जापान विशेष

नेपाल–जापान रोजगार सम्बन्ध : दोस्रो विश्वयुद्धदेखि सुरु, श्रम सम्झौतामै सीमित

सन् १९४५ मा दोस्रो विश्वयुद्ध लड्न ब्रिटिस सरकारको तर्फबाट नेपाली युवाहरू जापान पुगेका थिए । विश्वयुद्ध लड्ने क्रममा जापान पुगेका कतिपय नेपालीहरू युद्धको अन्त्य भएपछि जर्मनी र बेलायत नफर्की उतै बसेको अध्ययनका क्रममा भेटिएको सत्यमोहन जोशीको ‘आप्रवासन रोजगारीसम्बन्धी’ इतिहास पुस्तकमा उल्लेख छ । कति संख्यामा नेपालीहरू दोस्रो विश्वयुद्धपछि जापानमै काम गर्दै बसे भन्ने यकिन तथ्यांक नभए पनि त्यो समयदेखि नेपालीहरू रोजगारीका लागि जापान जान थालेको वैदेशिक रोजगारीसम्बन्धी धेरै अध्ययनहरूमा उल्लेख गरिएको पाइन्छ । सन् १९६० को आसपासमा नेपालीहरू निर्माण क्षेत्रमा काम… पुरा पढौ

२० हजार येनसम्मको माईनम्बर पोइन्ट(マイナポイント) के हो र यो कसरी पाइन्छ ?

जापान सरकारले आफ़्ना नागरिकहरुको ब्यक्तिगत जानकारीहरुलाई एउटै कार्डमा एकिकृत गरी प्रशासनिक कार्यहरुको सहज ब्यवस्थापन गर्ने उदेश्यका साथ सन् २०१६ जनवरीदेखि लागु गरेको माईनम्बर कार्ड प्रणाली सरकारले सोंचे अनुसारको गतिमा नागरिकले प्रयोग नगरे पछि (२०२२ मे १ को तथ्यांक अनुसार करिब ४४ प्रतिशत नागरिकले मात्र यो कार्ड लिएका छन्) सरकारले बिभिन्न समयमा बिभिन्न क्याम्पेन/योजना लागू गरी यसको प्रयोगकर्ता बढाउन खोजेको देखिन्छ ।यसै शिलशिलामा अहिले चलिरहेको माईनम्बर पोइन्टको बारेमा सायद तपाईंहरुले सुन्नु भएकै होला । साधारण रुपमा बुझ्दा नया माईनम्बर कार्ड लिंदा… पुरा पढौ

आमाको धर्मले जीवन नष्ट गरेको आबे हत्याका अभियुक्त भनाई, अभियोजकीय उदारताको अनुरोध गर्ने निवेदनमा हस्ताक्षर गर्नेको संख्या बढ्दै 

आमाले धार्मिक संस्थालाई सम्पत्ति चन्दा दिएर आफ़्नो जीवन नष्ट गरेको भनेर जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्याका अभियुक्तले भनेसंगै अभियोजकीय उदारताको अनुरोध गर्ने निवेदनमा हस्ताक्षर गर्नेको संख्या बढ्दै जान थालेक़ो छ ।घरेलु निर्माण गरिएको बन्दुकको प्रयोग गरि जुलाई ८ तारिकका दिन ४१ वर्षीय तेत्सुया यामागामीले पूर्व प्रधान मन्त्री आबेको हत्यापछि खुलेका रहस्यबाट निजकी आमाले सम्पूर्ण सम्पत्ति विवादास्पद युनिफिकेशन चर्चलाई चन्दा स्वरूप प्रदान गरेपछि आक्रोशित भै हत्या गरेको बुझाईले उनीप्रति सहानुभूति सहित अभियोजकीय उदारताको अनुरोध गर्ने निवेदनमा हस्ताक्षर गर्नेको संख्या बढ्दै… पुरा पढौ

शिन्जो आबेको राजकीय अन्त्येष्टिमा करिब २५० मिलियन येन खर्च हुने 

पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा करिब २५० मिलियन येन खर्च हुने अपेक्षा गरिएको छ । करिब ६ हजार ४ सय जनाको सहभागी हुने गरि गरिन लागेको व्यवस्थाका लागि सरकारले आगामी मन्त्रिपरिषद् बैठकमा सो खर्चको निर्णय गर्ने बताईएको छ । समारोह सेप्टेम्बर २७ मा टोकियोको निप्पोन बुदोकान हलमा आयोजना हुने तय भएको छ । राज्यले राष्ट्रिय अन्त्येष्टिको लागि स्थल शुल्क र तापमान जाँच, कीटाणुशोधन र कोरोनाभाइरसको फैलावट कम गर्न लगायत अन्य खर्च सहित सम्पूर्णको लागि उक्त रकम खर्च हुने र… पुरा पढौ

शिन्जो आबेको अन्त्येष्टिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने भएका छन । भारतीय सरकारी स्रोतका अनुसार यो एक दिने भ्रमण हुनेछ।जापान सरकारले सेप्टेम्बर २७ मा आबेको राजकीय अन्त्येष्टि गर्ने कार्यक्रम तय गरेको छ । टोकियोको कितानोमारु नेसनल गार्डेनस्थित निप्पोन बुदोकान एरेनामा उक्त समारोह हुनेछ।जापानको क्योदो न्यूजका अनुसार प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री फुमियो किशिदासँग पनि भेटवार्ता गर्ने बताइएको छ।     जापान भारतको एक प्रमुख सहयोगी हो, दुबै देशले संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाको साथमा व्यापक साझेदारीको ‘क्वाड ढाँचा’ मा… पुरा पढौ

नेपालको श्रमयुक्त जनशक्ति जापानमा भित्राउनका लागि सरकारी क्षेत्रबाट व्यवस्थित रूपमा पहल गरिनुपर्ने

