जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि अध्ययन पश्चातको बारेमा परामर्श दिन अनलाइन सेमिनार गरिदै

-


     जनहित न्युज    
     भाद्र ३० गते २०७९


जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि भाषा अध्ययन पश्चात् थप अध्ययन र वर्किङ भिषाको लागि आवश्यक परामर्श दिनको लागि एक अनलाइन सेमिनारको आयोजना गरिने भएको छ ।
一般社団法人NPPFJAPAN जनप्रगतिशील हेल्प डेक्स, नेपाली बिद्यार्थी समाज जापान सेन्दाई बिद्यार्थी समूह जापान, जनसहयोग जापान ( Public Support In Japan) को संयुक्त आयोजनामा सेप्टेम्बर २३ तारिकका दिन जापानमा रहेका यससँग सम्बन्धित विज्ञसहित जानकार व्यक्तित्वको सहभागितामा सूचना र जानकारीमूलक अन्तरक्रियात्मक सेमिनार गर्न लागिएको जनप्रगतिशील हेल्प डेक्सका संयोजक राज पुरीले जानकारी दिए ।
सो सेमिनारमा जापानको भाषा अध्ययन पश्चात् कहाँ पढ्ने ? के बिषय पढ्ने ? कस्तो कलेज छान्ने ? visa का लागि कुन कुन बिषय पढ्दा Working गर्न सहज हुन्छ ?
-大学や専門 छनोट तरिका, 日本語学校 सकेपछि 大学 जादा राम्रो कि 専門学校?नेपाली विद्यार्थीको हकमा कुन बिषय पढ्दा अर्थात् कुन क्षेत्रमा जादा काम गर्न सजिलो हुन्छ, कुन कुन क्षेत्रमा धेरै नेपालीहरु कार्यरत छन् ?, कुन क्षेत्रमा काम गर्दा आफ़नो व्यक्तित्व विकास हुन्छ ?, जापानमा छात्रवृत्ती( Scholarship )को प्रक्रिया के के छन ?, तोकुतेइ गिनोउ (特定技能 लगायत विविध विषयमा परामर्श तथा जानकारी गराइने संयोजक पुरीले जानकारी दिए ।
पुरीका अनुसार सो सेमिनारमा डा भूपालमान श्रेष्ठ, राजन न्यौपाने, दिपक गौतम, राजन पन्त र धन आलेले सहजीकरण गर्नेछन ।
जापानको बिदाको दिन पारेर आयोजना गरिएको सो सेमिनारमा सहभागिताको लागि https://web.user-page.jp/new_form/?prm=d1c022-45%2F-22-01256a बाट निःशुल्क फारम सकिने छ ।
जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई राम्रो परामर्शको अभावमा धेरैको भविष्य अन्योलमा परेको र सेनमोन पछि आफुले पढे अनुसारको कम्पनि नपाई नचाहदा नचाहदै पनि जापान छोड्न पर्ने र छोडेर गएका धेरै घटनाहरू पाइएकोले त्यसको समाधानमा केहि योगदान पुर्याउन सहजताको लागि कार्यक्रम फलदायी हुने सेन्दाइ विद्यार्थी समूहका संयोजक विकर्ण रूपाखेतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?