अन्तर्राष्ट्रिय

२०२४ मा जापानको कुल ऋण १,३१७ ट्रिलियन येन पुग्यो

टोकियो/ २०२४ को अन्त्यमा जापानको वित्तीय स्वास्थ्य अझ बिग्रिएको अर्थ मन्त्रालयको तथ्याङ्कले सोमबार देखाएको छ, कुल ऋण बढेर १,३१७.६४ ट्रिलियन येन पुगेको छ। आंशिक रूपमा सामाजिक सुरक्षा र राष्ट्रिय रक्षा लागतमा भएको वृद्धिको कारणले गर्दा कुल ऋण जापानको अर्थतन्त्रको आकारभन्दा दोब्बरभन्दा बढी छ र विकसित अर्थतन्त्रहरूमध्ये सबैभन्दा ठूलो हो । एक वर्ष अघिको तुलनामा ३१.१८ ट्रिलियन येनले बढेको ऋणमा सरकारी बन्ड, निजी बैंकहरूबाट ऋण र वित्तपोषण बिलहरू समावेश छन्। मन्त्रालयका अनुसार डिसेम्बरको अन्त्यसम्ममा राज्यको ऋणमा १,१७३.५६ ट्रिलियन येन बन्ड, ४६.८८… पुरा पढौ

‘डोनाल्ड ट्रम्प र हाम्रो केमेस्ट्री मिलेजस्तो लाग्यो’ जापानी प्रधानमन्त्री सिगेरु इसिबा

डोनाल्ड ट्रम्पले भर्खर अमेरिकाको निकट सहयोगी क्यानडालाई २५ प्रतिशत भन्सार लगाएका थिए। जापानी प्रधानमन्त्री सिगेरु इसिबा उनै ट्रम्पसँग भेट्न जाँदै थियो। त्यो पनि पहिलोपटक। त्यसैले टोकियोमा चिन्ताको माहौल थियो। तर, ट्रम्पसँगको भेटपछि जापानी प्रधानमन्त्री इसिबा शुक्रबार प्रफुल्ल मुद्रामा घर फर्किए। ट्रम्पसँग उनले न्यानो सम्बन्ध बनाए, सुरक्षा गठबन्धन कायम रहने सुनिश्चित गरे र अझ गहिरो आर्थिक सम्बन्धको मार्गचित्र पनि तय गरे। ‘हाम्रो केमेस्ट्री मिलेजस्तो लाग्यो,’ जापान फर्केपछि आइतबार इसिबाले भने।  अहिले इसिबाको भ्रमणलाई निकै सफल मानिँदै छ। ट्रम्पसँग कसरी वार्ता गर्ने, जापानी प्रधानमन्त्रीबाट… पुरा पढौ

होसेई युनिभर्सिटीकी छात्राले कक्षा सञ्चालन भैरहेको समयमा हथौडा प्रहार गरि ८ जना घाइते बनाएको आरोपमा पक्राउ

जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन् ।  प्रहरी स्रोतलाई उद्धृत गर्दै सरकारी प्रसारक एनएचकेले उल्लेख गरेअनुसार टोकियोको माचिदास्थित होसेई विश्वविद्यालयको तामा क्याम्पसमा २२ वर्षीया युनिभर्सिटीकी एक छात्राले विद्यार्थीलाई हथौडाले प्रहार गर्दा आठ जना घाइते भएका थिए ।  महानगरीय प्रहरी विभागका अनुसार क्याम्पसको कक्षाकोठामा धेरै विद्यार्थीको टाउको र शरीरमा हथौडा प्रहार भएको छ भने आठ जना घाइते भएका छन् तर सबै सचेत र बोल्न सक्ने अवस्थामा छन् । आक्रमणमा संलग्न भएको आरोपमा… पुरा पढौ

जापान: कर्पोरेट करको दरमा चार प्रतिशत वृद्धि गर्ने

टोकियो । जापान सरकारले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब दोब्बर बनाउने योजनालाई अन्तिम रूप दिइरहेको छ । सरकारले अप्रिल सन् २०२६ मा कर्पोरेट कर दरमा चार प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ भने जनवरी सन् २०२७ देखि आयकर दर एक प्रतिशतले बढ्ने प्रतिवेदनमा उल्लेख छ ।  जापानमा अप्रिल सन् २०२६ देखि सुर्तीजन्य करहरू क्रमशः बढ्ने सम्भावना छ । प्रतिवेदनका अनुसार जापानले आर्थिक वर्ष सन् २०२७ देखि पाँच वर्षसम्म राष्ट्रिय रक्षामा कुल ४३ ट्रिलियन येन (लगभग २८४… पुरा पढौ

जापान: अब मान्छे पनि मेशिनले नै धुने, आयो यस्तो मेशिन

टोकियो । जापानको ओसाकास्थित बाथटब तथा शावरहेड बनाउने कम्पनीले मान्छे धुने मेशिन बनाएको छ । साइन्स कम्पनीले मिराई निन्गेन सेन्ताकुकी अर्थात् मान्छे धुने मेशिन बनाएको छ । सन् १९७० को ओसाका कान्साई एक्पोमा जापानी प्रविधि कम्पनी सान्यो इलेक्ट्रिक कम्पनी (अहिलेको पानासोनिक होल्डिङ्स कर्पोरेसन)ले विश्वको पहिलो मान्छे धुने मेशिन सार्वजनिक गरेको थियो । अन्डाकार र बबल प्रविधियुक्त यो यन्त्रले त्यतिबेला मान्छेको ध्यान निकै खिचेको थियो । यही मेशिन हेर्न कम्पनीको बुथमा मान्छेको ओइरो लागेको थियो । यहि भिडमा थिए चार कक्षामा पढ्ने यासुआकी… पुरा पढौ