नेपालको श्रमयुक्त जनशक्ति जापानमा भित्राउनका लागि सरकारी क्षेत्रबाट व्यवस्थित रूपमा पहल गरिनुपर्ने बताइएको छ ।जापान स्थित नेपाली राजदुतावास, गैर आवासीय नेपाली संघ जापान र जापान लिडिङ एज फाउन्डेसन (JLEF)को संयुक्त आयोजनामा मंगलबार भएको “जापानी व्यवसायहरुको लागी नेपाली दक्ष-जनशक्तिको संभावना” विषयक वेबिनारमा सहभागी प्यानलिष्टहरूले हाल जापानमा नेपालबाट मुख्य गरेर कृषि, खाद्य र नर्सिंग लगायतका क्षेत्रमा कामदारहरू आउने गरेकोमा नेपाल सरकारले कूटनीतिक रूपमा थप आवश्यक पहल गरेमा अन्य १२ क्षेत्रमा पनि धेरै श्रमयुक्त र दक्ष जनशक्ति भित्राउन सकिने विचार व्यक्त गरेका हुन… पुरा पढौ

कानागावा नेपाली कम्युनिटीको तेस्रो अधिवेशन, अध्यक्षमा राजेन्द्र श्रेष्ठ निर्वाचित

जापानमा रहेको कानागावा नेपाली कम्युनिटीको तेस्रो अधिवेशन सर्वसम्मति रूपमा राजेन्द्र श्रेष्ठको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्दै सोमवार सम्पन्न भएको छ । नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमकान्त कँडेल, उपाध्यक्षहरूमा गणेशजंग राणा, भीष्मविक्रम थापा, टिकाराम कँडेल र राजेन्द्र अर्याल, महासचिवमा सुशील तिवारी, कोषाध्यक्षमा सुरेश के.सी. र सह-सचिवमा रूद्रलाल कँडेल ‘रामु’ चयन हुनु भएको छ भने सदस्यहरूमा सुदीप लम्साल, राजकुमार श्रेष्ठ, सचिन के.सी.,भरत देवकोटा, विष्णु थापा क्षेत्री र नारायणप्रसाद कँडेललाई छनौट गरेको निर्वाचन समितिका संयोजक प्रकाश पौडेल ‘माइला’ ले जानकारी… पुरा पढौ

जापान प्रवेशका लागि अब ‘अनिवार्य’कोरोना परीक्षण नियम हटाइदै

जापानले कोभिड-१९ विरुद्धको खोप लगाएका यात्रुहरूका लागि जापान प्रवेशको लागि कोराना परीक्षण हटाउने सोच गरिरहेको छ ।हालको नियमले यात्रुहरूले आफ्नो प्रस्थानको ७२ घण्टा भित्रको नकारात्मक परीक्षण रिपोर्ट देखाउनु पर्ने अनिवार्यता हटाउन लागेको निक्केइको रिपोर्टले जनाएको छ ।जापानका अधिकारीहरूले सो परीक्षणको रिपोर्टलाई अनिवार्य गरिदा कागजी कार्यहरू प्राप्त गर्न गाह्रो भएकोले भ्याक्सिन लगाइएकाहरूलाई अहिलेको नियममा पुनर्विचार गरिने सोच बनाई रहेको सो समाचार माध्यमले जनाएको छ ।विभिन्न देशको कोरोना संक्रमणको अवस्थालाई मध्य नजर राखी यात्रुको सहजताको केही हप्ता भित्र प्रभाव पार्ने गरेर सोहि… पुरा पढौ

जापानका प्रधानमन्त्री किशिदा भए कोरोना संक्रमित, ट्युनिसियाको भ्रमण रद्द

जापान सरकारले प्रधानमन्त्री किशिदा फुमियोलाई कोभिड-१९ पोजेटिभ देखिएको सरकारी संचारमाध्यमले आइतबार जनाएका छन। प्रधानमन्त्रीलाई शनिबार साँझदेखि नै हल्का ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिएको थियो । आइतबार बिहान उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । किशिदा अगस्ट १५ को साँझबाट गर्मीको बिदामा थिए, यस अवधिमा उनले इबाराकी प्रिफेक्चरमा गल्फ खेले र शिजुओका प्रिफेक्चरको एक होटलमा अन्य आउटिङहरूमा बसे। उनी शुक्रबार दिउँसो टोकियो फर्किएका थिए ।किशिदाको निकट भविष्यमा हुने तय भएको ट्युनिसियाको आफ्नो यात्रा सम्भवतः रद्द गर्नेछन… पुरा पढौ

ताइवानको विषयमा चीनसँग सम्बन्ध बिग्रिदै जादा जापानले १ हजार लामो दुरीसम्म मार हान्न सक्ने क्रुज क्षेप्यास्त्र तैनाथ

चीनको सम्भावित आक्रमणको जवाफका लागि जापानले लामो दुरीको क्रुज क्षेप्यास्त्र तैनाथ गर्नेबारे तयारी गरिरहेको खुलासा भएको छ । जापानको योमिउरी अखबारले आइतबार जनाएअनुसार जापानले १ हजार लामो दुरीसम्म मार हान्न सक्ने क्रुज क्षेप्यास्त्र तैनाथ गर्न लागेको हो । सरकारी स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले दिएका जानकारीअनुसार जापानले हाल प्रयोग गर्दै आएका क्षेप्यास्त्रलाई नै सुधार गरी लामो दुरीको क्रुज क्षेप्यास्त्रमा परिणत गरिनेछ । यसअनुसार १ सय किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्रलाई १ हजार किलोमिटरसम्म मार हान्न सक्ने गरी सुधार गरिने समाचारमा… पुरा पढौ