शिक्षक सेवा आयोगले माग्यो २६ सय निमावि शिक्षक (विज्ञापनसहित)

-


     जनहित न्युज    
     पौष ७ गते २०७८


भक्तपुर – माध्यमिक तहको विज्ञापन खोलेको एक सातामा शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको तृतीय श्रेणीका लागि शिक्षक विज्ञापन खोलेको छ । दुई हजार पाँच सय ९८ शिक्षकका लागि आयोगले बुधबार विज्ञापन खुलाएको हो । निमाविमा शिक्षक बन्न इच्छुक उम्मेदवारले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर माघ ७ देखि १३ गतेसम्म आवेदन हाल्न सकिन्छ । 

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा गरेर स्थायी पदपूर्तिका लागि आवेदन दिन आयोगले आग्रह गरेको छ । सबैभन्दा धेरै नेपाली र अंग्रेजी विषयका शिक्षक माग गरिएको छ । नेपाली विषयमा ४३७ जना र अंग्रेजी विषयका लागि ६२४ जनाको माग भएको छ ।

गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै आयोगले विज्ञापन खुलाएको हो ।

आउँदो चैत १७ गते लिखित परीक्षा हुने शिक्षक सेवा आयोगले निकालेको सूचनामा उलेख छ ।

उक्त विज्ञापन अन्र्तगत आगामी चैत १७ गते लिखित परीक्षा हुने आयोगले जनाएको छ । यस अघि गएको मंसिर २९ गते खुलेको माध्यमिक तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ । 

nimabi_2078_09_07

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?