जापान विशेष

एनआरएनए जापानमा उत्पन्न विवादको समाधान खोज्न संरक्षक भवन भट्टलाई जिम्मा, क्षेत्रीय भेला स्थगित

आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको कार्यकाल २०२१–२०२३ का लागि जुलाई ३० मा सम्पन्न निर्वाचनलाई लिएर बढेको तिक्तताको समाधान खोज्नका लागि एनआरएनए आइसीसीको ८१ औ बैठकले पूर्व अध्यक्ष भवन भट्टलाई ज़िम्मेवारी प्रदान गरेको छ ।एनआरएनए आइसीसी को N-९२१/०१९-२१ पत्रअनुसार संरक्षक तथा निवर्तमान अध्यक्ष भट्टलाई सम्बन्धित सबै पक्षसँग समन्वयन र छलफल गरि हाल एनआरएनए जापानमा देखापारेका समस्याहरू समाधान गर्न यथासक्य चाडो उपयुक्त निकास निकाल्न ज़िम्मेवारी प्रदान गरिएको छ । एनआरएनए जापानको निर्वाचनमा स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित अनाधिकृत रूपमा… पुरा पढौ

जापानले दियो १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण

जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ ।यस्तो ऋण सम्झौतामा मंगलबार नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका हुन् ।   आर्थिक विकासका लागि नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि यस्तो ऋण लिइएको जनाइएको छ । कोभिड १९ महामारीले नेपालको आर्थिक वृद्धिदर मात्र नभई समग्र क्षेत्रमा पारेको प्रभावलाई कम गर्न यस्तो ऋण सहायता परिचालन गरिनेछ । त्यस्तै महामारीबाट प्रभावित नेपालको अर्थतन्त्र उकास्नका लागि आर्थिक सहयोग मात्र नभई… पुरा पढौ

देशव्यापी कोरोनाभाइरस संक्रमणका संख्या बढ्दै गएपछि जापानले ४७ प्रान्तमध्य ३४ प्रान्तमा अर्ध आपतकाल विस्तार गर्दै

देशव्यापी कोरोनाभाइरस संक्रमणका संख्या बढ्दै गइ रहेको अवस्थालाई मध्यनज़र गर्दै फैलावटलाई रोक्नको लागि सरकारले अन्य प्रान्तहरूमा अर्ध आपतकाल विस्तार गर्ने योजना गरिरहेको प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन ।जापानले मंगलबार कोरोनाभाइरसको ओमिक्रोन संस्करणको द्रुत प्रसारलाई रोक्न थप १८ क्षेत्रहरू थपेर देशका ४७ प्रान्तहरू मध्ये ३४ मा कोभिड-१९ अर्ध-आपतकालीन अवस्था विस्तार गर्ने भएको छ।देशका ४७ वटा प्रान्त मध्ये ३४ वटा प्रान्तहरूमा अर्ध आपतकाल विस्तार गर्ने योजनालाई सरोकारवाला निकायसँगको आवश्यक परामर्शपछि औपचारिक रूपमा घोषणा गर्न लागिएको प्रधानमन्त्री किशिदाको भनाइलाई उदृत गर्दै सरकारी अधिकारीहरूले… पुरा पढौ

जापानका व्यापारिक संस्थाका प्रमुखहरूले विदेशी प्रवेश प्रतिबन्ध हटाउन सरकारसँग आग्रह

