
द्रुत गतिमा जापानको जनसंख्या घटेर हैरानी खेपिरहेको जापानले हालै प्रकाशित भएको एक सर्वेक्षणले झन चिन्ता थपेको छ ।
जापानमा युद्धपछिको इतिहासमा पहिलो पटक विवाह गर्ने आशामा रहेका जापानका अधिकांश युवतीहरू एउटा मात्र सन्तानको चाहना राख्ने र केहिले त बच्चाको चाहना नै नराख्ने गरेको राष्ट्रिय जनसङ्ख्या र सामाजिक सुरक्षा अनुसन्धान संस्थानले २०२१ मा गरिएको सर्वेक्षणले औसत सङ्ख्या दुईभन्दा तल झरेको सर्वेक्षणले देखाएपछि देशको द्रुत गतिमा भएको जनसंख्या घट्दोदरले चिन्ता थपेको हो ।
सन २०१५ मा गरेको अन्तिम सर्वेक्षणमा युवा वयस्कहरूमा विवाहप्रतिको रुचि उल्लेखनीय रूपमा घटेको देखाएपनि सन २०२१ सर्वेक्षणमा ८० प्रतिशतभन्दा बढीले विवाह गर्न चाहेको पाइएको छ ।
संस्थानले सन् १९४० देखि लगभग हरेक पाँच वर्षमा जन्म र विवाहको प्रवृत्तिमा सर्वेक्षण गर्ने गरेको छ। २०२१ को सर्वेक्षणले ७,८२६ अविवाहित व्यक्ति र ६,८३४ विवाहित जोडीबाट प्रतिक्रिया प्राप्त गरेको थियो ।
संस्थानले सेप्टेम्बर ९ मा जारी गरिएको तथ्याङ्कमा “कोरोनाभाइरस महामारीको समयमा अनिश्चितताले भविष्यका लागि जनताको आशा र अभिप्रायलाई असर गरेको सम्भावनालाई उद्धृत गर्दै “परिवार बनाउने रुचि अझै घटेको छ।” उल्लेख गरेको छ ।
१८ र ३४ बीचका ४०८६ अविवाहित उत्तरदाताहरू मध्ये धेरै जसोले त बच्चा चाहँदैनन् वा एउटा मात्र बच्चा चाहन्थे सर्वेक्षणमा भनिएको छ । महिलाहरूको लागि औसत २०१५ मा २.०२ बच्चाहरूबाट १.७९ मा घटेको र पुरुषहरूको लागि औसत १.९१ बाट १.८२ मा घटेको थियो ।
आर्थिक सहयोग र विकास संगठनले स्थिर जनसंख्याको व्यवस्थापनका लागि महिलाको जीवनकालमा २.१ जन्मको औसत प्रजनन दर सिफारिस गरेको छ ।
अघिल्लो सर्वेक्षणको तुलनामा वैवाहिक रुचि पनि घटेको थियो । जसमा महिलामा ८४.३ प्रतिशत, ५.० प्रतिशत बिन्दुले र पुरुषको ८१.४ प्रतिशतले ४.३ प्रतिशत बिन्दुले गिरावट आएको थियो ।
सन् १९९७ देखि यता विवाह गर्ने आशा गर्नेहरूको संख्या अपेक्षाकृत स्थिर रहेको थियो।
तीनमध्ये एक जनाले सम्बन्ध चाहँदैनन् भने २७.८ प्रतिशत अविवाहित महिला र २१.१ प्रतिशत अविवाहित पुरुष सम्बन्धमा थिए ।
विवाह गर्दा प्रभाव पार्ने कारकहरूको बारेमा सोध्दा ७०.२ प्रतिशत महिलाले पार्टनरको मनोवृत्ति अनि घरको काम, ५७.७ प्रतिशतले बालबालिकाको पालनपोषणसँग सम्बन्धित सीपहरू नहनु, त्यस्तै ४८.२ प्रतिशत पुरुषले पार्टनरको कमाइको सम्भावनालाई बताएका छन ।
संस्थानले कोरोनाभाइरस महामारीले दम्पतीहरूको भेट्ने तरिकालाई असर गरेको छ उल्लेख गरेको छ ।