अन्तर्राष्ट्रिय

८ अर्ब पुग्यो विश्वको जनसङ्ख्या

संयुक्त राष्ट्र संघले आज १५ नोभेम्बरदेखि विश्वको जनसंख्या आठ अर्ब पुगेकोे छ । यो प्रक्षेपण संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या सम्भावना २०२२ प्रतिवेदनमा खुलासा गरिएको छ । यो प्रक्षेपण यसै वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको प्रतिवेदनमा खुलासा गरिएको थियो । तर, अनुमानित समयसीमा केही दिन मात्र बाँकी रहेकाले आज घोषणा गरिएको हो । सन् २०२३ मा भारतले चीनलाई विस्थापित गर्ने प्रतिवेदनमा उल्लेख छ । सन् २०१९ मा विश्वको औसत आयु ७२.८ वर्ष पुगेको थियो । सन् १९९०… पुरा पढौ

जापानले २०३० सम्म तीव्र गतिसहितको हाइपरसोनिक मिसाइल तैनाथ गर्ने

जापानको रक्षा मन्त्रालयले २०३० सम्ममा हाइपरसोनिक क्षेप्यास्त्रहरू तैनाथ गर्ने र प्रतिआक्रमण क्षमतालाई बढाएर प्रतिरक्षा प्रणालीलाई बढावा दिने योजना बनाईरहेको बताईएको छ ।युक्रेनमा रूसको आक्रमणले विश्वव्यापी सुरक्षा वातावरण मा चुनौती थपिएको,उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपण श्रृंखलाबद्द रूपमा गरिरहेको र चीनको सैन्य रणनीतिले जापानमाथि खतरा देखिरहेको भन्दै मन्त्रालयले प्रतिआक्रमण क्षमताहरू खोजिरहेको निक्केइ दैनिकले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।हाइपरसोनिक मिसाइलहरू आवाजको गतिभन्दा पनि कम्तीमा पाँच गुणा छिटो र जटिल प्रक्षेपणमा उड्न सक्ने र यसलाई रोक्न समेत गाह्रो हुने रिपोर्टमा उल्लेख गरिएको छ ।जापानले वर्षको… पुरा पढौ

उत्तर कोरियाले पहिलो पटक दक्षिण कोरियाली समुद्री सीमाभित्र मिसाइल प्रहार

उत्तर कोरियाले पहिलो पटक दक्षिण कोरियाली समुद्री सीमाभित्र मिसाइल प्रहार गरेको छ । अमेरिका र दक्षिण कोरियाबीच सैन्य अभ्यास चलिरहेको बेला उत्तर कोरियाले आज बुधबार बिहान ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । जुन समुद्री सिमांकन लाइन पार गर्दै दक्षिण कोरियाली पानीमा खसेको हो । कोरिया विभाजन भएको ७० वर्षको इतिहासमा पहिलो पटक उत्तरले दक्षिण कोरियाली सिमाना भित्र खस्ने गरी क्षेप्यास्त्र प्रहार गरेको हो । दक्षिण कोरियाली सेनाले उत्तरले कम्तिमा दश वटा क्षेप्यास्त्र प्रहार गरेको र आफूले उत्तर कोरियाली समुद्री सिमानातर्फ… पुरा पढौ

हालोविनको रात सिकागोमा १४ जनाको हत्या

अमेरिकाको तेस्रो ठूलो शहर शिकागो पश्चिमी भागमा हालोविनको रात चौध जनाको हत्या भएको छ । सवारी साधनबाट अन्धाधुन्ध गोली हानेर भागेका आक्रमणकारीलाई सुरक्षाकर्मीले खोजी रहेका छन् । सोमबार राति भएको उक्त घटनामा तीन वर्षको शिुशुसहित ११ र १३ वर्षका किशोर किशोरी पनि मारिएका छन् । अन्य मृतकको विस्तृत विवरण प्राप्त नभएको प्रहरीलाई उद्धृत गर्दै सिकागो ट्रिब्युनले जनाएको छ । आक्रमणकारीबाट ज्यान जोगाउन भागेकी एक महिलालाई आक्रमणकारी सवार गाडीले ठक्कर दिएको थियो । आक्रमणकारीको एक समूहले सडकको एक किनारमा बसेर आक्रमणकारीलाई… पुरा पढौ

दक्षिण कोरियाको सोलमा भागदौडका क्रममा भएको हताहतीको संख्या १५३ पुग्यो, मृत्यु हुनेमा २ जना जापानीसहित १९ जना विदेशी

शनिबार राति दक्षिण कोरियाको सोल डाउनटाउन इलाका इटावोनमा भएको भागदौडमा राति दुई जना जापानी नागरिक दुर्घटनामा परेका छन ।१ सय ५३ जनाको मृत्यु हुदा १९ जना विदेशी नागरिकको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन।जापान सरकार परराष्ट्र मन्त्रालयका अनुसार दुईजना जापानी नागरिकको मृत्यु भएको छ, जसमा एक किशोर किशोरी २० वर्ष उमेरका छन्।सियोलमा रहेको जापानी दूतावासले थप जानकारी पुष्टि गर्न बाँकी रहेको छ । दक्षिण कोरियाली सरकार र अन्यका अनुसार सियोलको मुख्य शहर इटावोनमा २९ तारिख राति १०:०० बजे ठूलो संख्यामा… पुरा पढौ

दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिँदा कम्तीमा १५१ जनाको मृत्यु, ८२ बढि घाइते

दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको क्रममा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ भने १०० भन्दा धेरै घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार शनिबार साँझ दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिँदा कम्तीमा पनि १४९ जनाको मृत्यु भएको एनएचकेले उल्लेख गरेको छ । राजधानी सोलको एक नाइट स्पटमा ठूलो संख्यामा हलोविन मनाउनका लागि मानिसहरू जम्मा भएका थिए । कोभिड-१९ महामारीपछिको यो नै पहिलो हलोविन भएकाले पनि धेरै मानिसहरू जम्मा भएको बताइएको छ । रिपोर्टका अनुसार यहाँ करिब १ लाख मानिस भेला भएका… पुरा पढौ

युनिफिकेशन चर्चसँगको सम्बन्धका कारण जापानका क्याबिनेट अर्थमन्त्रीको राजीनामा

दर्जनौं सत्तारुढ दलका सांसदहरू संलग्न रहेको र चरम विवादका बिच बढ्दो आलोचनाको सामना गरेपछि एकीकरण चर्चसँगको सम्बन्धलाई लिएर जापानका अर्थमन्त्रीले सोमबार आफ्नो राजीनामा दिएका छन। जुलाईमा पूर्व प्रधानमन्त्री तथा नेता शिन्जो आबेको हत्या पछि विवादास्पद दक्षिण कोरियामा अवस्थित चर्चसंग उनको पार्टीको घनिष्ठ सम्बन्ध रहेको रहस्य खुल्दै जान थालेपछि आएको जापानका अर्थमन्त्री दाइशिरो यमागिवाको राजीनामा प्रधानमन्त्री फूमियो किशिदा सरकारको एक अर्को झटकाको रूपमा हुन पुगेको छ । यामागिवाले विदेश यात्राको क्रममा चर्चका सभाहरूमा आफ्नो विगतको उपस्थिति र चर्चका नेता हकजा हान… पुरा पढौ

जापानका अनुसन्धानकर्तालाई ठूलो सफलता, शरिर बाहिर कृत्रिम कपाल बनाउन सफल

योकोहामा नेसनल युनिभर्सिटीको एक अनुसन्धान समूहले एलोपेसिया र यस्तै प्रकारको उपचारका लागि कृत्रिम रूपमा शरीर बाहिर कपाल बनाउन सकिने मुसामा प्रयोग गर्न सफल भएको घोषणा गरेको छ। योकोहामा नेसनल युनिभर्सिटीका प्रोफेसर जुन्जी फुकुदाको नेतृत्वमा रहेको एउटा समूहले लामो समयको अनुसन्धानपछि हालै मुसामा गरिएको परिक्षण पूर्णरूपमा सफल भएको अनुसन्धान सम्बन्धी जानकारी दिने अमेरिकी विज्ञानपत्रिका ‘साइन्स एडभान्सेस’ मा प्रकाशित गर्दै सो कार्य गर्न सफल भएको जानकारी गराएको हो ।“यो पहिलो पटक हो कि हामीले लगभग १०० प्रतिशत शुद्धताका साथ कपालको फोलिकल सहित… पुरा पढौ

प्रधानमन्त्रीद्वारा पदबाट राजिनामा

बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिनु भएको छ । ट्रसले प्रधानमन्त्री बनेको ४५ दिन पछि प्रधानमन्त्री पदबाट बिहिबार राजीनामा दिनु भएको हो ।प्रधानमन्त्री बनेदेखि नै आफूले प्रतिवद्धता जनाए अनुसार काम नगरेको भन्दै पछिल्लो समय उहाँको आलोचना हुँदै आएको थियो । प्रधानमन्त्री ट्रसको आलोचना भइरहेकै बेला बेलायती गृहमन्त्री सुएला ब्रेवरम्यानले बुधबार अचानक राजीनामा दिएपछि ट्रस झन संकटमा पर्नु भएको थियो । गृहमन्त्री ब्रेवरम्यानले सरकार आफ्ना प्रतिवद्धताहरुबाट बहकिएको आरोप लगाउँदै राजीनामा दिनु भएको थियो । बेलायतको इतिहासमा प्रधानमन्त्री ट्रस सबैभन्दा थोरै… पुरा पढौ

पूर्व प्रधानमन्त्री आबेको हत्यासंगै चर्चामा आएको एकीकरण चर्चको छानबिन गर्न जापानका प्रधानमन्त्रीले लिए यस्तो कठोर कदम

‘युनिफिकेसन चर्च’ को सम्बन्ध र विवादबारे अनुसन्धान गर्न जापानी प्रधानमन्त्री आदेश प्रधानमन्त्री फुमियो किशिदाले सोमबार शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्री केइको नागाओकालाई धार्मिक समूहलाई विघटन गर्न अदालतको आदेशको अनुरोध गर्नु उपयुक्त छ कि छैन भनेर निर्धारण गर्न र युनिफिकेशन चर्चको कानुनी छानबिन गर्न निर्देशन दिएका छन् ।किशिदाले सोमबार बिहान प्रधानमन्त्री कार्यालयमा नागाओकासँगै उपभोक्ता मामिला तथा खाद्य सुरक्षामन्त्री तारो कोनो र न्यायमन्त्री यासुहिरो हानाशीसँग भेट यस्तो निर्देशन गरेका हुन ।यसअघि जाँचका लागि अनिच्छुक देखिएका प्रधानमन्त्री फुमिओले आफ्नो राजनीतिक भविष्यलाई… पुरा पढौ