जापानले “नोवेल कोरोनाभाइरस खोप पहिचान एप” जारी, विदेश यात्राको लागि चाहिने भ्याकसिन पासपोर्ट यहिबाट लिन सकिने

-


     जनहित न्युज    
     पौष ५ गते २०७८


जापानले नयाँ कोरोनाभाइरस विरुद्धको खोप लगाईएको जानकारी दिने उद्देश्यले स्मार्टफोनमा हेर्न र भ्याकसिन पासपोर्ट विदेश यात्राका क्रममा उपयोग गर्न मिल्ने गरि सोमवारदेखि एप्स सञ्चालन ल्याएको छ यसको प्रयोग र संचालनको विधिका बारेमा स्थानीय सरकारले यसका विज्ञसँग परामर्शको भैरहेको जनाएको छ ।
यस एप्सको आधिकारिक नाम “नोवेल कोरोनाभाइरस खोप पहिचान एप” “novel coronavirus vaccine identification app,” राखी डिजिटल माध्यमबाट व्यवस्थापन गरिनुका साथै उक्त एप आईफोन प्रयोगकर्ताहरूका लागि एप स्टोर र एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि गुगल प्ले स्टोरबाट प्राप्त नि:शुल्क डाउनलोड गर्न सकिने बताईएको छ ।
एपलाई आपतकालीन अवस्थाहरूमा पनि आवागमनमा नियन्त्रणलाई सजिलो बनाउन र विदेश यात्रा गर्ने क्रममा भ्याक्सिन लगाईएको जानकारी दिन र कोरोना भाईरस परीक्षण अन्तर्गतको प्याकेजको एक भागको रूपमा प्रयोग ल्याइने अपेक्षा गरिएको छ।
डिजिटल एजेन्सीको वेबसाइटका अनुसार विदेश यात्राका क्रममा आवश्यक भ्याकसिन पासपोर्टको लागि अंग्रेज़ी भाषामा प्रयोगकर्ताको स्मार्टफोनमार्फत स्क्रिनशटमार्फत खोपको लगाएको मिति, संख्यालाई उल्लेख गरिएको देखाइने तथा प्रयोगकर्ताहरूले आफ्नो नाम र जन्म मिति लुकाउन चाहेमा त्यो सुविधा पनि प्रदान गर्न लागिएको उल्लेख गरिएको छ ।
एप सरकारद्वारा सञ्चालित खोप रेकर्ड प्रणाली (VRS) मा जडान गरिएको छ । यसको प्रयोगको लागि प्रयोगकर्ताहरूसँग “My Number” व्यक्तिगत पहिचान कार्ड हुनुपर्छ। कतिपय नगरपालिकाका बासिन्दाहरूले आफू बस्ने ठाउँको लागि निर्दिष्ट अध्यादेशको कारणले डिसेम्बर २० देखि एप प्रयोग गर्न सक्ने छैनन् र डिजिटल एजेन्सीले आफ्नो वेबसाइटमा एप प्रयोग गर्न सकिने नगरपालिकाहरूको सूची समेत जारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?