
गलकोट समाज जापानको सातौ अधिवेशनबाट कालिका थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन ।
मंगलबार नागोयामा सम्पन्न सो अधिवेशनले आगामी २०२२-२०२४ को कार्यकालको लागि थापाको अध्यक्षतामा ३९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध रूपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक मोहन खत्रीले जानकारी दिए ।

“हाम्रो गाउ“ हाम्रो ठाउ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी लागि गलकोट क्षेत्रको सामाजिक ,आर्थिक,सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गलकोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुरयाउने उदेश्यले जापानमा सन् २००६ मा स्थापना भएको सो समाजको उपाध्यक्षमा रत्नसिंह बस्नेत, राजेन्द्र श्रेष्ठ, डिला गैरे, शिबु थापा, लोकेश खत्री, रामप्रसाद गैरे , अम्मर भण्डारी, गोविन्द खड्का, जीवन गैरे र महिला उपाध्यक्ष चन्द्रकुमारी केसी अधिकारी निर्वाचित भएका छन ।

सामाजिक सत्भाव,पारस्परिक सहयोग, आपसी एकता र सहकार्यकोे विकास गरि जन्मभूमिप्रतिको माया, ममता र जागरणलाइ कायमै राखी, सुन्दर, स्वावलम्वी र स्वाभिमानी, समतामुलक समाज निर्माण गर्ने उद्देश्य राखी गठन भएको गलकोट समाजमार्फत सामाजिक सेवा गर्नका लागि जापानमा क्रियाशील संस्थाहरुका माझमा आफ्नो फरक पहिचान बनाउदै शिक्षा स्वास्थ्य, मानवीय सहयोग सहित भैपरि आउने हरेक कार्यका लागि एकल वा समन्वयात्मक रुपमा कार्य गर्दै आइरहेको समाजको सम्पन्न अधिवेशनबाट महासचिबमा लक्ष्मण कार्की, सचिवमा गौरी सापकोटा, डिलाराम निउरे र युवराज गौतम, कोषाध्यक्षमा डिलबहादुर थापा रामु, सह कोषाध्यक्षमा भेषनाथ गौतम, गंगा घर्ती मगर र रमेश कुमार खत्री, युवा संयोजकमा मनोज केसी महिला संयोजकमा पवि अधिकारी सर्वसहमत रूपमा चयन भएका छन ।

समाजको सदस्यमा दिलिप कंडेल, खगराज गौतम, प्रकाश गैरे, राजा खत्री, राम थापा काजी, गीता बस्नेत, भिम श्रीस, दुर्गा थापा निर्वाचित भएका छन । त्यसैगरि सदस्यमा निर्वाचित हुनेहरूमा आनन्द थापा, रेशम सुनार, कुलबिर थापा, विपिन केसी, प्रकाश केसी, रामबहादुर खत्री, दयाराम कंडेल, सोमनाथ चालिसे, विशाल केसी, विरबहादुर खत्री र डम्मर पुन रहेका छन ।

नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोबिन्द श्रेष्ठले गलकोट समाज जापानले जापानका नेपाली समुदायमा रहेका विभिन्न संघ संस्था र समाजको नेतृत्वदायी र अग्रजको रूपमा भूमिका खेल्नुपर्ने बताए ।

शुभकामना मन्तव्य व्यक्त गर्दै एनआरएनए एसिया प्यासिफ़िक क्षेत्रका संयोजक पारसमणि पोखरेलले जापानमा रहेका हरेक संस्थाले नेपाली समुदायका लागि रचनात्मक ढंगले योजना तय गरि कार्यान्वयन गरिनुपर्ने धारणा राखे ।
नवनिर्वाचित अध्यक्ष कालिका थापाले समाजले राखेका लक्ष्य र उदेश्य पुरा गर्नका लागि सबै सरोकारवाला निकायसँग समन्वय गरेका कार्य सम्पादन गर्ने बताइन ।

निर्वाचित कार्यसमितिलाई शुभकामना मन्तव्य राख्ने वक्ताहरूले जापानमा रहेका मध्यको अग्रज संस्था गलकोट समाज जापान रहेकोले यसले गर्ने हरेक गतिविधि अन्यको लागि नजिरको रूपमा स्थापित हुने भएकोले सोहि अनुरूप कार्य गर्न गराउनका लागि आग्रह गरेका थिए ।

यसरी शुभकामना मन्तव्य राख्नेहरूमा समाजका समरक्षक मोहन खत्री एनआरएनए आइसीसी सदस्य दिपक कार्की, समाजसेवी विष्णुप्रसाद शर्मा, एनआरएनए जापानका सचिव श्याम शितल, गैरे समाज जापानका अध्यक्ष हुमप्रसाद गैरे, यमलाल सापकोटा दर्शन समाज जापानका सुरज मल्ल पत्रकार तथा स्याङ्जा समाज जापानका निशान राना मगर रहेका थिए ।

कार्यक्रममा गत कार्यकालको प्रगति प्रतिवेदन महासचिव नवीन निउरले र कोषाध्यक्ष डिला गैरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
उद्घाटन सत्रको कार्यक्रमको अध्यक्षता अध्यक्ष यम खत्री र कार्यक्रम संचालन महासचिव नवीन निउरे र सचिव लक्ष्मण कार्कीले गरेका थिए भने घोषणा सभाको अध्यक्षता संयोजक मोहन खत्री र संचालन निर्वाचन समितिका सदस्य सचिव भवानी पन्तले गरेका थिए ।

बागलुङ जिल्लाको केन्द्र भागको गलकोटबाट वैदेशिक रोजागारीको शिलशिलामा विभिन्न पेशा व्यावसाय अध्ययन लगायतका कार्यका लागि जापानमा बसोबास गर्ने गलकोटबासीहरुमा एकताको भावना विकास गराइ, उनीहरुको जीवनस्तरलाई गुणात्मक परिवर्तनतर्फ आकर्षित गर्न ज्ञान सीप र पूजिको माध्यमबाट गलकोटसहित नेपालका विभिन्न क्षेत्रमा सहयोगहरु प्रदान भैरहेको समाजका नव निर्वाचित अध्यक्ष थापाले बताईन ।

गलकोट समाज जापानले गलकोटको लोकप्रियता र प्रसिद्धिलाई स्थापित गर्न, हरेक गलकोटे तथा आम नेपालीहरुमा सकारात्मक र सहयोगात्मक धारणाको विकास गर्ने उदेश्यले स्वदेश तथा विदेशमा रहने गलकोटेलाई आइपरेका समस्या तथा अप्ठ्यारामा परेकालाई सहयोग पुर्याउने र समाजलाई सकारात्मक दिशामा लैजान प्रोत्साहित गर्न सहयोग पुर्याउने हेतुले संस्थाद्धारा विभिन्न क्षेत्रबाट संकलित रकमबाट १ करोडको अक्षय कोष स्थापना गरिएको पनि निवर्तमान अध्यक्ष खत्रीले जानकारी दिए ।
