जापान विशेष

गुल्मी आँपचौर सेवा समिति जापानले ‘तिज विशेष बृहत् सांस्कृतिक कार्यक्रम-२०२२’ गर्ने

गुल्मी आँपचौर सेवा समिति जापानले हरितालिका तिजको अवसरमा ‘ तिज विशेष बृहत् सांस्कृतिक कार्यक्रम-२०२२’ गर्ने भएको छ ।‘धर्म,लोकसंस्कृति चाड हाम्रो पहिचान, यिनको संरक्षण र समवर्धन गर्ने हाम्रो मूल अभियान’ भन्ने मान्यताका साथ अगस्ट २६ तारिकका दिन टोकियोको शिनओकुबोको सोलमारी शिमामुरा हलमा सो कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष कृष्णप्रसाद पोखरेल’बाबु’ ले जानकारी दिएका छन ।जापानमा रहेका नेपाली कलाकारहरूको प्रस्तुति रहने सो कार्यक्रममा नेपाली महिलाको चाडसँग सम्बन्धित क्रियाकलापहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गरिने सो कार्यक्रममा समाजसँग सम्बन्धित सम्पूर्ण दिदीबहिनी दाजुभाइहरूलाई उपस्थितिको लागि… पुरा पढौ

उठाइएका विषयलाई अनुत्तरित राख्दै एनआरएनए जापानको अन्तरकलह ३८१ दिन पछि मिल्यो

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको अन्तरकलह तथा विवाद ठिक ३८१ दिन पछि मिलेको छ ।एनआरएनए जापानको कार्यकाल २०२१–२०२३ का लागि ३० जुलाई २०२१ सम्पन्न निर्वाचनबाट निर्वाचित शिवप्रसाद पौडेल नेतृत्वको समितिलाई अनिता गुरुङ नेतृत्वको असन्तुष्ट पक्षले अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक रुपमा सिस्टमको दुरुपयोग गरि असम्बन्धित पक्षले मतदान गरेर धाँधलीपूर्ण निर्वाचन भएको आरोप लगाउदै बढेको विवाद पद बाँडफाड़मा गएर टुङिएको छ । विभिन्न चरणमा भएका द्वीपक्षीय वार्तापछि मंगलबार अनलाईनमा उपस्थित एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष त्रय कुल आचार्य, रबिना… पुरा पढौ

जापानमा पहिलो पाइला टेक्दा…

सन् १९५४ मा जापानको राजधानी टोकियोमा पाइला टेक्दा जिउनै सिरिङ्ग भयो । दोस्रो विश्व युद्धमा अमेरिकाले हिरोसिमा, नागासाकीमा बी–२ बम्वार्ड गरेको थियो । सन् १९४५ अगस्ट ६ तारिखका दिन भएको बम वर्षाले ८० हजार जापानी नागरिकको ज्यान गएको थियो, लाखौंको संख्यामा युवा, वृद्धवृद्धा, बालबालिकाको बेहाल र हजारौं नागरिक अपांग भएको, लाखौं नागरिकको घर ध्वस्त भएको थियो । र सम्पूर्ण उद्योग कलकारखाना बमले ध्वस्त भएको कुरा समाचारमा सुनेको थिएँ । त्यस्तो ठाउँमा पाइला टेक्दा टोकियोको हालत पनि हृदयविदारक थियो । म… पुरा पढौ

मोना जापानको साधारण सभा तथा क्षेत्रीय भेला शिजुओकामा सम्पन्न (फोटोफिचरसहित)

टोकियो - म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको वार्षिक साधारण सभा तथा क्षेत्रीय भेला शनिबार शिजुओकामा सम्पन्न भएको छ ।साधारण सभामा मौजुदा कार्यसमितिका महासचिव गणेश श्रेष्ठले हालसम्मको कार्यप्रगति प्रतिबेदन पेश गरेका थिए भने कोषाध्यक्ष ज्ञानेन्द्र केसीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिबेदनलाई साधारण सभाले पारित गरेको थियो ।अध्यक्ष सचिन श्रेष्ठको सभापतित्वमा भएको सो साधारण सभा एवं क्षेत्रीय भेलाको प्रमुख अतिथि मोना केन्द्रका वरिष्ठ उपाध्यक्ष, सभाध्यक्ष र बिशेष अतिथिहरुले रिबन काटेर उदघाटन गरेका थिए । मोना जापानको क्षेत्रीय समिति… पुरा पढौ

कोभिड महामारीले जापान विवाह गर्नेको संख्यामा गिरावट, ४ मध्ये १ पुरुष अविवाहित बस्न थाले

जापानमा विवाह गर्नेको संख्या घट्दै गएको छ। पछिल्लो तथ्याङ्क अनुसार २०२१ मा विवाह गर्ने जोडीको संख्या ऐतिहासिक रूपमै न्यून भएको छ । विगतमा ९० प्रतिशत भन्दा बढी महिला र पुरुषका लागि विवाह जीवनको एउटा महत्वपूर्ण घटना रूपमा हुने थियो । तर अहिले चार मध्ये एक पुरुष र छ मध्ये एक महिलाले विवाह नै नगर्ने निर्णयमा पुग्ने गरेका छन।वैवाहिक जीवनमा बाँधिने विचार गर्ने व्यक्तिहरूले "जुन दुलही" भन्ने शब्द सुनेका हुन सक्छन्। यो वाक्यांश जुन महिनामा विवाह गर्ने महिलाहरू खुसी हुन्छन् भन्ने… पुरा पढौ

