मुस्लिम आयाेगका अध्यक्ष समिम अन्सारी पैसा वितरण गर्ने क्रममा पक्राउ, प्रहरी भन्छ-उहाँलाई उद्धार गरिएको हो

-


     जनहित न्युज    
     वैशाख २९ गते २०७९


जनकपुरधाम- मुस्लिम आयाेगका अध्यक्ष समिम अन्सारी पक्राउ परेका छन्।

मुस्लिम आयोगका अध्यक्ष मियाँ अन्सारीलाई एमालेका कार्यकर्ताले घेराउ गरेका छन्। दुई दिनअघि जनकपुर आएका अन्सारीले सीताशरण टोलका मतदातालाई प्रभावित गर्न पैसा बाँडेको भन्दै एमाले कार्यकर्ताले हुलहुज्जत गरी उनी बसेका होटेल घेराउ गरेका थिए।

एमालेका उम्मेदवार शिवशंकर साहका केही समर्थकले होटेल घेराउ गरी हुलहुज्जत गरेपछि प्रहरीले अन्सारीको उद्धार गरेको छ। उनी आज जनकपुरबाट ११ बजे काठमाडौं जाने कार्यक्रम भए पनि १० बजेदेखि नै होटेल घेराउ गरेका थिए।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले एमाले उम्मेदवारका समर्थकले होटेल घेराउ गरेपछि तत्काल अन्सारीको उद्धार गरेको बताए। ‘उहाँ (अन्सारी)ले आज बिहान एमालेका सांसदसँग होटेलमा भेटघाटसँगै खाना खानुभएको थियो। तर, त्यहाँबाट पैसा बाँडेको अफवाह चलेपछि एमालेका समर्थक होटेल घेरा गर्न पुगेका थिए,’ प्रनाउ क्षेत्रीले भने।

पैसा बाँडेको भन्ने झुटाे हल्ला फैलाएको आरोपमा प्रहरीले एमालेका जनकपुरधाम नगर अध्यक्ष सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको छ। भण्डारीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।

उनले मुस्लिम समुदायका मानिसलाई बोलाएर पैसा वितरण गर्दै थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?