अन्तर्राष्ट्रिय

जापानमा परेको भारी वर्षातका कारण विभिन्न क्षेत्रमा आपतकाल जारी, घरबाहिर ननिस्कन आग्रह

जापानमा परेको भारी वर्षाका कारण एकजनाको ज्यान जाने गरि बाढी पहिरो भएपछि हिरोशिमा लगायत सागा, नागाशाकी र फुकुओका प्रिफेक्चरमा आपतकालिन अवस्था जारी गरिएको छ ।शुक्रबारदेखि परेको मुशलभारे वर्षाका कारण नागाशाकीमा एक महिलाको बाढी पहिरोका कारण ज्यान गएको र अत्याधिक वर्षाको मात्रामा कमी नआइरहेको अवस्थालाई ध्यानमा राखी उच्च सर्तकताका लागि ती क्षेत्रमा आपतकालिन अवस्था जारी गरिएको जापानको मौषम विभागले जनाएको छ ।शनिबार बिहानसम्ममा जापान भरी ४० मिलिमिटरभन्दा बढि वर्षात भैरहेकोले र बाढी, पहिरो र डुबान हुन सक्ने अवस्थालाई उच्च सर्तकतामा राखी… पुरा पढौ

फोटोसुटका क्रममा बेहुलीकै अगाडि बेहुलाको मृत्यु

विवाह हुनुअघि दुलहा दुलहीको फोटो खिच्नेक्रममा दुलहाको दुलही अगाडि तडपी तडपी मृत्यु भएको छ। यो घटना ब्राजिलको हो। ब्राजिलमा विवाहको एक दिन अघि एक जना चिकित्सक आफ्नो हुनेवाला दुलहीको अगाडि करेण्ट लागेर तडी तडपि मरेका छन्। ३१ वर्ष डाक्टर डेनिस रिकार्डो फारिया गर्जेलको यो घटना ज्यादै दर्दनाक छ। डाक्टर गर्जेल तथा उनकी हुनेवाला दुलही विवाहको एकदिन अघि फोटो सुट गर्दै थिए, डाक्टर गर्जेललाई हाईभोल्टेजको करेण्ट लागेर उनको निधन भएको थियो। उनीहरु ब्राजिलदेखि ५ सय ५० किलो मिटर टाढा गएका थिए।… पुरा पढौ

एनआरएनएको ६० देशमा नयाँ नेतृत्व

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तगर्तका विभिन्न ६० देशका राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सम्पन्न भएको छ ।आगामी सन् २०२१–२३ कार्यकालको लागि निर्वाचन मार्फत नेतृत्व चयन भएको हो । संघका महासचिव डा. हेमराज शर्माले महाधिवेशन सम्बन्धि संक्षिप्त प्रतिवेदन बुधवार सार्वजनिक गर्दै जानकारि दिएका हुन् । निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्विरोध निर्वाचन भएको छ । भने ११ वटा राष्ट्रिय समन्वय परिषद्मा अनलाईनमार्फत र ७ वटा राष्ट्रिय समन्वय परिषद्मा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको हो । शर्माका… पुरा पढौ

टोकियो ओलम्पिक : ६२ पदकसहित चीन शीर्ष स्थानमा कायमै

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ६२ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।   चीनले हालसम्म २९ स्वर्ण, १७ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २२ स्वर्ण,२५ रजत र १७ कास्य पदक प्राप्त गरेको छ भने जापानले १७ स्वर्ण, छ रजत र १० कास्य प्राप्त गर्न सफल भएको छ ।… पुरा पढौ

टोकियो ओलम्पिक : पुराना स्मार्टफाेन र ल्यापटपबाट बनाइएका पदक

ओलम्पिकलाई विश्व खेलकुदको महामेलाको रूपमा लिइन्छ । यति बेला यो मेलाको ३२ औँ संस्करण जापानको टोकियो सहरमा चलिरहेको छ ।  टोकियो ओलम्पिकमा ३३ खेलका ३३९ विधामा विभिन्न देशका ११ हजारभन्दा बढी खेलाडीको सहभागिता छ ।  जुलाई २३ देखि सुरु भएको ओलम्पिक अगस्ट ८ मा सकिँदै छ । आजसम्म आइपुग्दा अधिकांश खेलको पदक विजेता टुंगो लागिसकेको छ ।  यो समाचार तयार पार्दासम्म चीन २४ स्वर्ण, १५ रजत र १४ कास्यसहित कूल ५३ पदक जित्दै शीर्ष स्थानमा रहँदा उसलाई २० स्वर्ण, २४… पुरा पढौ

