राष्ट्रिय समाचार

चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ वर्षमा निधन

जापानी परम्परागत नाटक नोहको अभ्यास गर्दा मिको नगओकाको घुँडामा चोट लाग्यो। त्यतिबेला सय वर्ष लागेकी नगओकाले आफ्नो चोट निको पार्न पौडी खेल्न सुरु गरिन्। सोही वर्ष प्रकाशन गरेको पुस्तकको नाम जुराइन्– म सय वर्षको संसारकै उत्कृष्ट र सक्रिय पौडीवाज। यसपछिका दिनमा उनले १५ सय मिटर पौडी खेलेर विश्व कीर्तिमान कायम गरेकी थिइन्। अहिले १०५ वर्षको उमेरसम्म आइपुग्दा नगओकाले १८ वटा विश्व कीर्तिमान कायम गरिसकिन्। सेप्टेम्बरमा जापानको फुकुवकामा भएको ५० मिटर ब्याकस्टोकमा उनले १०५ देखि १०९ वर्ष उमेरसमूहमा सहभागिता जनाएकी थिइन्।… पुरा पढौ

हङकङदेखि नेपालसम्म – सफल व्यवसायी, एनआरएन अभियन्ता त्रिलोक गुरुङ

हङकङमा मात्रै नभई संसारभर छरिएर बसेका नेपाली  माझ  त्रिलोक गुरुङका नामले चिनिन्छन् यमकुमार गुरुङ । लमजुङको एउटा विकट गाउँसँग मात्रै होइन, नेपालसँगै मनमुटु जोडिएका गुरुङका बुवा हङकङमा कार्यरत रहँदा उनी त्यहीं जन्मेका थिए । गुरुङ परिवारमा जन्मेका उनका बुवा ब्रिटिश आर्मीमा भर्ती भएका थिए । हङकङमा  जन्मे पनि उनका बुवाले उनलाई  मलेसियाको एउटा  किन्डरगार्डेनमा भर्ना गरि दिएका थिए । राजा महेन्द्र बितेकै वर्ष सन् १९७२ मा उनी बुवा, आमासँगै लमजुङको गाउँ कल्याङमै फर्के । त्यतिबेला उनी सानै थिए । त्यसपछि उनको… पुरा पढौ

जापानी भूमिको त्यो दु:खदायी मृत्यु

विस्मा रत्ननायकेले आफू बच्चा हुँदा नै टेलिभिजन ड्रामाको एउटा पात्र ओसिनबाट प्रभावित भएकी थिइन् । जो गरिबीबाट हुर्किएकी एउटी केटी सुपर मार्केट चेनको प्रमुख भएकी थिइन् । नायिका बन्ने उनको चाहना र इच्छालाई बाबुले पनि साथ दिईरहे । यही साथले कोलम्बोभन्दा उत्तर पश्चिमको सानो गाउँ गाम्पालबाट जापान जाने रहरका साथ उनले जापानी भाषा सिकेकी हुन् । जब उनका बाबुको निधन भयो, आमालाई कुनै दु:ख नहुने र अङ्ग्रेजी भाषा सिकेर पैसा कमाएर पाल्न सक्ने कुरामा विश्वस्त तुल्याएकी थिइन् । २०१७ मा… पुरा पढौ

आगामी तीन दिन नेपालको मौषम कस्तो रहन्छ, हेर्नुहोस ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै दिउँसो पहाडका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै राति उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पुरा पढौ

जापानको ओसाकामा आगलागी हुँदा कम्तीमा २४ जनाको मृत्यु, घटनाको प्रहरीद्वारा अनुसन्धान सुरु

जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा साँझसम्ममा कम्तीमा २४ जनाको मृत्यु भएको प्रहरीका जनाएको छ ।शुक्रवार बिहान ओसाकाको किता–कु सहरको जेआर ओसाका स्टेशन नजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगलागीमा परेंका २८ जनालाई अस्पताल लगिएकोमा २४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।प्रहरीका अनुसार आगलागीमा परि अहिलेसम्म २८ जनालाई अस्पताल लगिएको छ जसमा २४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।जसमा १४ जना पुरुष र १० जना महिला रहेका छन । मृत्यु हुनेको पहिचान पुष्टि न भइसकेको भएपनि २०… पुरा पढौ

उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरू खुसीयाली मनाउन प्रतिबन्ध

उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरू कुनै प्रकारका खुसीयाली मनाउन प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियाका पूर्वशासक किम जोङ–इलको १०औं पुण्यतिथिको अवसर पारेर देशमा जनतालाई ११ दिनसम्म हाँस्न प्रतिबन्ध लगाइएको हो । रेडियो फ्री एसियाले दिएको खबरअनुसार, पुण्यतिथिको बेलामा यस्तो प्रतिबन्ध पहिले पनि लगाइने गरेको थियो तर, अहिले एक दशक पुगेको अवसरमा प्रतिबन्धलाई केही दिन बढी लम्ब्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शोक मनाइने यस घडीमा उत्तर कोरियालीहरूलाई रक्सी पिउन पनि मनाही गरिएको छ । देशको उत्तरपूर्वी शहर सिनुइजुका… पुरा पढौ

जापानका विभिन्न क्षेत्रमा शुक्रबार र शनिबार बाक्लो हिमपात र चिसो हावा चल्ने, सतर्कता अपनाउन आग्रह

उत्तरी जापानदेखि पश्चिम जापान तर्फ चल्ने चिसो हावाको बलियो चापका कारण डिसेम्बर १७ तारिखदेखि १८ तारिकसम्म मुख्यतया समुन्द्री क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम विज्ञान एजेन्सीले जनाएको छ ।एजेन्सीका अनुसार शुक्रवारदेखि शनिवारसम्म यस सिजनकै सबैभन्दा चिसो हावा आकाशतर्फ गई र चिसोको चापको वितरण सुदृढ भै होक्काइडोबाट धेरै शक्तिशाली हावा चल्ने र चुगोकु क्षेत्रका समुन्द्र किनारमा भारी हिमपातको जोखिम रहेको उल्लेख गरेको छ ।हिमपातको कारण ट्राफिकमा प्रभाव पर्नुका साथै आँधीबेहरी र उच्च छालहरू आउन सक्ने भएकोले सतर्क रहन आग्रह गरिएको छ… पुरा पढौ

एमसीसी सम्झौताः अनुमोदन गर्न थप समय, नेपाले जनाएको ‘प्रतिबद्धता’ बारे के भन्छ अमेरिका

अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशनले निकट भविष्यमा झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको जनाएको छ।  वाशिङ्टन डीसीमा बुधवार जारी गरिएको विज्ञप्तिमा नेपाललाई विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे समीक्षा गरिएको उल्लेख गरिएको छ।  एमसीसी सम्झौताको विरोधमा नेपालमा विभिन्न समूहहरूले प्रदर्शन गरिरहेको बेला अमेरिकी निकायको चौमासिक बैठकमा नेपालसँगको कम्प्याक्ट भनिने सम्झौता छलफलको विषय बनेको थियो।  यसै साता सुरु भएको संसद्को अधिवेशनमा सरकारले उक्त सम्झौतालाई अघि बढाउने विवरणहरू… पुरा पढौ

पीसीआर रिपोर्ट नक्कली बनाउने पक्राउ

झापा- मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए । प्रहरीले कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसमेत बरामद गरेको छ । सञ्चालक तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल जाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, विएण्डसी अस्पताल, नेसनल पब्लिक हेल्थ ल्याब टेकु काठमाडौँलगायतका अफिसियल लेटर प्याडलाई डिजिटल स्क्यान गरी… पुरा पढौ

गगन र विश्वप्रकाश कांग्रेस महामन्त्रीमा निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत महामन्त्री पदको गणनामा थापा र शर्मा विजयी भएका हुन् । थापा सर्वाधिक मत ३०२३ सहित महामन्त्री चुनिँदा शर्मा दोस्रो धेरै मत १९८४ ल्याएर विजयी भएका हुन् । महामन्त्री पदका लागि थापा र शर्मासँगै डा.प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल र राजाराम कार्की चुनावी मैदानमा उत्रिएका थिए । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ । जित सुनिश्चित भएपछि… पुरा पढौ