जापानको सबैभन्दा ठूलो व्यापारिक संस्था लबीले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको फैलावट घरेलु कारणबाट अत्यधिक ट्रान्समिसिबल स्ट्रेनले गर्दा हुने गरेको भन्दै विदेशी प्रवेश प्रतिबन्ध हटाउन सरकारसँग आग्रह गरेको छ ।जापान ब्यापार महासंघका प्रमुख मासाकाजु तोकुराले सोमबार नियमित पत्रकार सम्मेलनमा करिब दुई महिनाको सीमा प्रतिबन्धले स्वदेशी कम्पनीहरूलाई व्यापार यात्रा गर्न र विदेशी साझेदारहरूसँग टाइ-अप, मर्जर र एक्विजिसनमा सहज वार्ता गर्न मात्रै बाधा पुगेको पाईएको र कोरोना भाईरसको फैलावट सीमा प्रतिबन्धले नियन्त्रणमा नआएको तथ्यलाई मध्यनजर गर्दै विदेशी प्रवेश प्रतिबन्ध हटाउन सरकारसँग आग्रह गरेका हुन… पुरा पढौ

बागलुङ गलकोटका युवा रमेश बस्नेतले जापानबाट फर्केर गाउँमै बाख्रापालन व्यवसाय सुरु

गलकोटे युवाहरुको रोजाइको थलो बनेको छ जापान । यहाँका प्रत्येक घरका युवा जापानमा छन् भन्दा फरक नपर्ला । गाउँमा खेतियोग्य भूमि बाँझिएका छन् । गाउँको जायजेथा छोडेर दिनदिनै युवाहरु जापानमा पलायन भइरहेका छन् । केहीले सबै परिवारनै जापान लगेका छन् त केहीले बुढा बाआमालाई छोडेर विदेशीयका छन् । युवाहरुको जापान मोहले गाउँ उजाडिएको छ । अहिले गाउँमा वृद्धवृद्धा र बालबालिका बाहेक अरुलाई भेट्याउनै मुस्किल पर्छ । तर पछिल्लो समय केही युवाहरु विदेशबाट फर्किएर गाउँमै व्यवसाय गर्न थालेका छन् । त्यस… पुरा पढौ

जापान प्रवेशमा गरेको प्रतिबन्धमा वैज्ञानिक कारण नरहेको भन्दै त्यसका विरुद्ध प्रदर्शन

जापान सरकारले गैर आवासीय विदेशीहरूमाथि वैज्ञानिक आधार बिना नै कोभिड-१९ को फैलावट रोक्नको लागि भन्दै जापानको प्रवेशलाई गरेको प्रतिबन्धको विरुद्ध प्रदर्शनहरू गर्दै सो उपायलाई पुनर्विचार गर्न आग्रह गरेका छन्।भारत र मलेसिया, मङ्गोलिया, पोल्याण्ड लगायतका देशमा रहेका जापानी दूतावास अगाडि विभिन्न स्थानमा जम्मा भएका विदेशी मुद्रा विद्यार्थी र व्यवसायीहरूले देश प्रवेशमा रोक लगाएपछि ट्वीटरमा सुरु भएको समूह "जापानको प्रतिबन्ध रोक्नुहोस्" मार्फत विरोध प्रदर्शन सुरु भएको हो ।जापानले ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएसंगै नोभेम्बर ३० देखि लागू भएको कोभिड-१९ कोरोनाभाइरसको रोकथाम… पुरा पढौ

ब्रान्डेड समान खरिदका लागि जापानको रेसिडेन्सी कार्ड बेच्नेलाई जापान प्रहरीद्वारा पक्राउ

टोकियो प्रहरीले जापानको नेशनल डिफेन्स एकेडेमीमा अध्ययनरत भियतनामी सेनाका एक सदस्यलाई आफ्नो रेसिडेन्सी कार्ड बेचेको आशंकामा पक्राउ गरेको छ ।२३ वर्षीय आर्मी क्याडेट डो तुआन न्गियाले गत फेब्रुअरीमा २२ वर्षीय भियतनामी व्यक्तिलाई कार्ड बेचेर अध्यागमन नियन्त्रण कानून उल्लङ्घन गरेको आशंकामा पक्राउ गरिएको हो।प्रहरीका अनुसार ती दुईबीच सामाजिक सञ्जालबाट चिनजान भएको र संदिग्ध व्यक्तिले रेसिडेन्सी कार्डका लागि २,००,००० येन वा करिब १७०० डलर प्रस्ताव गरेको अनुसन्धानका क्रममा बताएका छन्।आरोपित न्गियाले अनुसन्धानमा खटिएका अधिकृतलाई ब्रान्डेड समान खरिदका लागि पैसाको आवश्यकता परेर रेसिडेन्सी… पुरा पढौ

