जापान विशेष

“म मृत्युदण्ड पाउन चाहन्थें, त्यसैले मैले दुई महिलालाई मार्ने प्रयास गरें“ भन्दै किशोरीले गरिन चक्कु प्रहार

जापानको शिबुयामा एक किशोरीले मृत्युदण्ड पाउने चाहना राखेर आफूले भेटेका दुई व्यक्तिलाई अन्धाधुन्ध रूपमा चक्कुले आक्रमण गरेको बताएकी छन ।चक्कु आक्रमण गरि हत्या प्रयासको आशंकामा शनिबार साईतामाको तोडामा बस्ने १५ वर्षीय पक्राउ परेकी जुनियर हाईस्कूलकी ती किशोरीले "म मृत्युदण्ड पाउन चाहन्थें, त्यसैले मैले दुई महिलालाई मार्ने प्रयास गरें“ भनेर छुरा हानेको प्रहरीले जनाएको छ । नाबालिग भएकाले उनको नाम गोप्य राखिएको छ ।५३ वर्षीया महिला र उनकी १९ वर्षीया छोरीमाथि शनिबार बेलुका ७ः२० बजे पछाडिबाट चक्कु प्रहार गरेकी ती किशोरीलाई… पुरा पढौ

जापानमा नेपाली दक्ष-जनशक्तिको परिचालनका बारेमा अन्तरक्रियात्मक वेबिनार हुने 

जापानमा नेपाली दक्ष-जनशक्तिको परिचालनका बारेमा जानकारी लिनेदिने उद्देश्यले अन्तरक्रियात्मक वेबिनार हुने भएको छ ।जापान स्थित नेपाली राजदुतावास, गैर आवासीय नेपाली संघ जापान र जापान लिडिङ एज फाउन्डेसन (JLEF)को संयुक्त आयोजनामा “जापानी व्यवसायहरुको लागी नेपाली दक्ष-जनशक्तिको संभावना” को विषय हुने सो वेबिनारमा राम्रो जापानी भाषा जान्ने या नर्सिङ केयर, आतिथ्य व्यवसाय, कृषि लगायतका क्षेत्रमा कामदारको खोजीमा रहेकाहरूले सहभागिता जनाउन सकिने एनआरएनए जापानका प्रवक्ता सुभाष लामिछानेले जानकारी दिए ।प्रवक्ता लामिछानेका अनुसार अगस्ट २३ तारिख अर्थात् आगामी मंगलबार हुने सो वेबिनारमा नेपाली दक्ष-जनशक्तिको… पुरा पढौ

५ बुँदे सहमतिले पनि पार लागेन एनआरएनए जापानको विवाद, बहुसंख्यक सदस्य र क्षेत्रीय समितिले स्वीकारेनन सहमतिलाई

गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद जापानको गत वर्षको जुलाई ३० मा सम्पन्न निर्वाचनमा भएको भनिएको धाँधलीलाई लिएर मच्चिएको रडागो गत मंगलबार भएको सहमतिले पनि पार नलाग्ने देखिएको छ । निर्वाचनबाट निर्वाचित शिवप्रसाद पौडेल नेतृत्वको समिति र निवर्तमान कार्यवाहक अध्यक्ष रहेकी अनिता गुरुङ नेतृत्वको असन्तुष्ट पक्षका बिचमा लामो कसरत पछि एनआरएनएका अभियन्ता र अन्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी सहितको उपस्थितिमा ५ बुदे सहमति त दुई पक्षका बिचमा भयो तर पौडेल नेतृत्वको कार्यसमितिका बहुमत सदस्य र १२ वटै क्षेत्रीय समितिले सो सहमतिमा… पुरा पढौ

