नोवेल कोरोनाभाइरसको ओमिक्रोनको संक्रमणलाई रोकथामका लागि भन्दै जापानले हाल लगाईएको सीमा नियन्त्रण उपायहरू “अहिलेका लागि” जनवरीको शुरुसम्म विस्तार गर्दै राष्ट्रलाई सुरक्षित राख्नेतर्फ सतर्क रहने आवश्यक रहेकोले “हामीले हालको सीमा नियन्त्रण उपायहरू तत्कालका लागि विस्तार गर्ने निर्णय गरेका छौं,” प्रधानमन्त्री फुमियो किशिदाले भने ।
दैनिक पुष्टि भएका कोरोनाभाइरसका घटनाहरूको संख्या न्यून स्तरमा रहेपनि ओमिक्रोनको संक्रमण समुदायस्तरमा नफैलिएको भए पनि जापानले बूस्टर शट रोलआउटहरू तीव्र पार्नुका साथै कोभिड-१९ विरुद्दको औषधिहरूको प्रवर्द्धन गरेर आफ्नो तयारीलाई बलियो बनाउन आवश्यक रहेको प्रधानमन्त्री किशिदाले बताए ।
सरकारले हालको सीमा नियन्त्रण उपायहरू नोभेम्बरको अन्त्यमा लगभग एक महिनाको लागि लागु गरेको थियो । विदेशबाट आउने आगन्तुकहरूमध्य रिइंट्री भएका विदेशी नागरिक, जापानी नागरिक, उनीहरूको परिवार लगायतलाई सरकारले तोकेका सुविधाहरूमा क्वारेन्टाइनमा राखदै अन्य नयाँ आगन्तुकलाई प्रवेशमा रोकलाई जनवरीको शुरुसम्म विस्तार गरिनेछ प्रधानमन्त्री किशिदाले बताए ।
र्याम्प-अप एन्टिभाइरस स्टेप्स अन्तर्गतको रूपमा परीक्षण गर्दा कोभिड-१९ बाट संक्रमित फेला परेका सबै मानिसहरूलाई जापानमा ओमिक्रोनको लागि थप परीक्षण गरिनेछ। त्यसैगरि नयाँ भेरियन्टबाट संक्रमित व्यक्तिहरूसँग नजिकको सम्पर्कमा रहेकाहरूलाई घरमा भन्दा दुई हप्तासम्म तोकिएका स्थानमा सरकारी सुविधासहित बस्न भनिने पनि बताईएको छ ।
ओमिक्रोन कसरी ट्रान्समिसेवल हुने र त्यो कति गम्भीर छ यसबाट हुने थप रोग बारे वैज्ञानिक मूल्याङ्कन हुन बाँकी छ भन्नेबारे प्रधानमन्त्रीले चालु संसदको अन्त्यपछि आयोजित पत्रकार सम्मेलनमा किशिदाले भने ।
अक्टोबरमा लामो समयदेखिको कोभिड-१९ को आपतकालीन अवस्था हटाएपछि जापानमा कोरोनाभाइरसका घटनाहरूमा वृद्धि भएको छैन र ७७ प्रतिशतभन्दा बढी जनसंख्यालाई नोवेल कोरोनाभाइरस विरुद्ध खोप दुई पटक लगाइएको छ।
सरकारले अब तत्काल स्वास्थ्य सेवाकर्मी र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर कोभिड-१९ खोपको तेस्रो शटको रोलआउटलाई तीव्रता दिन खोजिरहेको छ। अमेरिकी खोप आपूर्तिकर्ताहरू फाइजर र मोडर्नाले तेस्रो शटहरूले एन्टिबडीहरूलाई बढावा दिने र ओमिक्रोन विरुद्ध सुरक्षा प्रदान गर्ने बताएका छन्। स्वास्थ्य मन्त्रीले दुई कम्पनीको भ्याक्सिनलाई बुस्टर शटको लागि प्रयोग गर्न स्वीकृति दिएका छन ।