२१ वर्षे निसु विश्वकर्मा तमानखोला गाउपालिकाको नेतृत्व गर्न उपाध्यक्षमा भिड्दै, भन्छिन-“विजयी निश्चित छ”

-


     जनहित न्युज    
     वैशाख २६ गते २०७९


उमेर भर्खर २० काटेर २१ मा टेक्दै गरेकी सामान्य गरिब र दलित परिवारकी युवती निसु विश्वकर्मा । बागलुङ जिल्ला तमानखोला गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी छन् ।
सम्भवत उनी नै देश भरिमा रहेका पालिका मध्यकी कान्छी उम्मेदवार हुन सक्ने सम्भावना रहेको छ ।
तमानखोला-२ बोंगखानीकी निसुलाई यति सानै उमेरमा गाउंपालिकाको उपाध्यक्षको लागि उम्मेदवार माओवादी केन्द्रले बनाएको हो ।
६० प्रतिशत भन्दा बढि दलित समुदायको जनसंख्या रहेको यो पालिकामा शासन भने दलित समुदायले कहिल्यै गर्न पाएन ।
“अहिलेसम्म राजनीतिक चेतना,शिक्षा र अन्य विभिन्न कारण राजनीतिको मूल धारमा आउन पाएनन्।अब भने हामी जस्ता सचेत युवाले नेतृत्व गर्नुपर्छ भनेर राजनीतिमा आए ।” निसुले भनिन् ।
तमानखोला गाउँपालिकामा यो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एमाले बिच त्रिपक्षीय प्रतिस्पर्धा हुदै छ ।
अध्यक्षमा अघिल्लो निर्वाचनबाट नेपाली कांग्रेसको तर्फबाट पालिका अध्यक्ष बनिसकेका जोकलाल बुढा, माओवादी केन्द्रका देव पुन र एमालेका देवेन्द्र छन्त्याल अध्यक्षको पदमा प्रतिस्पर्धी रहेका छन् ।
उपाध्यक्ष पदमा भने निसु र काग्रेसकी हिरा कुमारी छन्त्याल बिच प्रतिस्पर्धा हुनेछ । एमालेले याद पालिकामा उपाध्यक्षमा कुनै पनि उम्मेदवार बनाएको छैन ।

जनहित

सानै उमेरबाट राजनीति र सामाजिक कार्यमा सक्रिय रहेकी निसुमा रहेको जिज्ञासु स्वभावले नै अहिले उनलाई पालिकाको नेतृत्व गर्ने हिम्मत जुटाएको उनका नजिकका आफ़ंत बताउछन । मिलनसार स्वभावकी निसुमा अरुलाई सहयोग गर्न लागिपर्ने बानीका कारण उनी निर्वाचित हुनेमा विश्वस्त छन । ” यसपालि जित्ने सम्भावना पनि छ “ मुस्कुराईउनले भनिन् ।

हरेक कुरा सिक्नुपर्छ भन्ने जिज्ञासु स्वभावकै कारण उनमा विस्तारै राजनीतिक चेत आयो र माओवादीमा संगठगित सदस्यता लिएर संगठन बनाउने,विभेद,असमानता बारे कुरा उठाउदै आईन् ।

तमानखोलाको योजनावद्द र जनताले महसुश गर्ने गरि दैनिक जीवनमा नै प्रभाव देखिने गरि विकासमा योगदान दिने उद्देश्य सहित अहिले उनी आफूसहितको प्यानल जिताउन चुनावी अभियानमा लागिपरेकी छन । “पार्टीले उचित ज़िम्मेवारीसहितको अवसर दिएको छ, जसरी पनि जितेर इतिहास लेख्छु ।” उनले दाबी गरिन् ।
ब्याचलर दोस्रो वर्षमा पढ्दै गरेकि निसुकी आमा गृहणी हुन् भने बाबा स्थानीय विद्यालयका शिक्षक हुन् ।

जिल्लाभर पाच दलीय गठबन्धन भएपनि याे ठाउँमा भने तिन दल एकल रुपमा भिडेका छन् । उत्पिडित दलित र पछि पारिएको समुदायको पक्षमा उभिएको माअेावादी केन्द्रले जिल्लाको तमानमा गाउपालिकामा ९८ प्रतिशत उम्मेदवार दलित समुदायबाट बनाएको माअेावादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरेले बताए ।
राजनीतिमा लाग्न उत्प्रेरित गर्ने मात्र नभई उनीहरूलाई नेतृत्वमा पुर्याउनका लागि पनि पार्टीले ज़िम्मेवारीसहित अवसर दिएकाे गैरेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?