जापान विशेष

जापानमा यसअघि कहिल्यै अनुभव नगरेको जस्तो खतरनाक ताइफु आउदै, ताइफुपूर्व नै सुरक्षितस्थलमा जान आग्रह

जापानको मौसम विज्ञान निकाय (जेएमए) ले शनिबार दक्षिणी क्युशु टापुतर्फ आउँदै गरेको ‘खतरनाक’ ताइफु आउने जोखिम रहेको बताएको छ। ताइफुबाट अकल्पनीय क्षति हुनसक्ने भन्दै त्यहाँका बासिन्दालाई ताइफुपूर्व नै सुरक्षितस्थलमा जान प्रशासनले आग्रह गरेको छ।  ‘नानमाडोल’ नाम दिइएको ताइफुले प्रतिघण्टा २७० किलोमिटरको गतिमा आउने भन्दै यसलाई ‘भयानक’ ताइफुका रूपमा वर्गीकृत गरिएको छ। दिउँसो अबेरसम्म आँधी ओकिनावा टापुबाट ४०० किलोमिटर पूर्वमा रहेको दुर्गम मिनामी दाइतो टापुनजिक आइपुगेको थियो।यो ताइफु आइतबार क्युशुको दक्षिणी कागोशिमा प्रान्तमा प्रवेश गर्ने र त्यसको अर्को दिन उत्तरतर्फ सर्ने र… पुरा पढौ

१२ औ नेपाल फेष्टिवलमा १ करोड ८५ लाख भन्दा बढिको आम्दानी, २९ लाख बढि खुद नाफा

एनआरएनए जापान र जापानका लागि नेपाली राजदूतावासको संयुक्त आयोजनामा भएको १२ औ नेपाल फेष्टिवलमा १ करोड ८५ लाख भन्दा बढिको आम्दानी भएको छ ।गत जुन ३० र ३१ मा नाकानोमा भएको १२ औ नेपाली फेष्टिवलको आर्थिक विवरण सार्वजनिक गर्न शनिबार आयोजित भर्चुवल पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।नेपाल र जापानका बिचमा स्थापित दैत्य सम्बन्धलाई प्रगाढ पार्दै नेपालको मौलिक पहिचानलाई जापानी समुदायका बिचमा परिचित गराइ नेपालमा जापानी पर्यटकहरूको बढ़ावा दिने लगायतका विभिन्न उद्देश्य राखी आयोजना गरिएको सो फेष्टिवलमा स्टलबाट… पुरा पढौ

जापानमा फिल्म ‘लाखे’ को प्रदर्शन हुने, जेबी गुरुङले किने महंगो मूल्यमा

सस्पेन्स थ्रिलर जनराको मल्टिस्टारर फिल्म ‘लाखे’ को जापान राइट बिक्रि गरिएको छ । जापान निवासी युवा ब्याबसायी तथा समाजसेवी जेबी गुरुङले महंगो मूल्यमा आफ्नो फिल्मको जापान प्रदर्शन अधिकार किनेको जानकारी कार्यकारी निर्माता हरि मल्ल ठकुरीले दिएका छन् ।  फस्र्टलुक पोस्टरसँगै चर्चामा रहेको ‘लाखे’ को टिजरले पनि दर्शकको ध्यान तानेकाले ‘ओभरसिज राइटस्’ का लागि अफर आइरहेको मल्लले बताए । जापानपछि केही दिनमै अन्य देशमा फिल्म बेच्ने तयारी गरिएको उनले सुनाए ।  निर्देशक सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल,अनुप विक्रम शाही, अर्पण… पुरा पढौ

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि अध्ययन पश्चातको बारेमा परामर्श दिन अनलाइन सेमिनार गरिदै

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि भाषा अध्ययन पश्चात् थप अध्ययन र वर्किङ भिषाको लागि आवश्यक परामर्श दिनको लागि एक अनलाइन सेमिनारको आयोजना गरिने भएको छ ।一般社団法人NPPFJAPAN जनप्रगतिशील हेल्प डेक्स, नेपाली बिद्यार्थी समाज जापान सेन्दाई बिद्यार्थी समूह जापान, जनसहयोग जापान ( Public Support In Japan) को संयुक्त आयोजनामा सेप्टेम्बर २३ तारिकका दिन जापानमा रहेका यससँग सम्बन्धित विज्ञसहित जानकार व्यक्तित्वको सहभागितामा सूचना र जानकारीमूलक अन्तरक्रियात्मक सेमिनार गर्न लागिएको जनप्रगतिशील हेल्प डेक्सका संयोजक राज पुरीले जानकारी दिए ।सो सेमिनारमा जापानको भाषा अध्ययन पश्चात्… पुरा पढौ

जापानमा रहेकी गायिका अमृता श्रीपालले यौनदुर्ब्यवहार सहित ज्यानमार्ने धम्की दिएको आरोप , दोहोरी संचालकले गरे खण्डन

टोकियो - साँगीतिक कार्यक्रमको सिलसिलामा केही समयदेखि जापानमा रहँदै आएकी गायिका अमृता श्रीपालमाथि हातपात तथा यौनदुर्ब्यवहार दुर्ब्यवहार र ज्यान मार्ने धम्की आएको घटनाप्रति मोना जापानले घोर भत्सर्ना गरेको छ । म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. २ भकिम्ले घर भई हाल साँगीतिक कार्यक्रमका लागि केही समयदेखि जापानमा रहँदै आएकी गायिका अमृता श्रीपालले आफुमाथि हातपात तथा यौनजन्य दुर्ब्यवहार हुनुका साथै ज्यान मार्ने धम्की आएकोले न्यायिक सुरक्षा पाउँ भनि निवेदन पर्न आएको भन्दै मोना जापानले एक बिज्ञप्ति प्रकाशित गरी गम्भीर ध्यानाकर्षण भएको… पुरा पढौ

