अन्तर्राष्ट्रिय

जापानको अदालतले आप्रवासी विदेशीलाई देश निकाला गर्ने अध्यागमनको कार्यलाई असंवैधानिक ठहर 

टोकियो जिल्ला अदालतले एक विदेशी नागरिकलाई शरणार्थी स्थिति खोज्ने उनको आवेदन खारेज गरि देश निकाला गर्ने अध्यागमन अधिकारीहरूको कार्य असंवैधानिक भएको फैसला गरेको छ ।सन् २०१९ मा एक अफ्रिकी व्यक्तिलाई शरणार्थीको रूपमा जापानमा रहनका लागि गरेको आवेदन खारेज गर्ने न्याय मन्त्रीको निर्णयको बारेमा जानकारी दिएकै दिनमा निर्वासन गर्ने प्रयासलाई जापानको क़ानून विपरित रहेको ठहर गर्दै असंवैधानिक भएको फैसला गरेको हो ।अध्यागमन अधिकारीहरूले ३० वर्ष उमेरका जापानको संविधानको धारा ३२ ले गरेको ग्यारेन्टीलाई कानुनी अदालतमा जानबाट रोकेको आधारमा व्यक्तिले जापानी सरकारलाई… पुरा पढौ

जापानमा कोभिड-१९ सङ्क्रमण बढेसंगै टोकियो क्षेत्रको स्वास्थ्य प्राणाली ‘हाइ अलर्ट’ मा

जापानको टोकियो महानगर सरकारले कोभिड सङ्क्रमण बढेसंगै बिहिबार सेप्टेम्बर ८ पछि पहिलो पटक चार-स्तरीय स्केलमा चिकित्सा तयारीको लागि आफ्नो सतर्कतालाई उच्च स्तरमा बढाएको छ ।जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख ५० हजार भन्दा बढि सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख ५० हजार जना सङ्क्रमित थपिएका हुन् । कोभिड–१९ का गम्भीर बिरामीको सङ्ख्या बढ्दै गएको र थप स्वास्थ्यकर्मीहरू भाइरसबाट संक्रमित भएका वा नजिकको सम्पर्कमा आएकाले राजधानीमा चिकित्सा… पुरा पढौ

६५.२४ सेन्टिमिटरका अफसिन बने विश्वकै होचा व्यक्ति

विश्वकै सबैभन्दा होचा जीवित व्यक्ति बनेका छन् इरानका अफसिन इस्माइल गदरजादे बनेका छन्। उनको उचाइ ६५.२४ सेन्टिमिटर छ । गिनिज वर्ल्ड रेकर्डले प्रमाणीकरण गरेकामध्ये चौथो सबैभन्दा होचा व्यक्ति हुन् । अफसिन इरानको पश्चिम अजरबैजान प्रान्तस्थित बुकान काउन्टीका हुन् । उनी कुर्दिस र फारसी दुवै भाषा जान्दछन् । जन्मिँदा उनको तौल ७ सय ग्राम मात्र थियो। अहिले उनको तौल ६.५ किलो मात्र छ । होचो भएकै कारण उनी स्कुल जान सकेनन् । तर, भर्खरै उनले आफ्नो नाम लेख्न भने सिकेका छन्… पुरा पढौ

जापानमा सम्बन्धविच्छेद भएको ३ सय दिनभित्र जन्मेको बच्चालाई पनि हालको श्रीमानको सन्तान मानिने

जापानको संसदले गर्भावस्था र सुत्केरीको समयका आधारमा पितृत्व मान्ने व्यवस्थाका सम्बन्धमा महिलाले पुनर्विवाह गरेमा सम्बन्धविच्छेद भएको ३ सय दिनभित्र जन्मेको बच्चालाई पनि हालको श्रीमानको सन्तान मानिने कानून बनाएको छ । सन् १८९९ देखि जारी रहेको ‘वैधानिकताको अनुमान’ को नागरिक कानून प्रणालीअन्तर्गत सम्बन्धविच्छेद भएको ३०० दिनभित्र जन्मेको बच्चालाई अघिल्लो पतिको सन्तान मानिने प्रावधानलाई संशोधन गर्दै शनिबार उक्त कानुनी परिवर्तन गरेको हो । परिमार्जित कानून अन्तर्गत सम्बन्धविच्छेद भएको ३ सय दिनभित्र जन्मेको बच्चा आमाले पुनः विवाह गरेमा दोस्रो विवाह गर्ने पतिको सन्तान… पुरा पढौ

१९ लाख खर्चेर कुकुर बने जापानका एक व्यक्ति

एजेन्सी - संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । तोको नामका जापानका यी व्यक्ति अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेका तोकोले सामाजिक सञ्जालमा एउटा तस्बिर पनि सेयर गरेका छन् । सामाजिक सञ्जालमा यसको असाध्यै चर्चा भइरहेको छ । वास्तवमा, जापानमा बस्ने यी व्यक्तिको बाल्यकालदेखि नै कुकुरको जीवन जिउने सपना थियो । जापानको एक… पुरा पढौ

जापानको शिबुयामा १० करोड ६० लाख येन मूल्य बराबरको गहना लुट्ने तीन जना बेलायती नागरिक ७ वर्षपछि पक्राउ