जापानका चार प्रान्तहरुमा आपतकाल विस्तार, टोकियोमा पनि अगस्ट अन्त्यसम्म

आपतकालिन अवस्था अगष्ट २ तारिखबाट जापानका थप ४ प्रान्तहरुमा विस्तार भएको छ । अगस्ट २ तारिकदेखि फेरि जापानका साईतामा, चिबा, खानागावा र ओसाकामा पनि आपातकाल बिस्तार भएको छ । यस अघि टोकियो र ओकिनवा केनमा मात्रै सिमित रहेको आपतकाल अब ६ वटा केनमा बिस्तार भएको छ । यस पटकको आपतकाल अगस्ट अन्त्यसम्मका लागि घोषणा गरिएको छ । यसका अलवा, होक्काईदो, ईसिखावा,ह्योगो, क्योतो र फुकुओका केनमा अर्धआपतकाल ( मानएनबोसीज्युतेनसोचि)कार्यन्वयन गरिएको छ । यसको अवधि पनि तत्काललाई यहि महिनाको अन्त्यसम्म कायम रहनेछ… पुरा पढौ

टोकियो ओलम्पिक: ४७ स्वर्णको नतिजा आउदा अमेरिका शीर्षस्थानमा

टोकियो ओलम्पिकको पदक तालिकामा अमेरिका शीर्षस्थानमा उक्लेको छ । अमेरिका र जापान बरबरी ७/७ स्वर्ण जितेका छन् । यसअघि शीर्ष स्थानमा रहेको चीन तेस्रो स्थानमा चिप्लिएको छ । चीनले छ स्वर्ण जितेको छ । यद्यपि पदक तालिकामा सबैभन्दा बढी पदक जित्नेमा चीन नै अगाडि रहेको छ । चीनले १५ पदक जितेको छ भने अमेरिकाले १४ पदक जितेको छ । हालसम्म ४७ स्वर्णको नतिजा आइसकेको छ ।आयोजक जापानले हालसम्म छ स्वर्णसहित दश पदक जितेको छ । बेलायत र दक्षिण कोरियाले सामान… पुरा पढौ

टोकियो ओलम्पिक: ३६ राष्ट्रले पदक जिते,चीनको अग्रता कायमै हुदाँ जापानले गर्यो उत्कृष्ट प्रदर्शन,

टोकियो ओलम्पिक २०२० मा हालसम्म २८ राष्ट्रले पदक जितेका छन् । हालसम्म २२ विधाका स्वर्णको छिनोफानो भएकोमा १४ राष्ट्रले स्वर्णपदक जितेका छन् ।टोकियो ओलम्पिक २०२० का अनुसार चीनले सबैभन्दा बढी पाँच स्वर्ण, एक रजत र तीन कास्य गरी नौ पदक जितेको छ । जापानले चार स्वर्ण, एक रजत गरी पाँच पदक जित्दा संयुक्त राज्य अमेरिकाले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी आठ पदक जितेको छ । जापानले जुडोमा दुई र स्केटबोर्डिङमा एक गरी तीन स्वर्ण जितेको छ ।… पुरा पढौ

टोकियो ओलम्पिक : १३ राष्ट्रले ओलम्पिकमा पदक हात पारे,चीन शीर्ष स्थानमा

टोकियो ओलम्पिकको दोस्रो दिनको खेल जारी रहदा हालसम्म १३ राष्ट्रले पदक हात पारेको छ । चीनले दुई स्वर्णसहित तीन पदक जितेर शीर्ष स्थानमा रहेको छ । महिला १० मिटर शूटिङ्गमा स्वर्ण जितेर टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेको चीनले हालसम्म दुई विधामा स्वर्ण पदक र एउटा कास्य पदक जितेको छ । महिला ४९ किलोग्राम तौल समूहमा चीनकी झिहुई हौले स्वर्ण पदक जितेका छन । भारतकी चानु सैखोमले उक्त बिधामा रजत पदक जिते । आयोजक राष्ट्र जापान एक स्वर्ण र एक रजतसहित… पुरा पढौ

राष्ट्रपति कार्यालयका सुरक्षा प्रमुख पक्राउ

हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुख गिरफ्तार भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ। हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या घटनाका बारेमा छानविन तथा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन्। राष्ट्रपति कार्यालयका सुरक्षा प्रमुख डिमित्री केरार्जलाई सुरक्षा अधिकारीहरुले घटनाका बारेमा विभिन्न दृष्टीकोणबाट प्रश्नहरु गरेको जनाइएको छ। घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले गुप्तचर निकाय र अनुसन्धान निकायसँग समन्वय गरिरहेको पनि प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। राष्ट्रपति मोइसको गत हप्ता निवासमै गोली प्रहार गरी हत्या भएको थियो। राष्ट्रपतिको हत्या… पुरा पढौ