नर्दन टेरिटोरीसँग नेपाल पराजित

-


     जनहित न्युज    
     श्रावण ३१ गते २०८२


टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग
पराजित भएको छ ।

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउदा ४२ रनले पराजित भएको हो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाउदाँ कुशल भुर्तेल ८, आसिफ शेख ११, कप्तान रोहित पौडेल २३, गुल्सन झा २६, दीपेन्द्रसिंह ऐरी १९, सोमपाल कामी १ रन बनाएर आउट भए । लोकेश बलले रनको खाता नै खोल्न सकेनन् । रुपेश सिंह ८ र सन्दीप लामिछाने २ रनमा अविजित रहे । बलिङमा स्ट्राइकका म्याट हामोन्डले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्ट्राइकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । स्ट्राइकका लागि कप्तान डार्सी शर्टले सर्वाधिक ५१ रन बनाएका थिए । बलिङमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।

एनटी स्ट्राइकले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो । २४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् । नेपालले अब भोलि बंगलादेश ‘ए’ सँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?