सन् २०१५ मा मध्य टोकियोको एक लक्जरी पसलबाट १०० मिलियन येन ($ 742,000) भन्दा बढीको गहना लुट्ने कार्यमा संलग्न भएको आरोपमा बेलायतमा तीन पुरुषलाई पक्राउ गरिएको छ । बेलायत र जापान सरकारका बिचमा सुपुर्दगी सन्धि नभएकोले जापानमा अपराध गरि हाल बेलायतमा पक्राउ परेका ती पुरुषहरुलाई जापान स्थानान्तरण गर्ने कि नगर्ने भन्ने बारेमा बेलायतको एक अदालतले निर्धारण गरिरहेको अनुसन्धान स्रोतले बताएको छ ।सन् २०१५ को नोभेम्बरमा खिचिएको फाइल तस्बिरले टोकियोको शिबुया वार्डमा रहेको ह्यारी विन्स्टन ज्वेलरी पसलमा डकैती गरिएको देखाईको छ… पुरा पढौ

जापानमा फाँसी दिएर मृत्युदण्डको सजाय सुनाईएका कैदीहरूद्वारा नै सरकार विरुद्ध मुद्दा दायर

ओसाकाका तीन जना मृत्युदण्डको सजाए सुनाईएका कैदीहरूले मंगलबार राज्य विरुद्ध मुद्दा दायर गर्दै फाँसी दिएर मृत्युदण्ड दिने प्रथालाई अन्तर्राष्ट्रिय महासन्धिहरू अन्तर्गत अमानवीय कार्य भएको दाबी गरेका छन । तिनीहरुले झुण्ड्याएर मृत्युदण्ड दिने कार्यविरुद्ध संघर्ष गर्ने भएका हुन।  मुलुकमा मृत्युदण्डको नाममा कसैलाई झुण्ड्याइनु निकै अमानवीय कार्य भएको उनीहरुको जिकिर छ । उनीहरुले अदालतमा फाँसी दिइने भन्ने सन्त्राशका कारण परेको मनावैज्ञानिक तनावको क्षतिपूर्ति स्वरुप ३३ मिलियन येन ($ 237,000) क्षतिपूर्तिको पनि माग गरिरहेका छन् । न्याय मन्त्रालयले उजुरी नआएकाले प्रतिक्रिया दिन नमिल्ने… पुरा पढौ

जापानको टोकियोमा क्याम्पस हाता भित्रै प्राध्यापकमाथि चक्कु प्रहार हुदा गम्भीर घाइते

टोकियो विश्वविद्यालयको क्याम्पसमा एकजना प्रसिद्ध जापानी प्राध्यापकमाथि धारिलो वस्तुद्वारा आक्रमण गरि गम्भीर घाइते बनाईएका छन र आक्रमणकारी अझै फरार रहेको प्रहरीले जनाएको छ।टोकियो मेट्रोपोलिटन युनिभर्सिटीका प्रख्यात समाजशास्त्री र सो संकायका सदस्य ६३ वर्षीय प्रोफेसर शिन्जी मियादाईलाई हाचियोजीस्थित मिनामी-ओसावा क्याम्पसमा दिउसो करीब ४ः२० बजेतिर घाँटीमा धेरै चोटपटक लागेको अवस्थामा फेला परेको महानगरीय प्रहरी विभागले जनाएको छ। चोटपटकका कारण उनकोज्यान जोखिममा नरहेको र उनको हत्याको प्रयास गरेको आशंकामा आक्रमणकारीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।एक प्रत्यक्षदर्शीका अनुसार मियादाई क्याम्पसको प्रांगणमा हिडिरहेको अवस्थामा… पुरा पढौ

एक अर्बभन्दा बढी मानिस आप्रवासी: विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)

विश्वमा अहिले आठ मध्ये एक अर्थात् एक अर्बभन्दा बढी मानिस आप्रवासी रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । यसमध्ये २८ करोड १० लाख अन्तर्राष्ट्रिय आप्रवासी र कैयौं लाख व्यक्ति राज्यविहीन छन् । जलवायु परिवर्तन, बढ्दो असमानता, द्वन्द्व, व्यापार र जनसङ्ख्या वृद्धिले यस्ता प्रवृत्तिलाई तीव्र बनाएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । शरणार्थी र आप्रवासीहरूको स्वास्थ्य अधिकार र आवश्यकताहरू प्रदान गर्न स्वास्थ्य कार्यबलको महत्वपूर्ण भूमिका छ । शरणार्थी र आप्रवासी स्वास्थ्य समस्याहरूलाई पर्याप्त रूपमा सम्बोधन… पुरा पढौ

पेरिसमा नेपालका सेक्सी देवता

“यौनका मामिलामा नेपाली संस्कृति साँघुरो लागेर होला नेपालका देउताजती फ्रान्समा पो छिरेछन त’ !” फ्रान्सको राजधानी पेरिसमा रहेको पिगालस्थित नग्न सङ्राहलयमा नेपालका नाङ्गा देउताको भिड देखेपछी यसै भन्दै थिए पेरिसबासी भोलाकान पासन। पेरिसमा रातिपनि खुलैहुने एकमात्र यो सङ्राहलयमा नाङ्गा नेपाली कला यतिधेरै छन कि पत्याउनै मुस्किल पर्छ। नेपाली समाज र संस्कृति प्रेम र यौनका मामिलामा सांघुरो छ भन्ने पश्चिमीहरुको बिश्वासलाई यहाँका नाङ्गा कलाकृतिहरुले क्षणभरमै चकनाचुर पार्छन। यो सङ्राहलयमा नेपालको शिवालिङ्गलाई ठाउँ ठाउँमै रखिएका छन जसप्रति खासगरी महिलाहरु ज्यादै आकर्षित हुनेगरेको… पुरा पढौ