जापान विशेष

मनोरन्जन भिसामा जापान प्रवेशका नियम थप सहज बनाइयो 

जापानले अन्तर्राष्ट्रिय सास्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्न मनोरञ्जन भिसाको नियमहरू सहज बनाएको छ । कोरोनाभाइरस महामारीबाट प्रभावित अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहित गर्न मंगलबारदेखि मनोरन्जन भिसाका लागि गायक, अभिनेता र एथलीटहरूलाई लामो समयसम्म रहन र कार्यक्रम स्थलहरूको फराकिलो दायरामा प्रदर्शन गर्न सहज पार्दै आवश्यकताहरू सहज बनाएको जापानी सञ्चार माध्यम क्योदो न्यूजले जनाएको छ ।परिवर्तित नियम अनुसार जापान भ्रमणको क्रममा प्रत्येक दिन ५ लाख येन ($ 3,500) वा सो भन्दा बढी कमाउनेहरूले कलाकारहरूलाई ३० दिनसम्म देशमा बस्न अनुमति दिने भएको छ । यस… पुरा पढौ

एनआरएन जापानको अध्यक्षमा अत्यधिक मतका साथ नविन निउरे विजयी, सबैको भावनालाई समेटेर समन्वय र सहकार्यमा काम गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२३–२०२५ को कार्यकालका लागि भएको निर्वाचनमा नविन निउरेले अध्यक्षमा बाजी मारेका छन् ।आइतबार सम्पन्न अनलाईन भेरो भोटिङ नामक प्रणालीबाट भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी संगीता अधिकारी सुवेदीलाई पछि पार्दै २ हजार ९ सय ५५ मत प्राप्त गरि आगामी कार्यकाल २०२३-२५ का लागि अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।कुल ७ हजार १ सय ६८ मतदाता रहेकोमा ५ हजार ४ सय ४८ खसेको मत मध्य निकटतम प्रतिस्पर्धी सुवेदीले १२ सय २० मत प्राप्त गर्दा… पुरा पढौ

एनआरएनए जापानमा आगामी कार्यकालको लागि चयनका लागि आईतबार निर्वाचन हुदै (अनलाईन भोटिङ तरिका सहित)

गैरआवासीय नेपाली संघ एनआरएनए जापान नयाँ कार्यसमिति २०२३-२५ चयनका लागि आईतबार अनलाईन भोटिंग मार्फत निर्वाचन हुदैछ। निर्वाचन समिति संयोजक डम्बरराज पौडेलका अनुसार अनलाईन भोटिङ्गका लागि सबै तयारी पुरा भएको छ।अनलाईन भोटिगं प्रणाली “भेरो भोटिङ्ग प्रणाली” मार्फत पहिलो पटक हुन लागेको निर्वाचनमा फेस भेरिफिकेशनबाट मतदाताले आफ्नो मतदान प्रयोग गर्न पाउने छन् । एनआरएनए जापानले निर्धारित समयमा तोकिएको मापदण्ड पुरागरि प्रमाणीत भएका ७१६८ जनाले विभिन्न पदका २२ जनालाई चयन गर्ने छन्।अमेरिका अस्ट्रेलिया लागायतका देशमा सफलता पुर्बक प्रयोग भईसकेको भेरो भोटिङ्ग प्रणालीमा सबै… पुरा पढौ

नेपालीको समस्यामा हातेमालो गर्दै एनआरएनएको संस्थागत विकासमा योगदान गर्न उपाध्यक्षमा सचिन श्रेष्ठको उम्मेदवारी

सुनौलो हुनेछ भोलिको बिहान, इमान्दारिता मेरो पहिचान भन्ने मान्यताका साथ सचिन श्रेष्ठले एनआरएनए जापानको २०२३-२०२५ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन।विभिन्न सामाजिक क्रियाकलापमा क्रियाशील हुदै आएका श्रेष्ठ एनआरएनएको अभियानमा जापानको गत कार्यकालमा सह कोषाध्यक्ष पदमा रहेर कार्य गरिसकेका उनले नेपाली सस्कृतिको संरक्षण सकारात्मक परिवर्तनको संबाहकमा सहयोग गर्नका लागि एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।लामो समय जापानमा रहेर व्यावसायसंगै समाजिक कार्यमा क्रियाशील उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठ मोना जापानका अध्यक्षका साथमा बिभिन्न क्लब, संघ संस्थामा रहेर सामाजिक सेवामा सक्रिय… पुरा पढौ

एनआरएनए जापानको ‘चार्मिङ’ मानिने महासचिवमा श्याम शीतल र टिकाराम खरेलको टक्कर, कसले मार्ला बाजी ?  

