
गलकोटमा स्वतन्त्र उम्मेदवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गलकोट नगरपालिकाको मेयर पदको स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई इलाका प्रहरी कार्यालय गलकोटले नियन्त्रणमा लिएर ६ घण्टापछि छोडेको छ ।
गलकोट नगरपालिका वडा नम्वर ८ को बिरकोटमा टोली गलकोट नगरपालिका ८ को काडेवासमा पुगेको ईलाका प्रहरी कार्यालयका कार्यालय गलकाेटका प्रमुख प्रहरी निरिक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।
उनका अनुसार गए बुधवार राती करिब ९ बजेको समयमा स्वतन्त्र उम्मेदवार मन्जु शर्मा चालिसेको नेतृत्वमा पैसा बाड्ने, भेला गर्ने तथा भोट माग्ने काम भएको सूचना पाएपछि प्रहरी पाएको सूचनाको आधारमा आचारसंहिता उल्लघन गरेको, भन्दै ५ दलीय गठबन्धनका कार्यकता र स्वतन्त्र उम्मेदवार मन्जु शर्माका केही मानिसहरु बिच सामान्य झडपको अबस्था सृजना भएको थियो ।
नेपाली कांग्रेस गलकोट नगरपालिका ८ का वडा सभापति ढालेन्द्र प्रसाद गौतमलाई स्वतन्त्र उम्मेद्वारका कार्यकर्ताले कुटपिट गरेको तथा दुबै पक्षलाई मुठभेड़ हुनबाट रोक्न सफल भएको प्रहरी निरिक्षक शर्माको भनाई छ । प्रहरि चौकी हटियाका प्रमुख तथा प्रहरि नायव निरिक्षक बिष्णु रेग्मीको नेतृत्वमा रहेको प्रहरी टोलीले अप्रिय घटना हुनबाट रोकेको थियो ।
दोहोरो भिडभाडको अबस्थालाई नियन्त्रण गदैं गयराती करिब साढे ९ बजे स्वतन्त्र उम्मेदवार मन्जु शर्मा चालिसे र सचिवालय सदस्य आशिष शर्मालाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएर करिब ६ घण्टा पछि राति ३ बजे नै निर्वाचन आयोगले गर्ने छानबिनमा सहभागी हुने सर्त सहित छाडिएको प्रहरी प्रमुख शर्माले जानकारी दिए ।
आचारसंहिता उल्लघन गरेको तथा कुटपिट गरेको निवेदन प्रहरीमा प्राप्त भएकोले कुटपिट गर्ने ब्यक्तीलाई प्रहरीले पक्राउ गरि आवश्यक क़ानूनी प्रक्रिया अघि बढाइने प्रमुख शर्मा दिए ।
आचारसंहिता उल्लघन गरि आर्थिक चलखेल गरि हिड्ने स्वतन्त्र उम्मेद्वार मन्जु शर्मा चालिसेको नेतृत्वमा रहेका कार्यकर्ताले बाईकको हेलमेटले प्रहार गरि आक्रमण गरेको ढालिन्द्र प्रसाद गौतमको भनाई छ । उम्मेद्वारलाई प्रहरीको जिम्मा लगाउन खोज्दा अन्य व्यक्ति बोलाएर कुटपिट गरेको गौतमको आरोप छ । आचारसंहिता उल्लघन गरेको प्रमाण, तथा कुटपिट गरेको घटनाको सत्य तथ्य छानबिन गर्न निवेदन दिएको उनले बताए ।

प्रहरीमा सूचना पुगेजस्तो पैसा नै बाँडेको प्रमाण भने फेला नपरेको बागलुङका प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीले जानकारी दिए । उम्मेदवार शर्माले चुनावमा आफ्नो एजेन्ट राख्ने विषयमा कुराकानी गर्न त्यहाँ गएको आफूहरूलाई बताएको प्रहरीले जनाएको छ ।
आचार संहिता उल्लघन भए नभएको विषयमा निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराएको प्रहरीले जनाएको छ । गलकोट नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद भुषालले यस विषयमा दुवै पक्षलाई बोलाएर छलफल गर्ने बताए ।
यता गलकोट नगरपालिका वार्ड नम्बर ७ मल्ममा पनि मौन अवधिमा उम्मेदवारहरूद्वारा आचारसंहिता ऊलंघन गरेका सूचनाहरू प्राप्त भएका छन । आचारसंहिता विपरित कार्य गर्नेमा स्वतन्त्र उम्मेदवारहरू बढि पाईएको स्रोतले जानकारी दिएका छन ।
स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते सम्पन्न हुदैछ । बैशाख २७ गते रातीको १२ बजे देखी मौन अबधि सुरु भएको छ । मौन अबधीमा मतदातालाई मत माग्ने, कुनै पनि प्रकारले प्रभावित पार्ने, प्रचार प्रसार गर्न पूर्ण रुपमा निर्वाचन आचारसंहिता बिपरित हुने आयोगको संहितामा उल्लेख गरिएको छ ।
यता स्वतन्त्र उम्मेदवार शर्माले कपोलकल्पित रूपमा आफ़नो पक्षमा जनलहर देखिएबाट गठबन्धन डराएर भ्रम सृजना गरेको उल्लेख गर्दै विज्ञप्ति नै जारी गरेकी छन ।




