अन्तर्राष्ट्रिय

न सरसफाइ कर्मचारी न फोहोर हाल्ने भाँडो, तरपनि सधैं सफा रहनेको राज यस्तो पो रहेछ जापानमा

दिनभरका विद्यालयमा पढेका विद्यार्थीहरू घर जान आतुर छन् र आफ्ना शिक्षकले भोलिको समय तालिका बताइरहँदा धैर्यपूर्वक सुनिरहेका छन्।  शिक्षकले अन्तिममा भने: "आज पहिलो र दोस्रो पङ्क्तिका विद्यार्थीले कक्षा कोठा सफा गर्ने, तेस्रो र चौथो पङ्क्तिका विद्यार्थीले भर्‍याङ सफा गर्ने र पाँचौ पङ्क्तिका विद्यार्थीले शौचालयहरू सफा गर्ने पालो छ।" पाँचौ पङ्क्तिका विद्यार्थीहरूले सुस्केरा हाले तर आफ्ना ठाउँबाट उठे र कक्षाकोठाको पछाडि रहेको दराजबाट कुचो र बाल्टिन लिएर शौचालयतर्फ गए।  यस्तै दृश्य जापानभरका विद्यालयमा देख्न सकिन्छ।विद्यालय सफा गर्ने कामलाई जापानमा पाठ्यक्रमकै एउटा… पुरा पढौ

जापानको जनसङ्ख्या ०.४३ प्रतिशत अर्थात् करिब ५ लाख ३८ हजारले खुम्चियो

टोकियो । जापानको कुल जनसङ्ख्या सन् २०२२ मा ०.४३ प्रतिशत अर्थात् करिब ५ लाख ३८ हजारले खुम्चिएको सरकारी अनौपचारिक तथ्याङ्कले देखाएको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्याङ्कअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कुल जनसङ्ख्या १२ करोड ४७ लाख ७० हजार रहेको छ। यो सङ्ख्या एक वर्षअघि १२ करोड ५३ लाख १० हजार रहेको थियो। सन् २०२१ मा जनसङ्ख्या ०.६ प्रतिशतले घटेको थियो भने सन् २०२१ मा यो दर केही कम भएको थियो। पछिल्लो… पुरा पढौ

एक सय वर्ष पुरानो जापानी पत्रिका बन्द हुने

जापानको साप्ताहिक समाचार पत्रिका शुकान असाहीले आफ्नो १०० वर्षभन्दा लामो प्रकाशन इतिहास आगामी मे महिनामा अन्त्य गर्ने भएको छ । असाही शिम्बुन पब्लिकेशन्स इङ्कले साप्ताहिक पत्रिकाको बजार खुम्चिँदै गएको र विज्ञापनबाट हुने आम्दानीमा कमी आएको भन्दै डिजिटल सञ्चार सामग्री र पुस्तक प्रकाशनमा आफ्नो स्रोत बढी केन्द्रित गर्ने भएकोले यस्तो निर्णय गरेको जनाएको छ । सन् १९२२ मा सुरु भएको शुकान असाही राजनीति, अर्थशास्त्र र संस्कृतिलगायत विविध विषयमा योगदान गर्दै आएको जापानको सबैभन्दा पुरानो साप्ताहिक पत्रिका हो । प्रकाशकका अनुसार सन्… पुरा पढौ

जापान सरकारले खोल्यो चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा

चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ । जापान सरकारले शनिबार उक्त कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । यसअघि जापान सरकारले बेइजिङबाट दिने प्रवेशाज्ञा बन्द गरेको थियो । कोभिड–१९ का कारण जापानले चिनियाँ राजधानी बेइजिङबाट प्रवेशाज्ञा बन्द गरेको सूचना जारी गरेको थियो । आइतबारदेखि सो सेवा पुनः सञ्चालनमा ल्याइएको जनाएको हो । राजधानी बेइजिङस्थित जापानी राजदूतावासको वेभसाइटमा यससम्बन्धी सूचना राखिएको समाचारमा जनाइएको छ । चीनमा पछिल्लो समयमा बढ्दै गएको कोभिड… पुरा पढौ

जापानमा बेरोजगार भै आत्महत्या गर्नेको संख्या झण्डै दोब्बरले बढ्यो

अर्थव्यवस्थामा विश्वकै तेस्रो शक्तिशाली मुलुक जापानमा सन् २०२२ मा आत्महत्या गर्नेको संख्या अघिल्लो वर्षको तुलनामा बढेकोको सरकारी स्रोतहरूले बताएका छन ।१३ वर्षपछि कै सबैभन्दा धेरै आत्महत्या भएको सन् २०२२ मा पुरुषको संख्या पहिलो पटक वृद्धि भएको प्रारम्भिक सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ।जापानमा गतवर्ष आत्महत्या गर्नेको कुल संख्या २१ हजार ५८४ रहेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा ५७७ ले बढेको हो।आत्महत्या गरेर मृत्यु हुने पुरुषको संख्या सन् २०२१ मा भन्दा २०२२ मा ६०४ ले बढेर १४,५४३ पुगेको छ ।… पुरा पढौ

हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु

राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।  दुर्घटनाका सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन । राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १६ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् । गृहमन्त्रालयका कैयौँ उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीको ज्यान गएको छ ।  बयालीस वर्षीय गृहमन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता हुन् । उनि दुई… पुरा पढौ

जापानको सिकुओकामा १३ वर्षीया बालकद्वारा छुरा प्रहार गरी आमाको हत्या गरेको आशंका

मध्य जापानको सिकुओकामा १३ वर्षीया बालकद्वारा छुरा प्रहार गरी आमाको हत्या गरेको आशंका गरिएको छ ।माकिनोहारा सहरको एक घरमा ४० वर्षकी महिलालाई सोमबार राति ती १३ वर्षीया बालकद्वारा छुरा प्रहार गरेको अवस्थामा मृत फेला परेपछि आफ्नी आमाको मृत्युमा संलग्न भएको आशंका गरिएको एक अनुसन्धान स्रोतले जनाएको छ ।सोमवार राति ११ः५० बजे उनको घरमा बस्ने परिवारका सदस्यबाट आक्रमण गरिएको बारेमा प्रहरीलाई आपतकालीन फोन आएको बताइएको छ । प्रहरीका अनुसार घरमा बस्दै आएकी ४० वर्षकी उक्त महिलालाई चक्कु जस्ता धारिलो हतियार प्रहार… पुरा पढौ

जापानमा शरणार्थीको लागि दुई पटक भन्दा बढी आवेदन दिने विदेशी नागरिकहरूलाई देश निकालाको लागि योग्य हुने गरि कानून संशोधन गरिने

जापानमा शरणार्थी स्थितिको लागि दुई पटक भन्दा बढी आवेदन दिने विदेशी नागरिकहरूलाई देश निकालाको लागि योग्य हुने गरि अध्यागमन कानून संशोधन गरिन लागेको छ ।विवादास्पद प्रस्तावलाई कायम राखेको भन्दै आलोचना उत्पन्न भएपछि सन् २०२१ मा फिर्ता लिएको उक्त विधेयक सरकार र सत्तारुढ दलहरूले पुन: पेस गर्ने योजना बनाएको सरकारी स्रोतहरूले बिहीबार बताएका छन ।हालै मात्र सरकारले अध्यागमन सुविधाहरूमा अवैध आप्रवासीहरूलाई हिरासतमा राख्ने सिद्धान्तलाई परिमार्जन गर्ने लक्ष्य राखेको बेला कदम आएकोले जनवरी २३ मा बस्न लागेको संसदको साधारण सत्रमा विपक्षी दलहरूले… पुरा पढौ

जापानी समुद्री क्षेत्रमा उत्तर कोरियाद्वारा शक्तिशाली मिसाइल प्रहार

उत्तर कोरियाले जापानी समुद्री क्षेत्रमा तीन वटा शक्तिशाली ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। राजधानी प्योङयाङबाट यी ब्यालेस्टिक मिसाइल प्रहार भएको दक्षिण कोरियाली अधिकारीले जनाएका छन्। जापानले दुई शंकास्पद मिसाइल कोरियाको पेनिनसुलास्थित पूर्वी तटीय क्षेत्रमा खसेको बताएको छ। जापानी समाचार संस्था एनइचकेले उत्तर कोरियाले छोटो दूरीका शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण गरेको उल्लेख गरेको छ। उत्तर कोरियाले यो वर्षमात्रै ३७ वटा ब्यालेस्टिक मिसाइल जापानी सामुद्रिक क्षेत्रमा प्रक्षेपण गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार ग-यो’, दक्षिण कोरियाका संयुक्त… पुरा पढौ

ब्राजिलका लिजेण्ड फुटबल स्टार पेलेको ८२ वर्षको उमेरमा निधन

नाङ्गो खुट्टा गरिबीबाट माथि उठेर आधुनिक खेल इतिहासको सबैभन्दा महान् र चर्चित एथलीट बनेका ब्राजिलका महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।कोलोन क्यान्सरबाट थलिएका पेलेको उपचार भइरहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पताल त्यहाको स्थानीय समय दिउँसो ३:२७ मा उनको मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका हुन। ब्राजिललाई तीन पटक विश्वकप जिताउन नेतृत्व गर्ने र "फुटबलका राजा" उपनामले चिनिने ब्राजिलको राष्ट्रिय टोलीका पूर्व सदस्य पेलेको २९ तारिखमा निधन भएको हो । साओ पाउलोको अस्पतालमा नोभेम्बरदेखि नियमित अस्पतालमा… पुरा पढौ