टोकियोमा ट्राभल अनुदान अभियान सेप्टेम्बर १ बाट पुन: सुरु

टोकियो महानगर सरकारले सेप्टेम्बर १ तारिखबाट आफ्ना बासिन्दाहरूको लागि ट्राभल अनुदान अभियान पुन: सुरु गर्ने भएको छ ।नयाँ कोरोनाभाइरसको संख्यामा व्यापक वृद्धि हुन थालेपछि गत जुलाईको अन्त्यसंगै यसलाई अभियानलाई रोक लगाएको सरकारले सेप्टेम्बर १ देखि अक्टोबर १ सम्म जारी रहने गरि पुन संचालन गर्न लागेको बताएको छ ।अभियान संचालनको अवधिमा टोकियो भित्रको यात्रा गर्नेहरूलाई मात्र यसले समेट्ने छ ।यात्रालाई बढ़ावा दिइ आर्थिक कारोबारमा वृद्धि ल्याउन प्रोत्साहन गर्ने उद्देश्यसहित संचालन गर्न लागिएको यस अभियानमा प्रति व्यक्ति पाँच रातको यात्रा ट्रिप अन्तरगत… पुरा पढौ

जापान सरकारले रोजगारदाता वा बिचौलिया समूहले गर्भवती विदेशी कामदारहरूलाई गर्ने गरेको दुर्व्यवहारको अनुसन्धान गर्दै

जापान सरकारले विदेशी प्राविधिक प्रशिक्षार्थीहरूलाई गर्भवती भएको वा बच्चा जन्माएको कारण रोजगारदाता वा बिचौलिया समूहले देश छाड्न बाध्य पारेको छ कि छैन भनेर पत्ता लगाउन सर्वेक्षण गरिरहेको छ।जापानको अध्यागमन सेवा एजेन्सी र स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले प्रशिक्षार्थीहरूलाई सँगै काम गरिरहेकाहरूले उत्पीडन र दुर्व्यवहारको बारेमा धेरै ऊजुरी बढ्न थालेपछि सरोकारवाला निकायको ध्यानाकर्षण भै यस प्रकारको सर्वेक्षण गरिरहेको बताईएको छ ।कार्यरत कम्पनीमा महिलाहरू गर्भवती भएमा छोड्न सहमत भएका कागजातहरूमा हस्ताक्षर गर्न बाध्य पारिएको घटनाहरू भेटिएका छन । जापानमा बर्खास्त हुने र… पुरा पढौ

जापानका पूर्व प्रधानमन्त्री आबेको गोली हानी हत्या भएपछि भिआईपीको सुरक्षा नियमलाई कडा बनाउदै, ३०० सुरक्षाकर्मी र हवाई गस्तीसहित बुलेटप्रुफ ग्लासको प्रयोग गर्ने 

जापानको राष्ट्रिय प्रहरी एजेन्सीले लगभग ३० वर्षमा पहिलो पटक भिआईपी सुरक्षाको लागि आफ्नो नियमहरू परिमार्जन गर्ने भएको छ ।गत महिना पूर्व प्रधानमन्त्री शिन्जो आबेको सुरक्षामा भएको त्रुटिका कारण उनको गोली हानी हत्या भएपछि प्रहरीले उच्च पदस्थहरूको लागि यहि महिनादेखि हालको मौजूदा नियमहरू परिवर्तन गर्न लागिएको प्रहरी स्रोतले जनाएको छ । १९६५ मा लागू गरिएको नियमहरूलाई अन्तिम पटक १९९४ मा परिमार्जन गरिएको थियो ।त्यस यता अहिले परिमार्जन गर्न लागिएको हो ।प्रहरी एजेन्सीका अनुसार उच्च पदस्थहरूको सुरक्षाको लागि सुरक्षाकर्मीहरूलाई तालिम विस्तार गर्ने… पुरा पढौ

जापानी युवाहरूलाई मदिरा जन्य पदार्थ पिउन उत्प्रेरित गर्न अभियान नै सुरु

जापानी युवाहरूले अल्कोहल जन्य पदार्थ निकै कम सेवन गर्ने गरेकाे भन्दै सरकारले मदिरा अभियान सुरु गरेको छ। युवा पुस्ताहरूले मदिरा जन्य पदार्थको प्रयोग कम गरेपछि मदिरा अभियान सुरु गरेको हो । युवा पुस्ताले आफ्ना आमाबाबुको तुलनामा कम मदिरा पिउने गरेको यो कदमले पेय पदार्थहरूबाट कर संकलन घटेको भन्दै सरकारले नयाँ मदिरा पिउन प्रेरित गर्ने अभियान सुरु गरेको जनाएको छ। सेक भाइवा!’ अभियानले यस्ता मदिराजन्य पेय पदार्थलाई खपत बढाउने र उद्योगलाई बढावा दिने योजना ल्याउने आशा लिइएको छ। जापानको नेश्नल ट्याक्स एजेन्सीले संचालन… पुरा पढौ

