अन्तर्राष्ट्रिय

जापान प्रहरीले पहिलो पटक विदेशी चालकहरूले गर्ने दुर्घटनाहरूको तथ्याङ्क जारी

जापानको राष्ट्रिय प्रहरी एजेन्सीले पहिलो पटक विदेशी चालकहरूबाट हुने मृत्यु वा गम्भीर घाइते हुने ट्राफिक दुर्घटनाहरूको तथ्याङ्क जारी गरेको छ। यो तथ्याङ्क विदेशी चालकहरूलाई जापानी चालक लाइसेन्समा रूपान्तरण गर्ने नियमहरू कडा पारिने बताएको केही समयपछि सार्वजनिक भएको हो। जुलाईको अन्त्यमा जारी गरिएको एजेन्सीको तथ्याङ्क अनुसार, यस वर्षको पहिलो छ महिनामा विदेशी चालकहरूले गर्दा भएका यस्ता दुर्घटनाहरू कुल दुर्घटनाको २.१ प्रतिशत थिए, जुन अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशत र २०१५ मा १.१ प्रतिशतले बढी हो। रिपोर्ट गरिएका २५८ दुर्घटनाहरूमध्ये ८४.५ प्रतिशतमा… पुरा पढौ

जापानमा गर्मी बिदामा यात्राको चाप बढ्यो, रेल र उडानहरू भरिए

जापानमा गर्मी बिदाको यात्राको भीड शनिबारदेखि सुरु भएको छ, धेरै शिन्कानसेन बुलेट ट्रेन सेवाहरू र उडानहरू पूर्ण रूपमा बुक गरिएका छन् किनकि मानिसहरू आफ्नो गृहनगर फर्किएका छन् वा घरेलु र विदेशी बिदामा निस्किएका छन्। नागोया, ओसाका र फुकुओका जस्ता प्रमुख महानगरहरूमा जाने नोजोमी शिन्कानसेन बुलेट ट्रेन सेवाका सबै सिटहरू बुक भइसकेकाले जेआर टोकियो स्टेशन बिहानैदेखि भीडभाडमा थियो, अन्य रेलहरूमा अनारक्षित सिट खोज्ने यात्रुहरूको लामो लाइन थियो। देशका द्रुतमार्गहरूमा ट्राफिक जाम बढेको थियो भने रेल स्टेशनहरूमा यात्रुहरूले प्लेटफर्महरूमा गर्मीबाट बच्न कन्कोर्स… पुरा पढौ

गत वर्ष जापानमा जन्मभन्दा झन्डै दश लाख बढी मृत्यु

गत वर्ष जापानमा जन्मभन्दा लगभग दस लाख बढी मृत्यु रेकर्ड गरिएको थियो, जुन १९६८ मा सरकारी सर्वेक्षण सुरु भएदेखि नै सबैभन्दा ठूलो वार्षिक जनसंख्या गिरावट हो।प्रधानमन्त्री शिगेरु इशिबाले जापानको वृद्ध जनसंख्याको जनसांख्यिकीय संकटलाई "शान्त आपतकाल" को रूपमा वर्णन गरेका छन् । नि:शुल्क बाल हेरचाह र थप लचिलो कार्य घण्टा जस्ता परिवारमैत्री नीतिहरूको अवलम्बन गरेर जनसंख्यामा आएको गिरावटलाई न्यून गरिने प्रतिज्ञा समेत गरेका छन्।तर जापानी महिलाहरूमाझ बारम्बार कम रहेको जन्मदरलाई उल्टाउने प्रयासहरूले अहिलेसम्म थोरै मात्र प्रभाव पारेको छ।आन्तरिक मामिला तथा सञ्चार… पुरा पढौ

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९ तारिख। जापानी इतिहासको सबै भन्दा खराब दिन हुन्। ६ अगस्ट १९४५ मा हिरोसिमामा अमेरिकाले ‘लिटल ब्वाई नामको बी-२९ आणविक बम खसालेको थियो। त्यसको तीन दिनपछि नागासाकीमा पनि एटम बस खसालियो। त्यस समयमा एक लाख १० हजार जनाको ज्यान सो आक्रमणले लिएको थियो। विकिरणयुक्त रोगको असर धेरै वर्ष देखिएको थियो। धेरै जना घाइते भएका थिए। त्यो घटनाकै कारण दोस्रो विश्व युद्धको अन्त्य गराएको थियो। तर जापानीका लागि सोही समय सदाका लागि… पुरा पढौ

एकै परिवारका १६ जना गाउँबाटै हराए

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ।प्रहरीले हराएका उर्मिला हायुको परिवारको घरमा सामान्य क्षति र अलपत्र अवस्थामा पशु भेटिएको जानकारी दिएको छ।स्थानीय जनप्रतिनिधि र गाउँलेसँग हराएका परिवारका सदस्यको बारेमा बुझ्ने काम भइरहेको छ।गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