टोकियो र फुकुओका पछि नागोयामा सेप्टेम्बर ३ र ४ मा दोस्रो नेपाल फेस्टिवल हुदै

जापानको राजधानी टोकियो र अर्को शहर  फुकुओकामा भव्यताका साथ सम्पन्न नेपाल र नेपाली चिनाउन गरिएका फेस्टिभलपछि जापानको तेस्रो ठूलो शहर र नेपालीहरु धेरै बस्ने नागोयामा नेपाल फेस्टिवल हुने भएको छ । टोकियोमा भएको नेपाल फेष्टिबलको उद्‌घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र फुकुओकामा भएको नेपाल फेष्टिबलको उद्‌घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी ) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए । सामाजिक सञ्जालमा टोकियोको फेस्टिवल एमालेमय र  फुकुओकाको फेस्टिभल माओवादीमय भयो भन्दै टिका टिप्पणी भएका थिए । यद्यपि फुकुओकामा… पुरा पढौ

सिजुओकामा “तिज धमाका २०२२ विशेष सांगीतिक कार्यक्रम” हुने

नेपाली हिन्दू नारीहरूको चाड हरितालिका तिजको अवसरमा स्याङ्जा समाज जापान, सिजुओका स्पोर्ट्स क्लब जापान, सिजुओका र गल्कोट समाज जापान, सिजुओकाको संयुक्त आयोजनामा “तिज धमाका २०२२ विशेष सांगीतिक कार्यक्रम” गर्ने भएका छन ।अगस्टको २९ तारिक सोमबार हुने कार्यक्रममा नेपाली लोकदोहोरीका लोकप्रिय कलाकारहरू पशुपति शर्मा र शर्मिला गुरुङको उपस्थिति र प्रस्तुतिमा आईसेरु २१ सिजुओकामा गर्न लागिएको सिजुओका स्पोर्ट्स क्लब जापानका अध्यक्ष कृष्ण केसीले जानकारी दिए ।कोरोना महामारीका कारण विगत केहि वर्षदेखि सार्वजनिक रूप यस्ता सांगीतिक कार्यक्रम नभैरहेको सन्दर्भमा यस वर्षको तिजमा नेपाली… पुरा पढौ

‘लिटिल ब्वाइ’ र ‘फ्याट म्यान’ ले ध्वस्त हिरोशिमा र नागासाकीमा ७७ वर्षपछिको स्मरण (फोटो फिचरसहित)

जापानको नागासाकी सहरमा मङ्गलबार अमेरिकी आणविक बम आक्रमणको ७७ औँ वार्षिकीको आयोजना गरिएको छ । आज उक्त घटनाको स्मरणमा विभिन्न अन्तर्राष्ट्रिय समुदायले जापानलाई आफू पीडितको रुपमा मात्र नलिन आग्रह गरेका छन । मङ्गलबारको वार्षिक समारोहमा जापान सरकारले कोभिड–१९ का प्रतिबन्धहरू खुकुलो बनाएर थप मानिसहरूलाई उपस्थित हुन अनुमति दिइएको थियो । उक्त समारोहमा ८० भन्दा बढी राष्ट्रका अधिकारी र प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साथै आणविक बमबाट बाँचेकाहरु र मृतकका आफन्तहरुको पनि सहभागिता रहेको थियो । उनीहरुले यस दिनलाई एक… पुरा पढौ

जापानमा ९ वर्ष यताकै जनसंख्यामा गिरावट, गत वर्ष भन्दा ७ लाख २६ हजार जनसंख्या घट्यो

जापानको जनसंख्यामा यस वर्ष पछिल्लो ९ वर्षयताकै ठूलो गिरावट देखिएको छ।जनवरी १ मा टोकियो महानगरीय क्षेत्रमा बसोबास गर्ने जापानीहरूको संख्या सन् १९७५ मा तथ्याङ्क सुरु भएदेखि पहिलो पटक घटेको छ, जसले देशमा जन्मिने संख्यामा निरन्तर गिरावट आएको सरकारी सर्वेक्षणले देखाएको छ।आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण अनुसार जापानको जनसंख्या १२ करोड ६० लाखभन्दा कममा झरेको छ। कमजोर जन्मदर र कोभिड–१९ को प्रतिबन्धको कारण बाहिरबाट आउने मानिसको संख्या घटेसँगै जापानको जनसंख्या पनि घटेको हो। जापानमा बसोबास गर्ने जापानी र विदेशी नागरिकहरूको संयुक्त जनसंख्या ०.५७… पुरा पढौ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जापान भ्रमणबारे प्रेस नोट (जस्ताको तस्तै)

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही २०७९ साउन २१ गतेदेखि २५ गतेसम्म जापानको भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । उहाँ नेपाली जनप्रगतिशील मञ्च, जापानको निमन्त्रणामा जापानमा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी बन्नुुभएको थियो । अध्यक्ष कमरेड प्रचण्ड आफ्नो भ्रमण टोलीसहित राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानमार्फत श्रावण २० गते राति जापान प्रस्थान गर्नुभएको थियो भने नेपाल एयरलाइन्सकै विमानमार्फत स्वदेश फर्किनुु भएकोछ । अध्यक्ष कमरेड प्रचण्डले जापान भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा… पुरा पढौ