जापानमा मूल्य वृद्धिदर ३ प्रतिशत पुग्ने अनुमान, सूचकांकमा राखेको लक्ष्य नाघेकोले पारिश्रमिक बढाइनुपर्ने

जुलाई महिनामा उपभोक्ता मूल्य सूचकाङ्कले लगातार चौथो महिनामा पनि बैंक अफ जापानले राखेको २ प्रतिशतको लक्ष्य नाघेको भन्दै सरकारले उच्च पारिश्रमिक योजना ल्याउन आधारभूत कदम चाल्नुपर्ने बताईएको छ। यो वृद्धि मुख्यतया उच्च ऊर्जा र खाद्य मूल्यहरुको कारण भएकोले सकारात्मक मूल्य वृद्धि भन्दा फरक छ जसले गर्दा बढ्दो मागले उच्च मूल्य र उच्च ज्याला आवश्यक रहेको देखाउछ । उच्च स्रोतले जनाए अनुसार मूल्य वृद्धिको असर कमजोर येनको प्रभाव पछि अझै देखिने अपेक्षा गरिएको छ।शरद ऋतुमा सुरु हुने धेरै खाद्यान्न उत्पादनहरूमा मूल्य… पुरा पढौ

कोभिड-१९ परीक्षण गर्ने किट अनलाइन बिक्रीको लागि मन्त्रालयद्वारा स्वीकृत

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले बुधबार नोवेल कोरोनाभाइरस संक्रमणको बारेमा परीक्षण गर्न एन्टिजेन परीक्षण किटहरू अनलाइनबाट बिक्रीको लागि अनुमति दिने संकेत गरेको छ।किटहरूको अनलाइन बिक्रीलाई मन्त्रालयको विज्ञ समितिले केहि दिन अघि नै अनुमोदन गरेको थियो। संक्रमणको वर्तमान लहरको बीचमा अस्पताल र बाहिरका बिरामीलाई क्लिनिकहरूमा दबाबमा परेकाले जुनसुकै बेला घरबाट परीक्षण गर्न किटहरू प्राप्त गर्न मद्दत गर्ने उद्देश्यले यो कदम चालिएको हो।एन्टिजेन परीक्षण किटहरू अगस्टको अन्त्य अघि नै अनलाइनमार्फत बेच्ने अपेक्षा गरिएको छ। पुरा पढौ

१८ वर्षे जापान बसाइ सकेर नेपाल फर्केकी उषा गिरीले सीएनबीएम प्रविधिमार्फत कम्पोस्ट मल उत्पादन सुरु

काठमाडौंको नयाँ बानेश्वरकी उषा गिरी उच्च शिक्षा अध्ययनका लागि जापान गइन् । बाल मनोविज्ञानमा उच्च शिक्षा हासिल गरेपछि उनले जापानमै काउन्सिलरको रूपमा काम सुरु गरिन् । पढाइ र जागिरसँगै उनको १८ वर्ष जापानमा नै बित्यो । त्यसबीचमा उनले नेपाली उत्पादनहरू जापान लगेर बेच्ने काम पनि सुरु गरिन् । तर, नेपाली सामाग्रीको गुणस्तरले गर्दा उनले धेरै समस्या झेल्नुपर्‍यो । कफी र चियाजस्ता नेपाली कृषि उत्पादनहरू जापानको गुणस्तर मापन गर्ने निकायबाट नेपाल नै फर्काइए । यसबाट उनलाई यदि नेपाली सामाग्रीहरू निर्यात गर्ने हो भने… पुरा पढौ