दलित महिला सदस्य मायादेवि विक, खुल्ला तर्फ सदस्य सुमन परियार र टंकप्रसाद भट्ट रहेका छन्।
जनताको घर आँगनमा जाँदा जनताबाट प्राप्त आस्वासन र अपार मायाका कारण हाम्रो टिमनै बिजयी हुनेमा विश्वस्त छौं । सोही वार्डका खुल्ला तर्फका वार्ड सदस्यका उम्मेदवार टंकप्रसाद भट्टले भने। २०७४ सालमा वडा नम्बर १२ मा कुल ३ हजार ६ सय मतदाता रहेकोमा अहिले ४ हजार २ सय ९५ जना मतदाता रहेका छन् ।



