राष्ट्रिय समाचार

संसदमा हंगामा, सांसदहरूबीच मुक्का हानाहान

विद्युतीय कारोबारमा कर लगाउने विषयमा सरकारको प्रस्तावपछि घानामा सांसदहरूबीच मुक्का हानाहान भएको छ । प्रस्तावका समर्थक र विपक्षी सांसदहरूबीच मुक्का हानाहान भएको हो । प्रस्तावका पक्षमा मतदानका लागि उठेका उपसभामुख जोसेप ओसी ओउसुलाई विपक्षी सांसदहरुले रोकेर घेराउ गरेपछि विवाद चर्किएको थियो । उपसभामुखले बैठकको अध्यक्षता गरेका थिए । कुटाकुटपछि संसद् बैठक स्थगित गरिएको छ । प्रमुख विपक्षी नेसनल डेमोक्रयाटिक कंग्रेस (एनडीसी)ले विद्युतीय कारोबारमा १ दशमलब ७५ प्रतिशत कर लगाउने सरकारको प्रस्तावलाई अस्वीकार गरेको छ । सरकारको निर्णयले न्यून आय भएका… पुरा पढौ

हेलिकोप्टरबाट नदेखिने छाउगोठका दर्दनाक कहानी

एक जना वृद्धाले सुदूरपश्चिममा भनेकी थिइन्, ‘मलाई त छाउ हुने बेला आएपछि पिर पर्न थाल्थ्यो। वर्षातको बेलामा त कुन गोठ चुहिँदैन भनेर खोज्नु पर्थ्यो। गाउँका धेरै महिला एकै चोटी छाउ हुँदा त गोठमा पनि बस्न गाह्रो हुन्थ्यो। चुहिने गोठमा बस्दा बस्दा घरका मानिससँग छाता माग्दा, ‘तिमी छाउपडीलाई छाता चाहिने’? भनेर हप्काउँथे। जाडो र वर्षामा धोएको लुगा नसुकेर घरका मानिसँग सुकेको लुगा माग्दा ‘तिमी छाउपडीलाई किन सुकेको लुगा चाहियो?’ भन्थे। धेरै जना महिला एकै ठाउँमा बस्दा खुट्टा तन्काउने ठाउँ पनि हुँदैनथ्यो।… पुरा पढौ

शिक्षक सेवा आयोगले माग्यो २६ सय निमावि शिक्षक (विज्ञापनसहित)

भक्तपुर - माध्यमिक तहको विज्ञापन खोलेको एक सातामा शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको तृतीय श्रेणीका लागि शिक्षक विज्ञापन खोलेको छ । दुई हजार पाँच सय ९८ शिक्षकका लागि आयोगले बुधबार विज्ञापन खुलाएको हो । निमाविमा शिक्षक बन्न इच्छुक उम्मेदवारले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर माघ ७ देखि १३ गतेसम्म आवेदन हाल्न सकिन्छ ।  खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा गरेर स्थायी पदपूर्तिका लागि आवेदन दिन आयोगले आग्रह गरेको छ । सबैभन्दा धेरै नेपाली र अंग्रेजी… पुरा पढौ

कोभिडको अर्को आँधी सामनाका लागि तयार हुन डब्लूएचओको चेतावनी

न्युयोर्क । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन चेतावनी दिएका हुन् । ‘अब छिट्टै कोभिडको अर्को आँधी आउँदैछ । केही साताभित्रै ओमिक्रोन सम्पूर्ण देशभर फैलिन्छ , जसका कारण विभिन्न देशको स्वास्थ्य प्रणाली नै अस्तव्यस्त हुनेछ ।,’ क्लुगले भने । युरोपका विभिन्न देशहरुले लकडाउनदेखि प्रतिबन्धात्मक व्यवस्था लागू… पुरा पढौ

तत्कालको लागि जापान प्रवेश गर्ने आगन्तुकहरूलाई सिमानामा कडाइ गर्छ : प्रधानमन्त्री किशिदा

नोवेल कोरोनाभाइरसको ओमिक्रोनको संक्रमणलाई रोकथामका लागि भन्दै जापानले हाल लगाईएको सीमा नियन्त्रण उपायहरू "अहिलेका लागि" जनवरीको शुरुसम्म विस्तार गर्दै राष्ट्रलाई सुरक्षित राख्नेतर्फ सतर्क रहने आवश्यक रहेकोले "हामीले हालको सीमा नियन्त्रण उपायहरू तत्कालका लागि विस्तार गर्ने निर्णय गरेका छौं," प्रधानमन्त्री फुमियो किशिदाले भने ।दैनिक पुष्टि भएका कोरोनाभाइरसका घटनाहरूको संख्या न्यून स्तरमा रहेपनि ओमिक्रोनको संक्रमण समुदायस्तरमा नफैलिएको भए पनि जापानले बूस्टर शट रोलआउटहरू तीव्र पार्नुका साथै कोभिड-१९ विरुद्दको औषधिहरूको प्रवर्द्धन गरेर आफ्नो तयारीलाई बलियो बनाउन आवश्यक रहेको प्रधानमन्त्री किशिदाले बताए ।सरकारले हालको… पुरा पढौ