गलकोट समाज जापानको अध्यक्षमा कालिका थापा निर्वाचित, ‘समाजको लक्ष्य र उदेश्य पुरा गर्न सबै सरोकारवाला निकायसँग समन्वय गरेर कार्य गर्ने छु’-अध्यक्ष थापा

गलकोट समाज जापानको सातौ अधिवेशनबाट कालिका थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन ।मंगलबार नागोयामा सम्पन्न सो अधिवेशनले आगामी २०२२-२०२४ को कार्यकालको लागि थापाको अध्यक्षतामा ३९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध रूपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक मोहन खत्रीले जानकारी दिए । “हाम्रो गाउ“ हाम्रो ठाउ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी लागि गलकोट क्षेत्रको सामाजिक ,आर्थिक,सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गलकोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुरयाउने उदेश्यले जापानमा सन् २००६… पुरा पढौ

प्रवासी नेपाली एकता मञ्च जापानको अध्यक्षमा द्रोण सिलवाल चयन

नेकपा एकीकृत समाजवादी प्रवास समन्वय कमिटि अन्तरगतको प्रवासी नेपाली एकता मञ्च जापानको शनिबार सम्पन्न भेलाले द्रोण सिलवाललाई अध्यक्षमा चयन गर्दै कमिटिलाई पुनर्गठन गरेको छ।नेकपा एकीकृत समाजवादी प्रवास समन्वय कमिटि ईञ्चार्ज तथा संयोजक श्री प्रसाद साहको प्रमुख आतिथ्यता तथा कमिटिका अध्यक्ष सागर रिजालको अध्यक्षतामा सम्पन्न भेलाले सिलवाललाई अध्यक्षसहित मञ्जु गिरी, तिलक दाहाल र हरि लामिछानेलाई उपाध्यक्ष चयन गरेको छ । भेलामा बोलदै ईञ्चार्ज तथा संयोजक श्री प्रसाद साहले प्रवासमा रहेका नेपालीहरूले नेपालको समृद्धिमा ठूलो योगदान पुर्याउदै आएकोले उनीहरूको सीप क्षमता, ज्ञान… पुरा पढौ

जापानले न्यून आय भएका परिवारको लागि राहत प्याकेज ल्याउदै, प्रति परिवार ५० हजार येन दिने

जापान सरकारले २४ वर्ष यता कै तीव्र मुद्रास्फीतिको चपेटालाई न्यून आय भएका प्रति परिवार ५० हजार येन ($ 351) राहत प्याकेजको रूपमा वितरण गर्ने योजना बनाएको छ ।युक्रेन-रूसको युद्धका कारणले गर्दा उच्च ऊर्जा अभाव र खाद्यान्नको मूल्यहरूमा अत्यधिक मूल्य वृद्धि भै न्यून आय भई कष्टकर जीवन भएका परिवारलाई राहत प्रदान गर्ने गरि सो प्याकेज दिन लागिएको उच्च सरकारी स्रोतलाई उदृत गर्दै जापानी समाचार माध्यमले जनाएका छन । विशेष गरेर यस्तो राहत प्राप्त गर्नका लागि आवासीय करबाट छुट भएका घरपरिवारहरू योग्य… पुरा पढौ

फुकुओकाको जापानी भाषा पढाउने विद्यालयले विदेशी विद्यार्थीमाथि मानवअधिकार उल्लङ्घन गरेको पाइएपछि अध्यागमनले बन्द गरायो

जापानको अध्यागमन सेवा एजेन्सीले फुकुओकाको मिनामी वार्डमा रहेको जापानी भाषा विद्यालय निशिनिहोन इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटबाट विदेशी विद्यार्थीहरूलाई साङ्लो र तालाले थुनेर राख्ने जस्ता मानवअधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै विदेशी विद्यार्थीहरूलाई स्वीकार गर्ने अधिकार खारेज गरेको छ ।हाल सो विद्यालयमा रहेका लगभग ६३० जना विद्यार्थीलाई समेत अन्य विद्यालयमा स्थानान्तरण गर्न निर्देशन दिइएको छ । ६३० विद्यार्थी मध्य अधिकांश नेपाली विद्यार्थीहरूपनि रहेको बताईए पनि यसबारे थप केहि जानकारी उल्लेख गरिएको छैन । सन् २०१६ मा जापानी भाषा विद्यालय सञ्चालनका मापदण्डमा कडाई गरिएपछि… पुरा पढौ

जापानको सेन्दाइमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम हुने

सेन्दाई विद्यार्थी समूह र कर्णाली प्रदेश समाज, सेन्दाईले संयुक्त रूपमा विजया दशमी तथा दीपावलीको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएका छन ।नेपालीहरूको महान पर्वको अवसर पारेर प्रवासमा पनि आफ़नो कला संस्कृति, रितिरिवाज र चाडपर्वलाई बचाई राख्ने उद्देश्यले जापानका लागी नेपाली राजदूत महामहिम डाक्टर दुर्गा बहादुर सुबेदीको प्रमुख आतिथ्यमा सेप्टेम्बर २५ तारिकका दिन सो कार्यक्रम गर्न लागिएको सेन्दाई विद्यार्थी समूहका अध्यक्ष गोकर्ण रूपाखेतीले जानकारी दिए ।जापानको सेन्दाइमा भएका सबै संघसंस्था सहित त्यहा रहेका नेपालीको समुदायहरूको उपस्थित रहने गरि कार्यक्रम गरिने… पुरा पढौ