तस्विर समाचार

घुम्टे युवा परिवार जापानद्वारा जुलाई ६ मा प्रथम सिल्भर रनिङ कप भलिबल प्रतियोगिता गरिने

घुम्टे युवा परिवार जापान(क्लब) ले आगामी जुलाई ६ तारिक बुधबारका दिन जापानमा खुल्ला भलिबल प्रतियोगिता गर्ने भएको छ ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ़नो छुट्टै पहिचान स्थापित गरेको क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, समवर्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष दिनेश थापाले बताए ।घुम्टे युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको… पुरा पढौ

बालबालिकाहरूमा संचार समस्या देखिएको भन्दै माक्सको प्रयोग हटाउन सुझाव

टोकियो मेडिकल एसोसिएसनले कोरोनाभाइरस बिरूद्धको उपायको रूपमा रहेको मास्क लगाउन मानिसहरूले बिस्तारै बिस्तारै बन्द गराउन र विशेष गरी प्राथमिक विद्यालयको तल्लो कक्षाका बच्चाहरू र साना बालबालिकाबाट त्यसको सुरुवात गराउन आग्रह गरेको छ ।एसोसिएसनका अनुसार महामारीको समयमा त्यसको रोकथामका लागि व्यक्तिगत जीवनशैलीको वेवास्ता गर्दै बालबालिकालाई समेत मास्कको प्रयोग गराइएको कारण मास्कले अनुहारको हावभाव लुकाउने भएकाले सञ्चार समस्याका कारण झगडा समेत परेको घटनाहरूलाई मध्यनजर गरि क्रमिक रूपमा हटाऊदै ज़ानुपर्ने अध्ययनले देखाएको छ।गम्भीर रोगको उच्च जोखिममा मानिने ६५ वर्ष वा सोभन्दा माथिका ८०%… पुरा पढौ

६ दिनसम्म विद्यालय बन्द हुने

काठमाडौं, २८ वैशाख। स्थानीय तह निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । तर धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको हो ।यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन… पुरा पढौ

जापानले आगामी जुनदेखि आगन्तुक संख्यालाई दोब्बर पार्दै दैनिक २० हजार पुर्याउने

जापानको सरकारले आगामी जुन महिनादेखि विदेशबाट आउने आगन्तुकको संख्या हालको बाट बढाएर दोब्बर गरी प्रति दिन २० हजार पुर्याउने भएको छ ।गत आइतवार समाप्त भएको जापानको गोल्डेन विक बिदापछि एयरपोर्ट क्वारेन्टाइन पूर्वाधार र घरेलु संक्रमणको अवस्थाको परीक्षणपछि यो कदम चाल्न लागेको सरकारी स्रोतहरूलाई उदृत गर्दै जापानी संचारमाध्यम क्योदो न्यूजले जनाएको छ ।सरकारले विदेशी पर्यटक यात्रुहरूलाई चरणबद्ध रूपमा स्वागत गर्ने लक्ष्यका साथ यस महिनादेखि नै साना प्याकेजका टुरलाई परीक्षण गरि पर्यटकहरू समेत अनुमति दिने सोच रहेको बताईएको छ।जी सेभेंन (G-7) शक्ति… पुरा पढौ

स्थानीय तह निर्वाचन २०७९: के छ यसपालीको निर्वाचनमा सुरक्षा जोखिम?

काठमाडौँ- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकारले मतदान हुुनुभन्दा केही दिनदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नुका साथै चुनावको दिन विभिन्न घेरामा खटाएको सुरक्षा संयन्त्रबीच मतदान सम्पन्न गर्ने तयारी गरेको छ। निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाल प्रहरी रहनेछन्। सरकारले यो निर्वाचनमा विगतका निर्वाचनहरुको अनुभव, विभिन्न घटना तथा मतदाताको चाप लगायतलाई हेरेर सुरक्षा व्यवस्था कडा पार्ने योजना बनाएको हो। निर्वाचनमा १ करोड ७७ लाख… पुरा पढौ

कांग्रेस गलकोटले चलायो डण्डा, ६ जना बागी उम्मेदवारको पार्टी सदस्यता खारेज

थम्मन थापा बागलुङ वैशाख २७नेपाली काँग्रेस गलकोट नगर समितीले आसन्न स्थानिय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विपरित वागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज गरेको छ ।नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सम्वद्व ५ दलिय गठबन्धनले अगाडी सारेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै गलकोट नगर प्रमुख पदका उम्मेदवार १ जना, वडा अध्यक्ष पदका उम्मेदवार २ जना र वडा सदस्य पदका उम्मेदवार ३ जना गरि ६ जनाको पार्टी सदस्यता खारेज गरेको… पुरा पढौ

कपिलवस्तुमा उपमेयरकी उम्मेदवारको मृत्यु

बुटवल । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदकी उमेदवारको निधन भएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस कपिलबस्तुको तर्फबाट उपप्रमुख पदको उमेदवार बनेकी शुभावती कुर्मीको हृदयघातका कारण निधन भएको हो । हृयघातका कारण सोमबार राति १ बजे जिल्ला अस्पताल तौलिहवामा उपचारक्रममा निधन भएको हो । उनको दाहसंस्कार मंगलबार बाणगंगा नदीको बरगदी घाटमा हुने परिवारिकले जनाएको छ । पुरा पढौ

कांग्रेसको मतदातासँग अपिल-‘काँग्रेस जे भन्छ, त्यो पूरा गर्छ रुख़मा मतदान गर्नुहोस ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गरेका छन् ।  मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग अपिल गरेका हुन् । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान् अभियानमा निर्भीकता साथ सहभागी भई मतदान गर्न आह्‍वान गर्दछु’, देउवाले भनेका छन् ।  अपिलमा उनले स्थानीय तह निर्वाचनलाई लोकतन्त्रको बलियो आधार भएको बताएका छन् । स्थानीय तह सङ्घीय… पुरा पढौ

स्थानीय निर्वाचनमा विदेश बसेका नेपालीले बन्न पाउछन त उम्मेदवार ?

स्थानीय निर्वाचनको परिणामले आफ्नो गाउँ ठाँउको विकासमा प्रत्यक्ष सरोकार राख्ने हुँदा यति बेला जापान मात्र होईन, विश्वभर बसेका नेपालीहरुको चासो स्थानीय निर्वाचनमा छ। कोही नेपाल गएर निर्वाचनमा उम्मेदवार रहेको अवस्थामा विदेश बसेका नेपालीहरुले चुनावमा उम्मेदवार बन्न पाउँछन त भन्ने प्रश्न समेत उठेको छ। सो विषयमा जापानमा रहेका अन्तराष्ट्रिय अधिवक्ता एवं जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष डा बलराम श्रेष्ठसंग प्रतिक्रिया लिदाँ नेपालको संविधान को धारा २९१ मा यसबारेमा व्याख्या गरेको बताउँछन । नेपालको संविधान २०७२ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए… पुरा पढौ

मौन अवधि आज राति १२ बजेबाट सुरु हुने, यस्ता छन् पालना गर्नुपर्ने आचरणहरू 

स्थानीय तह निर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेदेखि लागू हुँदै छ। यो अवधिमा चुनावको प्रचार गर्न निषेध गरिएकोे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। मौन अवधिमा कुनै प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न रोक लगाइएको छ’, प्रवक्ता पौडेलले भने, ‘मौन अवधिअघि नै मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसार सामग्री हटाइन्छ।’ कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न नपाइने आचारसंहितामा उल्लेख छ। सामाजिक सञ्जाल, अनलाइन, छापालगायत माध्यमबाट दल र उम्मेदवारको पक्ष तथा… पुरा पढौ