संस्था संचालनको लागि कार्यकारी भूमिकामा रहन पाउने जनसम्पर्क बढ़ी रहने र संगठनात्मक कार्यमा प्रत्यक्ष प्रभाव पार्न सकिने महासचिवको पदमा एनआरएनए जापानमा विगतको कार्यकालमा सचिवको ज़िम्मेवारी सम्हालेका टिकाराम खरेल र मौजुदा कार्यसमितिका सचिव रहेका श्यामकुमार श्रेष्ठ श्याम शितलको टक्कर पर्ने भएको छ ।आइतबार अर्थात् जुलाई ३० तारिक हुने एनआरएनए जापानको आगामी कार्यकालको निर्वाचनका लागि ३ जनाको उम्मेदवारी दर्ता भएपनि कमल बास्तोलाले उम्मेदवारी फिर्ता लिएसंगै खरेल र श्रेष्ठको चुनावी भिडन्त हुने निश्चित भएको हो ।इमान्दारिता,आर्थिक पारदर्शिता र लगनशीलता, सक्षम,सबल र साझा एनआरएनए… पुरा पढौ

एनआरएनए जापानको चुनावी मैदानमा ४९ जनाले भिडन्त गर्दै , अध्यक्षका ४ प्रतिस्पर्धी मध्य निउरेको पक्षमा माहोल बढ्यो

एनआरएनए जापानको जुलाई ३० तारिक हुने निर्वाचनको मैदानमा २३ पदको लागि ४९ जनाले भिडन्त गर्ने छन भने चार वटा पदमा ४ जना निर्विरोध निर्वाचित भएका छन ।५३ जनाले उम्मेदवारी दर्ता गराएकोमा महासचिव पदका कमल बास्तोला, कोषाध्यक्ष पदका राकेश रुम्बा र रामबहादुर खड्का र युवा संयोजक पदका राजु भण्डारी सुनिलले उम्मेदवारी फिर्ता लिएसंगै चुनावी मैदानमा ४९ जना भिड़ने निश्चित भएको निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।युवासंयोजकमा भण्डारीले उम्मेदवारी लिएसंगै मुक्तिराज रेग्मी निर्विरोध निर्वाचित भएका छन भने महिला सचिवमा चन्द्रा… पुरा पढौ

एनआरएनए आइसीसीमा जापानबाट ६ जना निर्विरोध निर्वाचित, उम्मेदवार सुमन कार्कीले हाले उजुरी

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को (आइसीसी)सदस्य पदका लागि जापानबाट ६ जना निर्विरोध निर्वाचित भएका छन ।जुलाई ३० मा हुने एनआरएनए जापानको निर्वाचनका लागि गठित निर्वाचन समितिले बिहिबार राती जारीको गरेको सूचना अनुसार आईसीसी सदस्य पदका लागि ९ जनाको उम्मेदवारी परेकोमा ३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनीहरू निर्विरोध भएको जनाएको हो । निर्विरोध निर्वाचित हुनेहरूमा बाबुराम खरेल, बिजेश थकाली, विकास श्रेष्ठ, विष्णुप्रसाद घिमिरे, छत्रबहादुर दाहाल र राम थापा अनिल रहेका छन ।उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकालाई पटक… पुरा पढौ

शक्तिका पछाडि नलागेर आफ्नो धरातल नबिर्सेंकै कारण स्वर्गीय सीता दाहाललाई देशले सम्मान गर्यो- मन्त्री प्रकाश ज्वाला

जनस्तरबाट ‘राष्ट्रिय आमा’ को उपाधि पाएकी प्रधानमन्त्री तथा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी तथा नेकपा (माओवादी) केन्द्रकी सल्लाहकार स्वर्गीय सीता दाहालको १३ औ दिनको पुण्यतिथिमा श्रद्धान्जली सभा सम्पन्न भएको छ ।सोमबार जापानको टोकियोमा नेपाल सरकारका भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा नेपाली जनप्रगतिशील मञ्च जापान राष्ट्रिय समितिले उक्त सभा आयोजना गरेको हो ।स्वर्गीय सीता दाहालले देशमा भएको जनयुद्द र त्यसपछि देशको मुख्य कार्यकारी पदमा रहदा प्रचण्डलाई नजिकबाट सहयोग गरेर परिवर्तनका निम्ति योगदान प्रदान… पुरा पढौ

एनआरएनए जापानमा लेखा अभिलेख व्यवस्थापनमा उकृष्टता प्रदर्शन गरेका कृष्ण शर्मा गैरेद्वारा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

मौजुदा एनआरएनए जापानमा कोषको सहि व्यवस्थापन र चुस्त दुरुस्त लेखाअभिलेख राखी उकृष्टता प्रदर्शन गरेका वर्तमान कोषाध्यक्ष कृष्ण शर्मा गैरेले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनएमा सबैको अपनत्व स्वाभिमान र सम्मान पारदर्शितासंगै संस्थागत गर्दै जाने मेरो अभियान भन्ने नारालाई अघि सारेर काम गर्ने योजनासहित उपाध्यक्ष पदमा उम्मेदवारी दिएको शर्मा गैरेको भनाई छ ।जनस्तरबाट एनआरएनए जापानको कोषका बारेमा पटक पटक गुनासो आइरहेको सन्दर्भमा आफ्नो कार्यकालमा व्यवस्थित सिस्टमको विकास गरि सहि लेखा व्यवस्थापन र कोष अभिवृद्धि गरि उचित… पुरा पढौ

एनआरएनए आइसीसीको सदस्यमा राम थापा अनिलको उम्मेदवारी

गैर आवासीय नेपाली संघमार्फत विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालको सस्कृति र संस्कारप्रति आकर्षित गर्ने उद्देश्यका साथ आइसीसी सदस्य पदमामा राम थापा अनिलले उम्मेदवारी घोषणा गरेका छन ।जापानमा रहेर समाजका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय तथा एनआरएनएको गतिविधिमा २०१५ देखि क्रियाशील अनिलले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले आइसीसी सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन ।एनआरएनए जापानको उपाध्यक्ष समेत भएका अनिल निरन्तर रूपमा यस अभियानमा… पुरा पढौ