प्रवासी नेपाली एकता मञ्च जापानको अध्यक्षमा द्रोण सिलवाल चयन

-


     जनहित न्युज    
     भाद्र २६ गते २०७९


नेकपा एकीकृत समाजवादी प्रवास समन्वय कमिटि अन्तरगतको प्रवासी नेपाली एकता मञ्च जापानको शनिबार सम्पन्न भेलाले द्रोण सिलवाललाई अध्यक्षमा चयन गर्दै कमिटिलाई पुनर्गठन गरेको छ।
नेकपा एकीकृत समाजवादी प्रवास समन्वय कमिटि ईञ्चार्ज तथा संयोजक श्री प्रसाद साहको प्रमुख आतिथ्यता तथा कमिटिका अध्यक्ष सागर रिजालको अध्यक्षतामा सम्पन्न भेलाले सिलवाललाई अध्यक्षसहित मञ्जु गिरी, तिलक दाहाल र हरि लामिछानेलाई उपाध्यक्ष चयन गरेको छ ।


भेलामा बोलदै ईञ्चार्ज तथा संयोजक श्री प्रसाद साहले प्रवासमा रहेका नेपालीहरूले नेपालको समृद्धिमा ठूलो योगदान पुर्याउदै आएकोले उनीहरूको सीप क्षमता, ज्ञान र पूँजीलाई नेपालको विकासमा लगाउन आवश्यक भूमिका निर्वाह गर्नका लागि मञ्चलाई आग्रह गरे ।
पुनर्गठित समितिको सचिवमा टक्कर कुवँर उपसचिवमा सचिन नेम्वांग र कोषाध्यक्षमा श्रीकृष्ण अर्याललाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष सिलवालले जानकारी दिए ।

जापानमा रहेको नेपाली समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरि आफ़नो भूमिका प्रस्तुत गर्न योजनाबद्द रूपमा लाग्ने अठोट गर्दै सम्पन्न भेलाले कमिटीको सदस्यमा माधव आचार्य, एस पी कपिल, भुवन घिमिरे, बिष्णु थपलिया, डिल्ली पौडेल, बिनोद दाहाल, बिश्वास न्यौपाने, निर्प कुवर, शिक्षा सत्याल, रत्ना कुवँर, सुमित रोकाया, दिनेश खनाल, रेयन भट्टराई, कृष्ण धमला, नकुल तिमिल्सिना, प्रल्हाद अधिकारी, जनकराज मंडेल,
र तुलराज पाण्डे चयन गरेको छ ।
कमिटीको सल्लाहकारमा राजेन्द्र भट्टराई, दिनेशराज ज्ञवाली, राजु कार्की, सागरमणि भण्डारी, भोजराम भण्डारी र प्रकाश महरा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?