फोटोसुटका क्रममा बेहुलीकै अगाडि बेहुलाको मृत्यु

-


     जनहित न्युज    
     श्रावण २५ गते २०७८


विवाह हुनुअघि दुलहा दुलहीको फोटो खिच्नेक्रममा दुलहाको दुलही अगाडि तडपी तडपी मृत्यु भएको छ। यो घटना ब्राजिलको हो। ब्राजिलमा विवाहको एक दिन अघि एक जना चिकित्सक आफ्नो हुनेवाला दुलहीको अगाडि करेण्ट लागेर तडी तडपि मरेका छन्।

३१ वर्ष डाक्टर डेनिस रिकार्डो फारिया गर्जेलको यो घटना ज्यादै दर्दनाक छ। डाक्टर गर्जेल तथा उनकी हुनेवाला दुलही विवाहको एकदिन अघि फोटो सुट गर्दै थिए, डाक्टर गर्जेललाई हाईभोल्टेजको करेण्ट लागेर उनको निधन भएको थियो।

उनीहरु ब्राजिलदेखि ५ सय ५० किलो मिटर टाढा गएका थिए। यसैक्रममा डाक्टर गर्जेलले माछा मार्ने बल्छीको बन्दोबस्त गरेका थिए। सोही माछा मार्ने बल्छीको डण्डीमा बिजुलीको करेण्ट लाग्न पुगेको थियो। त्यो हुक हटाउन खोज्दा उनको दुबै हात करेण्ट लागेको थियो। यस्तो दर्दनाक घटना घटेपछि दमकल र एम्बुलेन्स तत्काल पुगेका थिए, तर त्यतिखेर उनको निधन भइसकेको थियो।

डाक्टर गर्जेल ब्राजिलको नगर स्वास्थ्य विभागमा काम गर्थे। कोरोनाकालमा उनले सक्रियपूर्वक कार्य गरेका थिए। उनी बिरामीहरुको समेत प्रिय भएको उनको अस्पतालले जनाएको छ। कोरोना संक्रमितहरुको सेवाका लागि अत्यधिक समय दिएका चिकित्सक गर्जेलको मृत्युवरण भने निक्कै पीडादायक भएकामा उनका सहकर्मीहरु निक्कै दुःखी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?