जापानको राष्ट्रिय प्रहरी एजेन्सीले लगभग ३० वर्षमा पहिलो पटक भिआईपी सुरक्षाको लागि आफ्नो नियमहरू परिमार्जन गर्ने भएको छ ।
गत महिना पूर्व प्रधानमन्त्री शिन्जो आबेको सुरक्षामा भएको त्रुटिका कारण उनको गोली हानी हत्या भएपछि प्रहरीले उच्च पदस्थहरूको लागि यहि महिनादेखि हालको मौजूदा नियमहरू परिवर्तन गर्न लागिएको प्रहरी स्रोतले जनाएको छ । १९६५ मा लागू गरिएको नियमहरूलाई अन्तिम पटक १९९४ मा परिमार्जन गरिएको थियो ।त्यस यता अहिले परिमार्जन गर्न लागिएको हो ।
प्रहरी एजेन्सीका अनुसार उच्च पदस्थहरूको सुरक्षाको लागि सुरक्षाकर्मीहरूलाई तालिम विस्तार गर्ने र उनी हरूको सुरक्षाका लागि तोकिएका अधिकारीहरूको संख्या बढाउने बारे पनि आवश्यक गृहकार्य गरिरहेको छ जसको परिमार्जनलाई अन्तिम रूप दिइ अर्कों हप्ता जारी गरिने स्रोतले बतायो।
सुरक्षा कर्मीहरूका लागि हाल क़ायम रहेको सामान्य नियम अनुसार प्रीफेक्चरल प्रहरी बलहरूले भिआइपीहरूको लागि सुरक्षा योजनाहरू तयार गर्नु पर्ने हुन्छ । तर पूर्व प्रधानमन्त्रीहरूको सवालमा एजेन्सीलाई योजनाहरू रिपोर्ट गर्ने कुनै बाध्यात्मक आवश्यकता रहेको छैन।
प्रहरी एजेन्सीले सुरक्षा योजना परिमार्जन मस्यौदाको क्रममा आफ्नो संलग्नतालाई बलियो बनाउनको लागि यो नियमलाई परिमार्जन गर्न चाहेको छ ।
भिआइपी व्यक्तिहरू प्रिफेक्चरहरू बीच यात्रा गर्दा सुरक्षाकर्मीहरूले आफ्नो अधिकार क्षेत्र बाहिरका स्थानहरूमा आफ्नो कर्तव्यहरू पूरा गर्न सक्षम हुने गरि मस्यौदा तयार भैरहेको बताईएको छ ।
टोकियो सहित जापानका ४७ प्रिफेक्चरहरूले आफ्नै प्रहरी बल सञ्चालन गर्दछ। राष्ट्रिय प्रहरी एजेन्सीले स्थानीय प्रहरीको कार्यको पर्यवेक्षण गर्ने गर्दछ।
गत जुलाई ८ मा राष्ट्रिय संसदीय निर्वाचनको क्रममा पश्चिमी सहर नारामा स्टम्प भाषण गर्ने क्रममा बन्दुकधारीले आबेको गोली हानी हत्या गरेका थिए। टोकियो महानगरीय प्रहरी बलबाट आबेको सुरक्षाका लागि एक अधिकारी पठाइको थियो र अन्य धेरै स्थानीय प्रहरी अधिकारीहरू उनको नजिकै थिए, तर कसैले पनि आक्रमणकारीलाई रोक्न सकेका थिएनन । बन्दुकधारी आक्रमणकारीले पहिले पूर्व प्रधानमन्त्री आबेलाई पछाडिबाट दुईवटा गोली हानेको थियो।
प्रहरी एजेन्सीलाई महानगरीय प्रहरी विभागले नारामा आबेको भाषणको बारेमा सूचित गरेको थियो, तर अधिकारीहरूको नियुक्ति जस्ता विस्तृत प्रबन्धहरू बारे जानकारी गराइएको थिएन।
नारा प्रिफेक्चरल प्रहरीले योजना बनाएपछि योजनामा पर्याप्त ध्यान नदिएको कारण एजेन्सी सुरक्षा दिनबाट चुकेको थियो।
एजेन्सीले घटनाको समीक्षाबाट प्रहरी अधिकारीहरूले आबे पछाडिको क्षेत्रमा निगरानी राख्न बेवास्ता गरिनु र शूटरलाई ध्यान नदिई त्यहाँबाट पुग्ने अवसर सिर्जना गर्नु कमजोरी भएको उल्लेख गरेको छ ।
आबे रेलिङले घेरिएको सानो क्षेत्रमा उभिरहेका थिए। आबेले आफ्नो भाषण सुरु गर्न लाग्नु अघि एक प्रिफेक्चरल पुलिस अफिसर जसले रेलिंग बाहिर उभिएर आबेको पछाडि हेरिरहेका थिए सोहि समयमा उनी भित्र पसेको अवस्थामा अन्य अधिकारी वा टोली नेतालाई सूचित नगरी श्रोताहरूको सामना गरिनु उपयुक्त नभएको समीक्षाबाट पाइएको जनाइको छ ।
विद्यमान नियमहरूको समीक्षा गर्दै एजेन्सीले भिआइपीको सुरक्षाको लागि तुलनात्मक रूपमा सीमित अनुभव रहेका स्थानीय प्रहरी अधिकारीहरूको तालिमको दायरा र स्तर विस्तार गर्ने योजना बनाएको छ ।
राजनीतिक दलका नेताहरूले चुनावी प्रचारका क्रममा विभिन्न स्थानमा घुमफिर गर्ने भएकाले स्टम्प भाषणका क्रममा सुरक्षाका लागि पठाइएका सुरक्षाकर्मीको सङ्ख्या दुई सयदेखि तीन सयसम्म बढाउने पनि आयोगले विचार गरिरहेको छ ।
भिआइपी रहने क्षेत्रको हवाई दृश्य प्राप्त गर्न ड्रोनको प्रयोग र संयुक्त राज्य अमेरिका जस्तै भाषणका क्रममा बुलेटप्रुफ ग्लासको प्रयोग गर्ने पनि विचार भइरहेको स्रोतले जनाएको छ।
काउन्सिल फर पब्लिक पोलिसीका सुरक्षा तथा संकट व्यवस्थापन विज्ञ इसाओ इताबाशीले टोकियोबाट पठाइएका सुरक्षाकर्मी र स्थानीय प्रहरी अधिकारीहरूबीच समन्वयका साथै क्षेत्रीय सुरक्षाकर्मीलाई तालिमको आवश्यकतामा जोड दिए।
“राष्ट्रिय प्रहरी एजेन्सीले फ्रेमवर्क बनाउन सक्छ, र महानगरीय प्रहरी विभागले यसलाई कार्यान्वयन गर्ने जिम्मा लिन सक्छ,” उनले भने।