काभा च्याम्पियन्स लिग : हेल्प नेपालको रोमान्चक जित

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिग २०२५ को पहिलो खेलमा हेल्प नेपाल स्पोट्स क्लवले बिजयी सुरुवात गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जुलाई १७ देखि सुरु भएको प्रतियोगितामा नेपाली टोली हेल्प नेपाल स्पोर्टस क्लबले आफ्नो पहिलो खेलमा घरेलू टोलि माल्दिभ्सको धिवेही सिफाइङ्गेलाई ३–२ को सेटमा पराजित गरेको हो ।कडा प्रतिस्प्रर्धा भएको पहिलो सेट ३३–३१ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट २५–२० मा जित निकाल्यो । माल्दिभ्सको धिवेही सिफाइङ्गे क्लवले तेस्रो सेटमा उत्कृष्ट कम ब्याक गदै २५–२२ र… पुरा पढौ

विश्वास गौतम (खगराज)ले दिए एनआरएनए जापानको महासचिव पदमा उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा खगराज गौतम (विश्वास) ले उम्मेदवारी दिएका छन् । एनआरएनए जापानको प्रवक्ताको रूपमा कार्यरत गौतमले संस्थामा पारदर्शिता र जबाफदेही नेतृत्वको विकास र संस्थालाई संस्थागत रूपमा सञ्चालन गराउने उद्देश्यले सन् (२0२५-२0२७) को लागि एनआरएनए एनसीसी जापानको महासचिव पदमा उम्मेदवारी दिएको बताए । ‘संस्थाको विधि, विधान र जापानको कानूनमा टेकेर यहाँ रहेका हरेक नेपालीहरूले विश्वास र भरोसा गर्न सक्ने एनआरएनए बनाउन म लागि पर्नेछु,’ उनले भने। आगामी २ वर्षको कार्यकालमा एनआरएनए जापानलाई संस्थागत विकासको बाटोमा अघि… पुरा पढौ

गोविन्द रानाको उम्मेदवारी घोषणा: NRNA ICC सदस्य पदमा अनुभवी, समर्पित र दूरदर्शी नेतृत्वको प्रत्याभूति

नेपाली समुदायको सेवा र संस्थागत विकासमा दुई दशकभन्दा बढी समयदेखि समर्पित सामाजिक अभियन्ता गोविन्द रानाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका राना मगर समाज दक्षिण अष्ट्रेलिया र हिमालयन मल्टिकल्लचरल सोसाइटीजस्ता संस्थाहरूका संस्थापक हुन् । यी संस्थाहरू मार्फत उनले स्थानीय नेपाली समुदायको एकता, समृद्धि र सांस्कृतिक पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान र्पुयाएका छन । यसअघि पनि उनी NRNA NCC अष्ट्रेलियाको सदस्य २०२३–२५… पुरा पढौ

एनआरएनए दक्षिण अष्ट्रेलिया: युवा संयोजक पदमा पाण्डेको उम्मेदवारी

आगामी जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण अष्ट्रेलियाको निर्वाचनमा युवा संयोजक पदका लागि संगम पाण्डेले उम्मेदवारी दिएका छन् । सक्रिय र निस्वार्थ भावनाले भरिएको युवा नेताका रूपमा चिनिंदै आएका पाण्डे नेपाली समुदायको बीचमा एक प्रेरणादायी ब्यक्तीको रुपमा स्थापित छन् । दक्षिण अष्ट्रेलियामा बसोबास गर्ने नेपाली युवाहरूका बीच उनको पहुँच, आत्मीयता र नेतृत्व क्षमताले उनलाई यो जिम्मेवारीका लागि सबैभन्दा योग्य उम्मेदवार बनाएको छ। संगम पाण्डे किन?१. नेतृत्वमा सक्रिय अनुभव — नेपाली विद्यार्थी, युवा समूह र सामाजिक अभियान्ताको रूपमा… पुरा पढौ

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोषको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरले उम्मेदवारी घोषणा गरेका छन् । संघको आगामी कार्यकाल २०२५–२०२७ का लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका कुवँर बर्तमान महासचिव समेत हुन् ।उनले लामो समयदेखि एनआरएनए अष्ट्रेलियामा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् । कुवँरले राज्य समन्वय परिषद्का सचिव, राज्य संयोजक २०१७–२०१९, आईसीसी सदस्य २०१९–२१ र ओसेनिया क्षेत्र उप–संयोजक २०२१–२३ रुपमा समेत काम गरेका थिए ।करिब एक दशकदेखि संस्था भित्रको यात्रामा आफुले संस्थालाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शी र सरकारी संयोजनमै प्रभावकारी बनाउनेतर्फ उल्लेखनीय… पुरा पढौ