जापानको नागानो हिमपहिरोमा फसेका २ जना स्कीयर मृत फेला

-


     जनहित न्युज    
     माघ १६ गते २०७९


जापानको नागानोको मध्य क्षेत्रमा हिमपहिरोमा २ जना बेपत्ता भएका दुईजना स्कीयरको मृत्यु पुष्टि भएको प्रहरीले सोमबार जनाएको छ।

प्रहरी अधिकारी तोमोहिरो कुशिबिकीले बताएअनुसार उनीहरू एउटै समूहका विदेशी पर्यटक जोडी भएको पुष्टि भएको छ । २१ सय मिटर अग्लो हिमाली भेगमा आइतबार हिमपहिरो हुँदा जम्मा १३ जना विदेशी नागरिक तीन समूहमा स्कीइङ गर्दै थिए, जसमा दुई जना बेपत्ता भएका थिए।ती बेपत्ता भएका दुईजना स्कीयरको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको हो ।

हिमपहिरोमा परी हराएकामध्ये ३ जनालाई स्की रिसोर्टको गस्ती क्षेत्रबाहिरबाट उद्धार गरिउको थियो ।समूहका अन्य ११ जना पहिरोबाट सामान्य घाइते अवस्थामा आफैं सुरक्षित स्थलमा पुगेका बताइएको छ । चार जना पुरुष हिमपहिरोमा फसेका थिए भने दुई जना भाग्न सफल भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

गत हप्ता नागानोसहित जापानको धेरै भागमा हिम वर्षा हुँदा अधिकांश क्षेत्रमा भारी हिउँले ढाकेको र धेरै विदेशी पर्यटकहरू हिउ खेल्नलाई ती क्षेत्रमा पुगेको बताइएको छ । उक्त क्षेत्रमा अझै पनि हिमपहिरो र हिमपातको चेतावनी जारी गरिएको छ ।

नागानोमा आइतवार भएको हिमपहिरोमा परी ३१ वर्षीय पेशेवर अमेरिकी स्की खेलाडी यर काइल स्माइनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?