जापानको सेन्दाइमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम हुने

-


     जनहित न्युज    
     भाद्र २२ गते २०७९


सेन्दाई विद्यार्थी समूह र कर्णाली प्रदेश समाज, सेन्दाईले संयुक्त रूपमा विजया दशमी तथा दीपावलीको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएका छन ।
नेपालीहरूको महान पर्वको अवसर पारेर प्रवासमा पनि आफ़नो कला संस्कृति, रितिरिवाज र चाडपर्वलाई बचाई राख्ने उद्देश्यले जापानका लागी नेपाली राजदूत महामहिम डाक्टर दुर्गा बहादुर सुबेदीको प्रमुख आतिथ्यमा सेप्टेम्बर २५ तारिकका दिन सो कार्यक्रम गर्न लागिएको सेन्दाई विद्यार्थी समूहका अध्यक्ष गोकर्ण रूपाखेतीले जानकारी दिए ।
जापानको सेन्दाइमा भएका सबै संघसंस्था सहित त्यहा रहेका नेपालीको समुदायहरूको उपस्थित रहने गरि कार्यक्रम गरिने र यसले हाम्रो परम्परालाई जहाँ भएपनि बचाई राखन योगदान दिने बिश्वास अध्यक्ष रूपाखेतीले व्यक्त गरे ।
राजदूतको उपस्थितिमा गर्न लागिएको उक्त कार्यक्रमले नेपाली समुदायको सेन्दाइको वास्तविक अवस्था बुझ्न र सोहि अनुसार दूतावासले आवश्यक सहयोग पुर्याउन समेत थप योगदान दिनेमा आयोजकले बिश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?