जापानको योकोहामा सबवे ट्रेनमा ‘हथौडा’ आक्रमणबाट दुईजना महिला घाइते

पूर्वी जापानको योकोहामा सहरमा चलिरहेको एक रेलमा महिलाले हथौडा जस्तो देखिने एक औजारले हमला गर्दा दुईजना महिला यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।कानागावा प्रिफेक्चरको इजुमी प्रहरी स्टेशनले आक्रमणकारीको खोजी भैरहेको जनाएको छ ।योकोहामाको इजुमी वार्डको शोनानदाइ स्टेशनको लागि जाँदै गरेको म्युनिसिपल सबवे ब्लू लाइनको छ वटा कार भएको चलिरहेको ट्रेनमा मंगलबार दिउँसो २ बजेर १० मिनेटमा भएको उक्त घटना थियो।संदिग्ध व्यक्तिले एक ७१ वर्षीया महिला र १८ वर्षीया हाई स्कूलकी छात्राको टाउकोमा प्रहार गरेको थिइन ।आक्रमणबाट दुवैजनालाई सामान्य चोट… पुरा पढौ

गलकोट स्पोर्ट्स क्लव टोकियोको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा डिलाराम निउरे निर्विरोध निर्वाचित

जापानमा रहेका गलकोटेका साथै नेपालीहरूलाई खेलकुदप्रति जागरूप बनाउदै खेलकुदको प्रवर्द्धन र त्यससँग सम्बन्धित क्रियाकलाप गर्नका लागि आवश्यक योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको गलकोट स्पोर्टस क्लबको मंगलबार टोकियोमा सम्पन्न चौथो अधिवेशनले डिलाराम निउरेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।जापानमा रहेर पनि नेपाली खेलको संरक्षण सम्वर्धन र योगदान पुर्याउने ब्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको क्लवको सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दुर्गबहादुर खत्री उपाध्यक्षमा राज़ु बस्नेत र प्रकाश निउरे चयन भएको निर्वाचन समितिका सदस्य नरबहादुर थापाले जानकारी दिए । त्यसैगरि क्लबको २०२१-२०२३ कार्यकालका… पुरा पढौ

जापानमा किशिदा प्रधानमन्त्री भए यता पहिलो पटक ३ जना कैदीलाई मृत्युदण्ड

टोकियो । जापानले मङ्गलबार मृत्युदण्डको सजाय पाएका तीन जना व्यक्तिलाई मृत्युदण्ड दिएको छ । यो नै नवनिर्वाचित प्रधानमन्त्री फुमियो किशिदाको सरकारले लिएको मृत्युदण्डको पहिलो सजाय भएको क्योदो समाचार एजेन्सीले जनाएको छ।ती व्यक्तिहरूमा सन् २००४ मा ह्योगो प्रिफेक्चरमा आफ्ना सात आफन्तको हत्या गर्ने ६५ वर्षीय यासुताका फुजिशिरो र सन् २००३ मा गुन्मा प्रिफेक्चरमा पचिन्को पार्लरका दुई कर्मचारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका ५४ वर्षीय टोमोआकी ताकानेजावा र ४४ वर्षीय मित्सुनोरी ओनोगावा रहेका छन् ।मंगलबारको मृत्युदण्डपछि जापानमा मृत्युदण्डमा पाउने कैदीहरूको संख्या… पुरा पढौ

जापानी अन्तरिक्ष पर्यटक १२ दिनमा सुरक्षित रूपमा पृथ्वीमा फर्किए

एक जापानी अर्बपति, उनका निर्माता र एक रुसी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा १२ दिन बिताएपछि सोमबार सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन्।फेसन टाइकुन युसाकु माइजावा, उनका निर्माता योजो हिरानो र रुसी अन्तरिक्ष यात्री अलेक्ज्याण्डर मिसुरकिनले बिहान ९:१३ मा कजाकस्तानको स्टेप्समा रहेको रुसी सोयुज क्याप्सुलमा जहेजकाजगान सहरबाट १४८ किलोमिटर दक्षिणपूर्वमा सफ्ट ल्यान्डिङ गरेका थिए। अन्तरिक्षबाट अवतरण गरेको सो टोलीलाई आवश्यकता अनुसारको उद्धारका लागि भनेर ल्यान्डिङ हुने क्षेत्रमा बादलको तल्लों सतहमा खोजी गर्न हेलिकप्टरसहितको उद्धार टोली तैनाथ गरिएको थियो ।अवतरित भएपछि सो… पुरा पढौ

जापानले “नोवेल कोरोनाभाइरस खोप पहिचान एप” जारी, विदेश यात्राको लागि चाहिने भ्याकसिन पासपोर्ट यहिबाट लिन सकिने

जापानले नयाँ कोरोनाभाइरस विरुद्धको खोप लगाईएको जानकारी दिने उद्देश्यले स्मार्टफोनमा हेर्न र भ्याकसिन पासपोर्ट विदेश यात्राका क्रममा उपयोग गर्न मिल्ने गरि सोमवारदेखि एप्स सञ्चालन ल्याएको छ यसको प्रयोग र संचालनको विधिका बारेमा स्थानीय सरकारले यसका विज्ञसँग परामर्शको भैरहेको जनाएको छ ।यस एप्सको आधिकारिक नाम "नोवेल कोरोनाभाइरस खोप पहिचान एप" "novel coronavirus vaccine identification app," राखी डिजिटल माध्यमबाट व्यवस्थापन गरिनुका साथै उक्त एप आईफोन प्रयोगकर्ताहरूका लागि एप स्टोर र एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि गुगल प्ले स्टोरबाट प्राप्त नि:शुल्क डाउनलोड गर्न सकिने बताईएको… पुरा पढौ