इमरान खानकाे रिहाइ लागि पीटीआई कार्यकर्ताको विशाल प्रदर्शन

काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) का कार्यकर्ता र उनका समर्थकहरूले इस्लामाबादतर्फ मार्च सुरु गरेका छन् । बीबीसीका अनुसार पीटीआईका मानिसहरू खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रबाट इस्लामावाद तर्फ लागिरहेका छन् । इमरान खानको अपीलमा आइतबार प्रदर्शन सुरु भएको थियो। इमरानले यो विरोधलाई ‘फाइनल कल’ नाम दिएका छन् । प्रदर्शन रोक्न प्रहरीले इमरानका ४ हजारभन्दा बढी समर्थकलाई पक्राउ गरेको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । पक्राउ पर्नेमा ५ सांसद पनि छन् । इस्लामावादको ‘डी चोक’ मा… पुरा पढौ

जापानमा देशभर फैलिएको आँधीका कारण पहिरो र बाढीको चेतावनी

उष्णकटिबन्धीय आँधीको अवशेष देशभर फैलिएको बेला पहिरो र बाढीको चेतावनी दिँदै अधिकारीहरूले पश्चिमी जापानका करिब दुई लाख मानिसलाई शनिबार स्थानान्तरण गर्न आग्रह गरेका छन्। जापान मौसम विज्ञान एजेन्सीले न्यानो, आर्द्र हावा..ले पश्चिमी जापानमा गर्जनसहितको भारी वर्षा गराइरहेको छ बताएकोछ । एजेन्सीले यसको आंशिक कारण कोङ–रे हो भनेको छ । यो आँधीबाट उष्णकटिबन्धीय न्यून चापीय प्रणालीमा स्तरवृद्धि भएको थियो। मात्सुयामा शहरका एक अधिकारीका अनुसार ‘शहरले उच्चतम स्तरको चेतावनी जारी गर्दै यसका १० जिल्लाका एक लाख ८९ हजार पाँच सय ५२ बासिन्दालाई… पुरा पढौ

जापानमा मैले जे देखेँ

बुढो रुखलाई समेत टेको लगाइनदिने संस्कार जापानी भाषामा ‘निप्पोन’ वा ‘निहोन’को सांकेतिक अर्थ हुन्छ ‘सूर्य उदाउने भूमि’ । अर्थात् जापानलाई सूर्याेदयको देश भनेर पनि चिनिन्छ ।  पूर्वी एसियामा प्रशान्त महासागरले घेरिएको जापान साना–ठुला १४ हजारभन्दा बढी टापुहरू मिलेर बनेको छ । सबैभन्दा ठुलो टापु ‘होन्सु’ हो, जहाँ राजधानी टोकियोसँगै नागोया, ओसाका, क्योतो, हिरोसिमाजस्ता सहर अवस्थित छन् ।  १२ करोडभन्दा बढी जनसङख्या भएको यो देशमा पछिल्लो समय तीव्र रूपमा  जनसङ्ख्या घट्दै गएको छ भने वृद्धवृद्धाको संख्यामा संख्यामा वृद्धि भइरहेको छ । राजधानी… पुरा पढौ

जापानको संसदको तल्लो सदनबाट इसिबा प्रधानमन्त्रीमा निर्वाचित

राजनीतिप्रति जनताको कम विश्वास, अस्थिर अर्थतन्त्र र बढ्दो सुरक्षा खतराको समयमा देशको जिम्मेवारी सम्हाल्न जापानको सत्तारुढ दलका नेता शिगेरु इसिबा मंगलबार संसदमा प्रधानमन्त्री निर्वाचित भएका छन् । गत हप्ता लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्षमा निर्वाचित इशिबालाई तल्लो र माथिल्लो सदन दुवैले अनुमोदन गरेका थिए। मङ्गलबारको संसदीय मतदान अन्तिम मिनेटमा ढिलो भएको मतदानको समयलाई लिएर विपक्षी गुटबाट बढ्दो आलोचनाको बाबजुद पनि अक्टोबर २७ मा हुने आम निर्वाचनको चरण तय गरेको छ।लामो समयदेखि विशेष महत्वका साथ हेरिएका ६७ वर्षीय इशिबाले आफ्नो प्रधानमन्त्रीको रूपमा… पुरा पढौ

अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

काठमाडौँ । महान भौतिकशास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हस्ताक्षरित पत्र ५१ करोड २० लाख बराबरको नेपाली रुपैयाँमा लिलामी भएको छ ।आइन्स्टाइनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्टलाई पठाएको पत्र लिलामी गरिएको हो । यस पत्रमा आइन्स्टाइनले आणविक हतियारको विकास विरुद्ध चेतावनी दिएका थिए । यो पत्र न्यूयोर्कमा फ्रान्कलिन डी रुजवेल्टको पुस्तकालयमा फेला परेको थियो ।यस पत्रमा अल्बर्ट आइन्स्टाइनले अमेरिकी राष्ट्रपतिलाई जर्मनीले आणविक हतियार विकास गरिरहेको चेतावनी दिएका थिए । पत्रमा आइन्स्टाइनले भनेका छन्, 'आमविक भौतिकीमा हालैका कामहरू भएका छन्,… पुरा पढौ