जापानमा शुक्रबार मात्र करिब ५० हजार नया कोरोना संक्रमित थपिए, टोकियोमा मात्र ९ हजार ७ सय

जापानमा शुक्रवार अर्थात् २१ गतेसम्म नयाँ कोरोनाभाइरसको ४९ हजार ८ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो देशव्यापी रूपमा लगातार चार दिनसम्म नयाँ कीर्तिमान कायम गरेको हो।टोकियोमा शुक्रवार ९ हजार ६ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । जुन लगातार तीन दिनको यो अहिलेसम्मकै उच्च हो। ७ दिन यताको औसतमा हरेक दिन ६००० नया संक्रमित थपिएका छन र संक्रमण फैलिने क्रम जारी छ।टोकियो महानगरीय सरकारले शुक्रवार टोकियोमा १० वर्ष मुनिका देखि १०० वर्ष वा सो भन्दा माथिका… पुरा पढौ

जापानमा एम्बुलेन्स चालकहरू ओमिक्रोन फैलिएपछि गम्भीर बिरामीहरूका लागि अस्पतालहरू खोज्न संघर्ष गरिरहेको तथ्यांक सार्वजनिक

जापानमा कोरोना संक्रमणको दरले नया नया रेकर्ड क़ायम गरिरहेको अवस्थामा आपतकालीन बिरामीहरू लिनको लागि बिरामीले एम्बुलेन्ले अस्पतालहरू फेला पार्न निकै संघर्ष गर्ने गरेको चालक दलहरूले बताउने गरेको अग्नि तथा प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको छ ।अघिल्लो हप्ता साप्ताहिक रूपमा २,८८३ जना बिरामीले आपतकालिन रूपमा एम्बुलेन्स माग गर्ने गरेकोमा पछिल्लो पाँचौ हप्तामा लगातार बढेर ४,१५१ पुगेको एजेन्सीले जनाएको छ । गत वर्ष अगस्टको दोस्रो साता देशमा कोभिड–१९ संक्रमणको पाँचौं लहरको चपेटामा परेको बेलामा जम्मा ३,३६१ बिरामीले एम्बुलेन्स माग गरेको पछिल्लो रेकर्डलाई यस… पुरा पढौ

नेपालको प्रिमियम मदिरा ब्रान्ड ‘यार्सागुम्बा’ गलकोटे युवाले जापानमा भित्र्याए

नेपालको प्रिमियम ह्विस्की यार्सागुम्बा जापानमा निर्यात भएको छ । एभरेस्ट हब्र्स प्रालिले उत्पादन गरेको प्रिमियम मदिरा ब्रान्डलाई जापानको तोमोदाची हब कम्पनीका प्रबन्ध निर्देशक गलकोटे युवा विक्रम भण्डारीले जापानमा व्यवसायिक कारोबार गर्ने गरि भित्र्याएका छन ।  यार्सागुम्बासहित विभिन्न जडिबुटी मिश्रित यार्सागुम्बा ह्विस्की यसअघि अष्टे«लिया, चीन निर्यात भैसकेको छ । नेपालमा छोटो समयमा नै स्थापित यार्सागुम्बा विदेशी मदिरालाई विस्थापित गर्दै तारे होटलमा सर्भ हुने डोमेस्टिक ब्रान्डमा पर्छ ।  जापानमा पहिलोपटक नेपाली मदिरालाई लाइसेन्स लिएर निर्यात गरेको तोमोदाची हबका प्रबन्ध निर्देशक भण्डारीले नेपाल… पुरा पढौ