जापान प्रवेशका लागि अब ‘अनिवार्य’कोरोना परीक्षण नियम हटाइदै

-


     जनहित न्युज    
     भाद्र ७ गते २०७९


जापानले कोभिड-१९ विरुद्धको खोप लगाएका यात्रुहरूका लागि जापान प्रवेशको लागि कोराना परीक्षण हटाउने सोच गरिरहेको छ ।
हालको नियमले यात्रुहरूले आफ्नो प्रस्थानको ७२ घण्टा भित्रको नकारात्मक परीक्षण रिपोर्ट देखाउनु पर्ने अनिवार्यता हटाउन लागेको निक्केइको रिपोर्टले जनाएको छ ।
जापानका अधिकारीहरूले सो परीक्षणको रिपोर्टलाई अनिवार्य गरिदा कागजी कार्यहरू प्राप्त गर्न गाह्रो भएकोले भ्याक्सिन लगाइएकाहरूलाई अहिलेको नियममा पुनर्विचार गरिने सोच बनाई रहेको सो समाचार माध्यमले जनाएको छ ।
विभिन्न देशको कोरोना संक्रमणको अवस्थालाई मध्य नजर राखी यात्रुको सहजताको केही हप्ता भित्र प्रभाव पार्ने गरेर सोहि बमोजिमको वर्गीकरण गरिने बताईएको छ ।
जापानको कोरोनाभाइरस सम्बन्धि प्रवेश नीति नियम अन्य सात उच्च अर्थतन्त्रहरू भएको देशमा सबैभन्दा कठिन छन्। जापानमा व्यावसायिक र फुर्सदमा बिदा मनाउनेहरूको लागि ७२ घण्टे कोरोना परीक्षणसहितका नियमले बाधा भैरहेको अवस्थालाई ध्यानमा राखेर आगन्तुकहरूलाई आकर्षित गर्ने प्रयास स्वरूप यो कदम लिन लागेको बताईएको छ ।
अहिले स्वीकृत दिएको पीसीआर परीक्षण तुलनात्मक रूपमा महँगो रहेकोले र एन्टिजेन किट्सद्वारा गरिने परीक्षणलाई मान्यता हालसम्म दिएको छैन ।
सरकारले हालको २० हजारबाट जापान आउने नागरिकको दैनिक सीमा बढाउने विषयमा पनि सोच गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?