१२ औ नेपाल फेष्टिवलमा १ करोड ८५ लाख भन्दा बढिको आम्दानी, २९ लाख बढि खुद नाफा

-


     जनहित न्युज    
     असाेज १ गते २०७९


एनआरएनए जापान र जापानका लागि नेपाली राजदूतावासको संयुक्त आयोजनामा भएको १२ औ नेपाल फेष्टिवलमा १ करोड ८५ लाख भन्दा बढिको आम्दानी भएको छ ।
गत जुन ३० र ३१ मा नाकानोमा भएको १२ औ नेपाली फेष्टिवलको आर्थिक विवरण सार्वजनिक गर्न शनिबार आयोजित भर्चुवल पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।
नेपाल र जापानका बिचमा स्थापित दैत्य सम्बन्धलाई प्रगाढ पार्दै नेपालको मौलिक पहिचानलाई जापानी समुदायका बिचमा परिचित गराइ नेपालमा जापानी पर्यटकहरूको बढ़ावा दिने लगायतका विभिन्न उद्देश्य राखी आयोजना गरिएको सो फेष्टिवलमा स्टलबाट १ करोड ८० हजार र स्पोन्सरबाट ८४ लाख ६१ हजार गरि कुल १ करोड ८५ लाख ४१ हजार आम्दानी भएको NRNA जापानका कोषाध्यक्ष कृष्ण ग़ैरेले जानकारी दिए ।
फेष्टिवलमा विभिन्न शीर्षकमा गरि कुल १ करोड ५५ लाख ९५ हजार ४८५ खर्च भै हालसम्मको प्राप्त बोलकबोल रकम अनुसार २९ लाख ४५ हजार ५१५ बचत भएको छ । यस रकम मध्य ७ लाख ७० हजार बोलकबोलको रकम भने प्राप्त भैनसकेको सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
‘जापानमा भएका ११ औ नेपाल फेष्टिवलसम्ममा हुदै आएको घाटा भने यस १२ औ मा नाफा हुन पुगेको छ’ फेष्टिवलका आर्थिक संयोजक तथा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले भने-“ कुशल व्यवस्थापकीय क्षमता र समाजप्रतिको उत्तरदायित्वका कारणले १२ औ लाई नाफामा लैजान सकेका हौ ।”

पत्रकार सम्मेलनमा बोलदै आर्थिक संयोजक तथा वरिष्ठ उपाध्यक्ष निउरेले सम्पूर्ण हिसाबकिताब पारदर्शी रुपमा राखिएको छ र पहिलोपटक नेपाल फेस्टिबलको कार्यक्रमलाई फाइदामा सम्पन्न गर्न सकेकोमा आफूहरुलाई गर्वको अनुभूति भएको बताए ।

पत्रकार सम्मेलनमा मेलाका संयोजक तथा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले भने -“नेपाल फेस्टिबललाई सफलतापूर्वक सम्पन गर्न स्पोन्सर, स्टल खरिद, आर्थिक सहायतालगायत हरप्रकारले सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुप्रति उच्च सम्मानसहित हार्दिक आभार व्यक्त गर्दछु ।”
पत्रकार सम्मेलनलाई एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले संचालन गरेका थिए भने कोषाध्यक्ष कृष्ण गैरे, सचिव एलिजा केसी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, जनहितन्यूज डटकमका सम्पादक खगराज गौतम, नेपालन्यूज पोस्टका प्रधान सम्पादक राजन गौतम लगायत अन्य संचारकर्मी तथा संघसंस्थाका पदाधिकारीहरुले अनलाईनमा सहभागीता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?